Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

सिम्तामा सेवाप्रदायक निकायसँग अन्तरक्रिया

सुर्खेत, २६ असोज ।

सुन्दर नेपाल संस्थाको आयोजनामा सेवाप्रदायक निकायहरुसँग कानून सम्बन्धि अन्तरक्रिया कार्यक्रम बिहीवार सिम्ता गाउँपालिकामा सम्पन्न भएको छ । रोलर युएनडिपिको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाद्धारा सञ्चालित न्यायमा पहुँच परियोजना अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको हो । विद्यमान कानूनमा भएका व्यवस्था तथा महिला अधिकारको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको परियोजनाका कार्यक्रम संयोजक रमा प्याकुरेलले बताइन् ।

कार्यक्रममा बालविवाह, बहुविवाह,घरेलु हिंसा तथा संविधानमा उल्लेखित महिला अधिकार र मुलुकी ऐनको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले विद्यमान कानून कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । उनले बालविवाह न्यूनिकरणका लागि विशेष अभियान चलाउने बताए ।

कार्यक्रममा सिम्ता गाउँपालिकका कार्यकारी अधिकृत जनक हमाल,स्वास्थ्य चौकीका गणेश वली, कृषि शाखाका प्रमुख उमेश चौधरी, सिम्ता गाउँपालिकाका एक देखि नौ वटै वडाका वडा अध्यक्षहरु लगायत ३७ जनाको सहभागिता रहेको थियो । न्यायमा पहँुच परियोजनाका कार्यक्रम संयोजक रमा प्याकुरेल, जेसी अफिसर उमा भट्टराईले कार्यक्रमको सहजिकरण गरेको परियोजनाका ऋषि पौडेलले जानकारी दिए । यसैगरि सिम्ता गाउँपालिकाका दक्षिणकाली नागरिक सचेतना केन्द्रका सदस्यहरुलाई मानव अधिकार तथा संविधानमा उल्लेखित महिला अधिकारको बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा महिला हिंसा तथा मानव अधिकारको बारेमा छलफल गरिएको थियो ।