Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

बामएकता र आशाको त्यान्द्रो

लामो समयदेखि अस्थिर रहेको नेपाली राजनीति प्रायः कल्पना नगरिएका घटनाहरुबाट अघि बढ्छ । असामान्य घटनाहरु नेपाली राजनीतिमा सामान्य लाग्छन् । त्यसकारण नै यी परिघटनाहरु स्वाभाविक नभई बाह्य शक्तिको नियोजित परिपञ्च हुन् भन्ने शङ्का पनि गरिदै आएका छन् । क्रान्तिकारी प्रजातन्त्रवादी शक्ति र एक शताब्दी लामो समय शासन गरेको राणा तानाशाहीबिच सम्झौता भई सात सालमा भएको राजनीतिक परिवर्तन कम अपत्यारिलो घटना होइन । प्रधानमन्त्री मोहनसमशेरको नेतृत्वमा विपी कोइराला गृहमन्त्री बन्ने कुरा त्यस अघि कल्पना गर्न सकिने कुरा थिएन, जुन भयो । सत्र सालको राजनीतिक परिवर्तन त न काङ्ग्रेस न कम्युनिस्ट कसैले अनुमान गरेका थिएनन् होला । छत्तीस र छयालीस सालका राजनीतिक घटनाहरु आन्तरिक राजनीतिक शक्तिसङ्घर्षको स्वाभाविक उपलव्धि जस्ता लागे पनि माओवादी जनयुद्धको तीब्र विस्तार र राजतन्त्रको सहज पतन कल्पना बाहिरकै घटना हुन् ।


गिरिजाप्रसाद कोइरालापछि नेपालमा स्पष्ट अडानसहित माओवादीको सर्वाधिक विरोध गरिरहेका नेता केपी ओली हुन् । उनकै नेतृत्वमा नेकपा एमालेले माओवादीसित पार्टी एकता गर्ने अभियानको घोषणा र बामपंथीहरुको चुनावी तालमेल हुनु धेरैलाई अप्रत्यासित लागेको छ । छिटोछिटो परिवर्तन हुने नेपालको राजनीतिको अबको बाटो कुन हुन्छ भन्ने विषयले पुनः तरङ्ग ल्याएको छ । गएको साठी वर्षमा छ ओटा संविधान फेरिसकेको राजनीतिक तरलतामा आएको यस तरङ्गलाई अर्थपूर्ण मानिएको छ । यसका पक्षहरुले त यस बाम तालमेललाई ऐतिहासिक नै भएको दावी गरेका छन् ।

आशाको किरण

बामएकता वा कम्युनिस्टएकता जे भनिए पनि यो गठबन्धन नाम चाहिँ कम्युनिस्ट भएका तर व्यवहारमा रुढ साम्यवादी सिद्धान्त लिएर अबको विश्वमा टिक्न नसकिने निष्कर्ष निकालेर उदार लोकतन्त्रको अभ्यास गरिरहेका राजनीतिक पार्टीहरुको गठबन्धन हो । दस्तावेजबाटै साम्यवादी सिद्धान्तलाई अस्वीकार गरेको डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी र दस्तावेजमा घुमाउरा र अस्पष्ट वाक्यमा माक्र्सवादलाई स्वीकारेको जस्तो देखाए पनि उदार लोकतन्त्रकै समर्थन गरेका माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन अधिनायकीय सर्वसत्तावादी कम्युनिस्ट शासन स्थापना गर्ने प्रयत्न गर्ला भन्ने अनुमान गर्नु निराधार हुन्छ । बरु यस गठबन्धनले नेपालमा अनावश्यक रुपले ठूलो संख्यामा खोलिएका पार्टी पसलहरुले ल्याएको विकृति कम गर्न उत्प्रेरक भूमिका खेल्न सक्छ जसबाट लोकतन्त्रको सुदृढीकरणमा नै बल पुग्छ ।

आजको उत्तरआधुनिक परिवेशमा सिद्धान्तको युग समाप्त प्रायः भइसकेको छ । त्यसैले सिद्धान्तको रुढतालाई अँगालेर हुने विभाजन अब हास्यास्पद हुन्छन् । अब बन्ने राजनीतिक दल तात्कालिक आवश्यकता, विकासका मुद्दा र प्रक्रिया तथा रणनीतिक, कार्यनीतिक समरुपता र भिन्नताका आधारमा हुने एकता र विभाजनले बन्नुपर्छ । अहिले भनिएको बामएकता र काङ्ग्रेस नेतृत्वमा बनाउने प्रयास भइरहेको लोकतान्त्रिक गठबन्धनले यही कुरा संकेत गरेका छन्, जुन सकारात्मक कुरा हो । यसले सिद्धान्तकै आधारमा पानी बाराबार गर्ने, बोलचाल बन्द गर्ने, एकले अर्कालाई प्रधान दुश्मन घोषणा गरेर काटमार गर्ने र आतंक मच्चाउने प्रवृत्ति र बर्बरतालाई असान्दर्भिक बनाइदिएको छ ।

अहिले मुख्य गरी दुई ओटा राजनीतिक गठबन्धन बन्ने देखिएको छ । एउटा घोषणा भइसकेको बामतालमेल र एकता तथा अर्को काङ्ग्रेस नेतृत्वमा प्रयास भइरहेको भनिएको लोकतान्त्रिक अभ्यास । भन्नलाई बाम र लोकतान्त्रिक भनिए पनि यी गठबन्धन सिद्धान्त र दर्शनका आधारमा बनेका र धु्रबीकृत भएका नभई यी गठबन्धन बन्नुका मुख्य दुुई ओटा कारण बाहिर देखिन्छन् – पहिलो काङ्ग्रेस र एमालेमा को चाहिँ बलियो हुने भन्ने शक्तिसंघर्ष र सत्ताप्राप्तिको उद्देश्य तथा माओवादी केन्द्रले अस्तित्व रक्षाका लागि गरेको प्रयत्न । दोस्रो कारण हो – एमाले र काङ्ग्रेसका बिच रहेको कार्यनीति तथा रणनीति तथा बोक्ने मुद्दाहरुमा रहेको पार्थक्य । एमाले सत्ताको उपयोग गरी वितरणमुखी कार्यक्रममार्फत लोकप्रियता प्राप्त गरी सत्ता र शक्ति प्राप्त गर्ने रणनीतिमा सधैँ रहेको देखिन्छ भने काङ्ग्रेस चाहिँ आपूmलाई निर्विकल्प लोकतान्त्रिक शक्तिका रुपमा रहिरहन उत्पादनमुखी क्रियाकलापमा आधारित रामशरण महतीय अर्थराजनीति सञ्चालन गर्ने रणनीतिमा देखिन्छ जसबाट उसलाई निजी क्षेत्रका पुँजीपतिहरुको समर्थन र विश्वास अटुट हुने उसको बुझाई देखिन्छ ।

जे होस् अहिले भइरहेको ध्रुबीकरण मध्यकालीन सामन्ती धार्मिक तथा नश्लीय साम्प्रदायिकता तथा आधुनिक भनिएका जडसूत्रीय सिद्धान्तका सङ्कीर्णताबाट मुक्त भई खुला जीवन उपयोगी मानवीय मूल्य र मानवीय स्वतन्त्रताका लागि मुद्दामा आधारित राजनीति सञ्चालित हुने पद्धतितिर उन्मुख भएको जस्तो देखिन्छ । यदि त्यसो हो भने सिद्धान्त, वाद, जात, वर्ण, नश्ल, सम्प्रदाय, क्षेत्र आदिका सङ्कीर्णताहरु पराजित भएका छन् । तिनका साघुँरा घेराहरुले सिर्जना गरेको पहिचानभन्दा माथि मानवीय साझा पहिचानको गरिमा र महŒव बढेको छ । त्यसका लागि आर्थिक सामाजिक मुद्दाका आधारमा राजनीतिक एकता र विभाजन हुने राजनीतिक संस्कृति विकास हुन सक्यो भने उत्तम हुन्छ ।

बाम भनिएको एमाले–माओवादीय गठबन्धन र लोकतान्त्रिक भनिएको काङ्ग्रेसीय (काङ्ग्रेस, राप्रपा र अन्य पार्टीहरुको) गठबन्धन गरी मुख्य दुई गठबन्धन साच्चै नै बने भने र पार्टी नै एकीकरण नै पनि भए भने मुख्य उपलव्धिका रुपमा राजनीतिक स्थिरता प्राप्त हुने छ । राजनीतिक पार्टीका नाममा खोलिने चन्दा पसलले ल्याएको विकृति अन्त्य हुृने छ र थोरै मात्र राजनीतिक पार्टी अस्तित्वमा रहने छन् । यसबाट महङ्गो हु“दै गएको चुनाव केही केही कम महङ्गो हुन सक्ने पनि आशा गर्न सकिन्छ जुन भ्रष्टाचार नियन्त्रण, सुशासन तथा अनौपचारिक अर्थतन्त्रको नियन्त्रणमा केही सकारात्मक हुन सक्छ ।

आर्थिक समृद्धि आजको मुख्य आवश्यकता हो भन्ने कुरा राष्ट्रिय राजनीतिको मूल धारमा रहेका सबै राजनीतिक पार्टीहरुले स्वीकार गरिरहेकै छन् । यद्यपि एमाले र काङ्ग्रेसका रणनितिक मुद्दाहरु फरक छन् । एमाले वितरणमुखी वित्तीय व्यवस्थापनमा जोड दिइरहेको देखिन्छ भने काङ्ग्रेस उत्पादनमुखी आर्थिक क्रियाकलापमा जोड दिन्छ । अहिले भइरहेको धु्रबीकरण यसैमा आधारित छ । सामाजिक सुरक्षा, वृद्धभत्ता, पूर्वाधार विकासमा लगानी, तलब बृद्धि जस्ता सामाजिक प्रतिव्यक्ति खर्च (सोसल ओभरहेड कस्ट) मा जोड दिने हुनाले एमालीय गठबन्धनलाई आपूm बाम वा कम्युनिस्ट वा कल्याणकारी राज्यका पक्षपाती भनेर दावी गर्न सजिलो पक्कै हुने छ । निजी क्षेत्रको उत्पादनमुखी औद्योगिक लगानीलाई प्रोत्साहन गर्ने हु“दा का“ग्रेसलाई पनि आपूm उदार वैयक्तिक स्वतन्त्रता र लोकतान्त्रिक शक्ति भएको दावी गर्न सहयोग पुग्ने देखिन्छ । यसबाट समग्र मुलुकको आर्थिक विकासमा कस्तो असर पर्ला भन्नेबारे गहन विश्लेषण जरुरी छ ।

जर्मनेली मूलका अमेरिकी अर्थविद प्रोफेसर अल्बर्ट ओ. हिचम्यानले भनेका छन् अल्पविकसित देशहरुमा सबै क्षेत्रको सन्तुलित विकास गर्न स्रोत पर्याप्त हु“दैन । त्यसैले उनी भन्छन् अल्पविकसित देशमा आर्थिक वृद्धिलाई तीब्रता दिने हो भने कुनै एक रणनीतिक क्षेत्रमा मात्र लगानी अभिमुखीकृत गर्नुपर्छ । उनका अनुसार रणनीतिक क्षेत्रमा गरिने लगानी दुई किसिमको हुन्छ । पहिलो हो – सोसल ओभरहेड कस्ट ओरिएन्टेड लगानी र अर्को हो – प्रत्यक्ष उत्पादनशील क्रियाकलाप ओरिएन्टेड लगानी । हिचम्यानका अनुसार पहिलो किसिमको लगानीले व्यक्तिको क्रयशक्ति पनि बढाउ“ने र पूर्वाधाको पनि विकास गर्ने हु“दा यसबाट दोस्रो किसिमको लगानी स्वतः आकर्षित हुन्छ र आर्थिक बृद्धि तीब्र हुन्छ । उनी भन्छन् यदि राज्यले दोस्रो किसिमको लगानीलाई रणनीतिक रुपले छनोट गरेका खण्डमा पहिलो किसिमको लगानीका लागि राज्यमाथि राजनीतिक दबाब सिर्जना हुन्छ । यसरी हेर्दा बामतालमेल भनिएको गठबन्धन सत्तामा भयो भने पहिलो किसिमको रणनीतिक क्षेत्रमा लगानी केन्द्रित गर्ने अनुमान गर्न सकिन्छ जसबाट पर्याप्त पूर्वाधार विकास भएका खण्डमा दोस्रो किसिमको लगानीका लागि वातावरण बन्ने छ । काङ्ग्रेसीय गठबन्धन सत्तामा भयो भने दोस्रो किसिमको रणनीतिक क्षेत्रमा लगानीलाई मुख्य महŒव दिन सक्ने छ । औद्योगिक क्षेत्रमा लगानी गरेको वर्गसमूहले आप्mनो उत्पादकत्व र सहज बजारपहु“चका लागि पहिलो किसिमको पूर्वाधारजन्य ओभरहेड कस्ट ओरिएन्टेड खर्च बढाउन राज्यलाई दबाब सिर्जना गर्ने छ र अन्ततः आर्थिक समृद्धिको प्रक्रिया नै तीब्र हुने आशा गर्न सकिन्छ ।
राष्ट्रिय अर्थतन्त्र सबल भयो भने परनिर्भरता कम हुने छ र पार्टीहरुले भन्ने गरेको राष्ट्रियता स्वतः सबल हुने छ ।

चुनौती र आशंका

अहिले देखिएको धु्रबीकरणमाथि मुख्य गरी दुईथरि टिप्पणी भइरहेका छन् । पहिलो – बाम गठबन्धनलाई साम्यवादीहरुको गठबन्धन भनेर आकाश खस्ने डर देखाइरहेका टिप्पणीहरु । बाम पार्टीहरु एक हुनु भनेको संसारमै फेल भइसकेको कम्युनिस्ट सर्वसत्तावाद ल्याउने दुस्साहस हो यसले राष्ट्रियता पनि कमजोर बनाउ“छ, वैदेशिक हस्तक्षेप पनि निम्त्याउ“छ । लोकतन्त्र पनि धरापमा पार्छ । भन्ने जस्ता हु“दै नभएको मनको बाघ देखाएर कोकोहोलो मच्याइएका यस्ता टिप्पणीहरु यस गठबन्धनका विपक्षमा रहेका आपूmलाई लोकतान्त्रिक भन्ने काङ्ग्रेस वा अन्य कन्जरभेटिभ शक्तिनिकटका टिप्पणीकारहरुले गरिरहेका छन् । अर्कातिर दोस्रो प्रकारका टिप्पणीहरु आपूmलाई क्रान्तिकारी माक्र्सवादी भन्ने पूर्व माओवादी वा मसाल जस्ता उग्र क्रान्तिकारी साम्यवादी विचारबाट प्रशिक्षित वैद्य, विप्लव, मोहनविक्रम सि“ह जस्ता समूहका व्यक्तिहरुले गरिरहेका छन् । उनीहरुले यसलाई यो वामएकता नभई सैद्धान्तिक रुपमा विचलित, स्खलित र उनीहरुकै शब्दमा संसदीय दलदलमा फसेका विसर्जनवादी दक्षिणपंथीहरुको एकता हो त्यसैले यो कम्युनिस्ट आन्दोलनमाथि प्रचण्डले दिएको धोका र गद्दारी हो भन्ने टिप्पणी गरिरहेका  छन् ।

यी परस्पर विरोधी टिप्पणीहरु र पूर्वाग्रहहरुलाई चिर्दै आजको वस्तुगत आवश्यकता र मुद्दाहरुलाई ध्यानमा राखेर लोकतान्त्रिक निष्ठाका साथ परम्परागत सैद्धान्तिक सङ्कीर्णतालाई त्यागेर वैकल्पिक शक्तिका रुपमा नया“ लोकतान्त्रिक संस्कृतिको विकास गर्नु बाम गठबन्धनका लागि प्रमुख चुनौती रहेको छ । बाम गठबन्धन बन्नासाथ ओरालो लागेको सेयरबजारले गरेको संकेतले पनि प“ुजीपति सहरी ब्रोकर वर्ग बाम भन्ने नामप्रति सशंकित छ र नियोजित रुपले नै यस गठबन्धनलाई बदनाम, अलोकप्रिय र असफल बनाउन लागि परेको छ कि भन्ने आशंका गर्न भने नसकिने होइन । त्यसो त सोसल मिडिया र ठूला मिडिया हाउसहरु पनि यस गठबन्धनका विपक्षमै रहेका जस्ता प्रतीत हुन्छन् ।

माथि व्यक्त गरिएका आशावादी अभिव्यक्ति कुनै भविष्यवाणी होइनन् । यी केवल देखिए जस्तै र भनिए जस्तै नेपालका राजनीतिक पार्टीहरुले आप्mनै विवेकले राष्ट्रिय र आप्mनै दलीय आवश्यकता र स्वार्थका लागि गठबन्धन गरेका हुन् भने यस्तो आशा गर्न सकिने कुरा हो ।

तर, प्रयाप्त आशंका पनि गरिएका छन् । नेपालमा आजसम्म भएका कुनै पनि अपत्यारिला राजनीतिक घटनापरिघटना र पविर्तनहरु स्वचालित नभई परिचालित हुन् भन्ने आशंका र टिप्पणी भइरहेका नै छन् र कतिपय सन्दर्भमा ती आशंको पुष्टि पनि भइरहेको दुखद यथार्थमा हामी बाचिरहेका छौ“ । यस पटक पनि कुनै छिमेकी वा विदेशी कार्डको पनि शंका गरिएको छ । चिनतिर ढल्किन थालेको एमालेको नेतृत्वलाई बिटुल्याउन प्रचण्डलाई प्रयोग गरिएको भन्ने टिप्पणी पनि सुनिएका छन् ।

जे होस् यी सबै आशंका गलत होओउन् र राजनीति सङ्लिदै जाओस् । लोकतन्त्र सबल सुदृढ बनोस् कामना गर्न सकिन्छ । आशाको मसिनो धर्सो त दृष्टिगोचर नै छ ।

सूक्ष्मदृष्टि साप्ताहिकबाट