Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

राजकुमारको उप मियर को हो ? – कमेडी तीज गीत

पछिल्लो समयमा तीजका गीतहरु कतै निकै सिरियस, कतै निकै यथार्थवादी त कतै कमेडीको रुपमा तयार गरिदै आइरहेका कलाकारहरुले यस पटक भने स्थानीयतहको निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधिहरुलाई कतै समर्थन त कतै व्यङ्ग्य गर्ने तरिकाले तयार पारेका छन् ।
यस्तै यसपालिको कमेडी तीज गीत उप मियर हुँ मा विज्ञान रोकाया र सृजना पाण्डेको स्वर रहेको छ भने लय रामु खड्काको रहेको छ । त्यसैगरी राजकुमार महताराको शब्द रहेको उक्त गीतलाई मालती डिजिटल प्रा.लि. ले बजारमा ल्याएको छ ।


कलाकार भूपेन्द्र बम र बिमलीको अभिनय रहेको उक्त म्यूजिक भिडियोको छायाँङ्कन हरिष महरा सम्पादन अमर शाक्यले गरेका छन् भने निर्देशन कपिल लामाले गरेका छन् । यस म्यूजिक भिडियोको दृष्य निर्माण भने ओम शिव फिल्मस्ले गरेको छ ।

व्यङ्ग्यात्मक भएपनि शिक्षामुलक शब्दहरु रहेको उक्त कमेडी गीतको अडियो तथा भिडियो रेकर्डिङ एवम् छायाँङ्कन स्तरीय निर्माण भएको छ ।