Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा प्राविधिक शिक्षामा जोड

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपाल सरकारद्वारा स्वीकृत १० ओटा आङ्गिक क्याम्पसहरुसँग मंगलवार वीरेन्द्रनगर,सुर्खेतमा आङ्गिक कार्यान्वयनका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा ५ र ६ नं.प्रदेश अन्तर्गतका प्रस्तावित विभिन्न १० आङ्गिक क्याम्पसका प्रमुख,क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तथा क्याम्पस अवस्थित जनप्रतिनिधिहरु सहभागी भएका हुन् ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालाले प्रस्तावित आङ्गिक क्याम्पसहरुले साधारण शिक्षाका कार्यक्रमहरुको निरन्तरता मात्रै भन्दा पनि उच्च शिक्षामा प्राविधिक तथा व्यवसायिक शिक्षाका कार्यक्रमहरुलाई सञ्चालन गर्नुपर्नेमा जोड दिए । उपकुलपति कोइरालाले प्रचलित ऐन,कानून र विश्वविद्यालयको विधि,पद्दति अनुरुप आङ्ग्कि कार्यान्वयनको प्रक्रियालाई अघि बढाउने बताए ।  कार्यक्रममा विषय प्रवेश गराउँदै विश्वविद्यालयका रजिष्ट्रार डा.महेन्द्रकुमार मल्लले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई उच्च शिक्षामा क्षेत्रीय सन्तुलन कायम गर्दै शैक्षिक उत्कृष्टताको केन्द बनाउनुपर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा निवर्तमान साँसद तथा तिलाकर्णाली बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तुलाराज विष्टले विश्वविद्यालयलाई जनताको घरदैलोमा पु¥याउने अभिप्रायले आफूले जनचाहना अनुरुप नीति निर्माण तहमा रहेर अभियानमा इट्टा थपेको स्मरण गरे ।

त्यस्तै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बाँकेका क्याम्पस प्रमुख शिशिर शर्माले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक प्रक्रियालाई अविलम्व अघि बढाउनुपर्नेमा जोड दिएको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिनुभयो ।