Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

सुर्खेतमा लघु उद्यमीहरुको प्रदर्शनी हुदै

सुर्खेत ४ असार

सुर्खेतमा रहेका लघु उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको प्रदर्शनी गरीने भएको छ । गरीवि निवारण कोष सुर्खेतको आयोजनामा  विभिन्न गाउपालिका र नगरपालिकाका सामुदायिक संस्थाका उद्यमीहरुले भाग लिने बताईएको छ । आगामी असार ११ गते सुर्खेतको वीरेन्द्रनगर स्थीत घण्टाघरपार्कमा गरीने प्रदर्शनीका लागी जिल्ला समन्वय समितिका सामाजिक अधिकृत टंक लामिछानेको संयोजकत्वमा साझेदार संस्थाका प्रमुख सहित पाँच सदस्यीय समिति समेत निर्माण गरीएको छ ।जिल्ला कार्यक्रम संयोजक टिकाराम पोखरेलका अनुसार विभिन्न पाँचओटा सीपमा तालिमका उद्यमीहरुले सहभागीता जनाउने छन ।

उनीहरुले उत्पादन गरेका विभिन्न सामाग्रीहरुको वारेमा एकआपसमा जानकारी दिने र बजारका व्यवस्थापन समेत गर्नका लागी सहज हुन प्रदर्शनीले सहयोग गर्ने उनले जानकारी दिए । स्वरोजगारी वा साना व्यवसायबाट हुने आय आर्जनले ग्रामीण तहमा रोजगारीका अवसरको सिर्जना गर्ने उनले बताए । कार्यक्रममा कोषले सुर्खेतमा रहेका जम्मा २९७ सामुदायिक संस्था मध्ये एक र संस्थाका उद्यमी एक गरी दुई जनालाई पुरस्कृत समेत गरीने पोखरेलले जानकारी दिए । उनले भने विपन्न तथा वहिष्करणमा परेका समुदायहरुलाई विकासका गतिविधिहरुमा संलग्न गराई विकासको मूलप्रवाहमा ल्याउनु हो ।

परम्परागतरुपमा जातिगत, लैङ्गिक एवं भौगोलिक अवस्थितिका कारण वहिष्करणमा परेका गरीब समुदायहरुको जीवनस्तरमा सुधार ल्याउने र सशक्तिकरण गर्ने उद्देश्य रहेको समेत बताए । उद्यमीको सम्बन्ध आय आर्जन कार्यसँग जोडिएको भएकाले जसको कार्यान्वयनसँगै समुदायमा दिगो जीविकोपार्जनका लागि रोजगारी र्सिजना, आय आर्जन तथा उत्पादकत्वमा वृद्धि हुने उनले बताए । सामुदायिक संस्थाका सदस्यहरुलाई अचार उत्पादन, जुत्ता सिलाई र निर्माण र खेलौना निर्माण सम्बन्धि तालिम दिईएको साझेदार संस्था स्याक नेपालका  कार्यक्रम अधिकृत तेज सोनामले बताए । यसका साथै हाते बुनाई र दालमोठ उत्पादन सम्बन्धि सुर्खेतका जम्मा ८३ जनालाई तालिम दिईएको उनले जानकारी दिए । पदर्शनीका लागी स्याक नेपाल, वाम संस्था, कोडेड नेपाल, सुन्दर नेपाल संस्था र जिल्ला कोषका कार्यक्रम संयोजक लगायत सामुदायिक परिचालक सहितको उपसमिति समेत निर्माण गरेको सोनामले जानकारी दिए ।