Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

आज प्रहरी दिवस : विभिन्न औपचारिक कार्यक्रम

सुर्खेत

आज (शुक्रवार) नेपाल प्रहरीको ६२ औं स्थापना दिवस । नेपाल प्रहरीले औपचारिक रुपमा असोज २७ गतेलाई प्रहरी दिवसको रुपमा मनाउने गर्दछ । प्रहरी दिवसको अवसरमा देशका विभिन्न जिल्ला प्रहरी कार्यालय लगायत प्रदेश प्रहरी कार्यालयमा विभिन्न औपचारिक कार्यक्रमको आयोजना गरी प्रहरी दिवस मनाइएको छ ।

त्यसैक्रममा सुर्खेतमा पनि एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रहरी दिवस मनाइएको छ । ६ नं. प्रदेश प्रहरी कार्यालयको आयोजनामा भएको औपचारिक कार्यक्रममा प्रदेश नं. ६ का प्रहरी प्रमुख एआइजी रण बहादुर चन्दले प्रहरीको विकल्प प्रहरी नै भएको बताउनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीय प्रशासक महेन्द्र प्रसाद गुरागाँईले प्रहरी जनताको सेवा र सुरक्षामा प्रत्यक्ष सरोकार गर्ने राज्यको निकाय भएकोले यसले मुलुकको आन्तरिक सुरक्षादेखि अपराध रोकथाम तथा अनुसन्धानका कार्यमा खटिने गर्दछ । प्रहरीलाई सबै पक्षको साथ र सहयोग रहेको खण्डमा कानुनको पालना गर्न गराउन सहयोग हुने बताउनु भयो ।
कार्यक्रममा ६२ औं प्रहरी दिवसको अवसरमा रक्तदान गर्ने ३० जना प्रहरीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने प्रहरी दिवसको अवसरमा आयोजना गरिएको खेलकुदमा विभिन्न स्थान हासिल गर्ने खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै ६ नं. प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा रहेर उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

अमर प्रहरीका सन्ततीहरुलाई समेत नगद प्रदान गरिएको उक्त कार्यक्रममा अमर प्रहरी संघका अध्यक्ष नन्दा श्रेष्ठ र अमर तथा अशक्त प्रहरी परिवार संघका केन्द्रिय महासचिव राम कुमारी (थापा) खड्का)ले प्रदेश स्तरीय द्वन्द्व पीडित गुनासो कक्षको स्थापना गर्नुपर्ने, अमर प्रहरी कल्याणकारी कोष संचालक समितिमा अमर प्रहरीका परिवारका तर्फबाट पनि सदस्य राख्नु पर्ने, सेवा सुविधा पीडितमुखी हुनु पर्ने बताएका छन् ।

कार्यक्रममा प्रहरीका विभिन्न अधिकृत एवम् जवानहरु सहित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु सहित सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्त, भूपू प्रहरीहरु, अमर प्रहरीका परिवार लगायतको उपस्थिति रहेको थियो ।

?
?
?
?
?
?
?