Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

निशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

कालिकोट

अनमोल स्मृति प्रतिष्ठान सुर्खेतको आयोजना र कालिका गाउँपालिका कालिकोटको सहयोग र समनवयमा कालिकोट जिल्लाको कालिका गाउँपालिकाको सुकाटियामा १ दिने निशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर मेडिकल कलेज बाँके का बालरोग विशेषज्ञ डा. दिपक पौडेल, जिल्ला अस्पताल रुकुमका डा. सुशील पोख्रेल, मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका डा. नवनित रौनियार र आँखा अस्पताल वर्दिया का डाक्टर अमन चौधरी सहीतको स्वास्थ्य कर्मीको समूहले यस गाउँपालिकाका १००० जना भन्दा बढी बिरामी बालबालिका, वयस्क, महिला तथा वृद्ध वृद्धा को स्वास्थ्य जाँच गर्नु भएको र केही सिकीस्त विरामी महिलाहरुको भिडियो एक्सरे पनि गरिएको थियो । उक्त कार्यक्रममा यस पालिकाका १२१ जना दलित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै शैक्षिक उन्नयनका लागि सहयोग गरिएको थियो ।

उक्त कार्यक्रमको उद्घाटन समारोहमा कालिका गाउँपालिकाका अध्यक्ष श्री खडानन्द चौँलागाई ज्यूको प्रमुख आथित्यता तथा अनमोल स्मृति प्रतिष्ठान सुर्खेतका अध्यक्ष श्री निराजन शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं ४, ५ र ६ का वडा अध्यक्षहरु लगाएत बालसंरक्षण समिति, स्थानिय राजनैतिक दल र समाजसेवी लगायत स्थानिय बासिन्दाहरुको उपस्थिती रहेको थियो । उक्त समारोहमा बोल्दै प्रमुख अतिथी चौँलागाई ज्यूले यस दुर्गम विकट गाउँमा सुर्खेत देखि विशेषज्ञ डाक्टर हरु सहितको टिम आइ यति धेरै समस्या ग्रस्त बालबालिका, र अन्य विरामी हरुको उपचार र शैक्षिक सामाग्री वितरण गर्दै बालबालीको स्वास्थ्य सुरक्षा र जीवन रक्षा सहीत शैक्षिक विकासमा महत्वपूर्ण भूमीका निर्वाह गरेकोमा चिकीत्सक सहित अनमोल स्मृति प्रतिष्ठानलाई विशेष धन्यवाद व्यक्त गनु भएको थियो ।

साथै उक्त कार्यक्रममा विरामी महिला वृद्ध आमा बुबा हरुले आफ्नै आँगनमा यती धेरै डाक्टर सहीत घरै नेर निशुल्क उपचार सहीत औषधी पाएकोमा निकै सहज भएको खुसी व्यक्त गरेका थिए । स्वस्थ नागरिक र सभ्य समाज निर्माण गर्ने यस अनमोल स्मृति प्रतिष्ठान ले आफु बाँचौ र अरुलाई बाँच्ने अवसर प्रदान गरौँ भन्ने मुल मन् त्र सहित विपन्न र जोखिममा रहेका बालबालिका हरुका लागि सेवा प्रदान गर्दै कालिकोट सम्म पुगेको र यस कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सहयोग गर्ने कालिका गाउँपालिका र यस पालिका निवासी सम्पूर्ण आमा बुबा तथा दाजुभाई दिदिबहिनीहरुलाई अनमोल प्रतिष्ठानका अध्यक्ष शाही ले धन्यवाद सहीत आभार व्यक्त गर्नु भएको थियो र डाक्टर हरुले पनि यस विकट बस्तीमा आई बिरामीहरुको चेक जाँच गर्न पाएकोमा हर्ष व्यक्त गरेका थिए ।