Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

सुर्खेतमा तीज बिशेष कार्यक्रम सम्पन्न

सुर्खेत ।

सिंगारो म्युजिक प्रालीको आयोजनामा शनिवार वीरेन्द्रनगरको घण्टाघरमा तीज विशेष सांस्कृतिक कार्यक्रम गरेको छ । सिंगारोले अग्रजलाई सम्मान, नवसर्जकलाई प्रोत्साहन कला संस्कृतिको संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ नजिकिदै गरेको हरीतालीका तीजलाई लक्षित गर्दै तिज विशेष कार्यक्रम आयोजना गरेको हो ।

कला संस्कृतिको जगेर्ना गर्नका लागि कार्यक्रम आयोजना गरिएको सांस्कृतिक कार्यक्रम आयोजक सिंगारो म्युजिक प्रालीका प्रबन्धक बिशाल ढकालले बताए । कार्यक्रममा गोपाल नेपाल जियम, टिका तारमी मगर, ध्रुव हिमाली, दिपासा बिसी, कमल बिस्ट, सुनिता बिसी, संचिता ठकुरी, पार्वति थापा, गणेश हमाल लगायत कलाकारहरुले प्रस्तुती राखेका थिए ।