Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

काँक्रेविहार दोहोरी साँझको पहिलो बार्षिकोत्सव

सुर्खेत
सुर्खेतको पहिलो दोहोरी साँझ काँँक्रेविहार दोहोरी साँझले आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरी दोहोरी साँझले बार्षिकोत्सव मनाएको हो ।

?

बागिना समूह सुर्खेतका अध्यक्ष गोविन्द कोइरालाको प्रमुख आतिथ्यता एवम् बरिष्ट नृत्य निर्देशक कुलमान नेपालीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा दोहोरी साँझलाई यहाँ सम्म ल्याउन अतुलनीय भूमिका खेलेको भन्दै राष्ट्रिय कलाकार विजयराज सेजुवाल र पदमपुरा सेजुवाललाई सम्मान गरिएको थियो । त्यसैगरी अन्य कलाकारहरुलाई प्रशंसा पत्र प्रदान गर्दै प्रशंसा गरिएको थियो ।
मिडियाको क्षेत्रबाट कला, संस्कृतिको संरक्षण र सम्वद्र्धनमा कलाम चलाएको भन्दै दैनिक पत्रिकाको तर्फबाट काँक्रेविहार दैनिकका सम्पादक सुशिल राज शर्मा, साप्ताहिकको तर्फबाट सूक्ष्मदृष्टिका सम्पादक हस्तराज रेग्मी र एफ एम रेडियोको तर्फबाट बुलबुले एफ एमका प्रतिनिधि आइसिं रोका मगरलाई सम्मान गरिएको थियो ।
दोहोरी साँझका व्यवस्थापक भक्त बहादुर थापाको सभापत्विमा सम्पन्न भएको उक्त कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतका महासचिव खड्ग चन्द, कला, संस्कृति संरक्षण पूतिष्ठानका महासचवि पूर्ण बहादृुर शाही लगायत अन्य कलाकार, पत्रकार एवम् साहित्यकारहरुको उपस्थिति रहेको थियो ।