Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

अखिल (छैठौँ) को केन्द्रिय कोषाध्यक्षमा रेग्मी

प्यूठान
अखिल छैठौँको केन्द्रिय कोषाध्यक्षमा हस्तराज रेग्मी निर्वाचित हुनुभएको छ । प्यूठानको पर्यटकीय क्षेत्र ओखरकोटमा बसेको पूर्ण बैठकबाट रेग्मी केन्द्रिय समितिको कोषाध्यक्षमा निर्वाचित हुुनुभएको हो ।


रेग्मी यस अघि जिल्ला, क्षेत्रीय, अञ्चल र प्रदेश कमिटिका विभिन्न पदमा रही कार्य गरिसक्नु भएको अखिल (छैठौँ) ले जनाएको छ । विद्यार्थी राजनीतिमा उहाँले गरेका कार्यहरुको मूल्याङ्कन गर्दै आगामी दिनमा खेल्न सक्ने भूमिका र उहाँको कार्यक्षमताको मूल्याङ्कन गरेरै उहाँलाई उक्त पदमा निर्वाचित गरिएको एक सदस्यले जानकारी गराउनु भयो ।