Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी १९ औ बर्षमा

Hospitality from the Heart  भन्ने भाबनालाई आत्मसाथ गर्दै कैलालीको टीकापुरबाटब्यबसाय सुरु गरेको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी १९ बर्षमा प्रबेश गरेको छ । बार्षिक उत्सबकै अबसर पारेर सिद्धार्थ गु्रपले सिद्धार्थ इन्ट्रिच्युट अफ हस्पिटालिटी सुरु गरेको छ ।


पर्यटन ब्यबसायका क्षेत्रमा आबश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएका सिद्धार्थ इन्ट्रिच्युटले स्बेदशी तथा बिदेशी कलेजहरुसंग सम्बन्धन लिएर सर्टिफिकेट, डिप्लोमा र एक्जुकेटिभ डिप्लोमा लेबलका कोर्षहरु संचालन गर्ने तयारी गरि रहेको छ ।
काठमान्डौको बानेश्बर चौक नजिकै कार्यालय रहेको सिद्धार्थ इन्ट्रिच्युटको आजै माननीय पर्यटन राज्यमन्त्री इन्द्र बहादुर बानियाले उद्घाटन गर्नु भयो ।
सिद्धार्थ इन्ट्रिच्युटको उदघाटन गर्दे राज्यमन्त्री बानियाले पर्यटन प्रबद्र्धन र हस्पिटालिटी ब्यबसायका क्षेत्रमा सिद्धार्थ गु्रपले अग्रणी भुमिका खेलेको बताउदै पर्यटन ब्यबसायका क्षेत्रमा आबश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा इन्ट्रिच्युटले महत्बपुर्ण भुमिका निर्बाह गर्ने बताउनु भयो ।
बार्षिक उत्सबकै अबसरमा सिद्धार्थ ग्रुपका देशै भर रहेका शाखाहरुले बिभिन्न रचनात्मक क्रियाकलापहरु गरेर मनाएका छन ।
नेपालगन्जको सिद्धार्थ कटेज र होटल सिद्धार्थले संयुक्त रुपमा रक्तदान तथा नेपालगन्जको सुर्खेत रोडमा बृक्षारोपण गरेका छन । रक्तदान कार्यक्रममा सिद्धार्थ गु्रपका ३३ सदस्यहरुले रक्तदान गरेका थिए ।
त्यसै गरी सिद्धार्थ गु्रपको टिकापुर ब्रान्चले टीकापुर अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको छ भने कर्णाली चिसापानी तथा र सुर्खेत ब्रान्चले नगर सरसफाई गरेका छन । त्यसै गरी बुटबल ब्रान्चले ज्ञान ज्योति पुस्तकालयलाई फर्निचर बितरण गरेको छ ।
त्यसै गरी काठमान्डौको सुन्धारा, पुरानो बानेश्बर, तिनकुने र ललितपुरको धोबीघाट ब्यान्चले संयुक्त रुपमा दुर्गम क्षेत्रमा गरिब बिपन्न एब भुकम्प प्रभाबित परिबारका सामुदायिक बिद्यालयबाट एलएलसी पास गरेका ५ जना जेहेन्दार बिद्यार्थीहरुलाई गु्रपद्धारा संचालित सिद्धार्थ इन्ट्रिच्युट अफ हस्पिटालिटीमा आबासिय सुबिधा सहित छात्राबृत्ति उपलब्ध गराउने घोषणा गरेका छन ।
करिब २ दशकको अबधिमा यस गु्रपले आफ्नो ब्यबसायलाई बिस्तार गर्दै पश्चिमको कैलाली देखि काठमान्डौ सम्म रेष्टुरेन्ट, रिर्साेट, होटेल, हस्पिटालिटी इन्ट्रिच्युट, टे««ड बिजनेश र बेकरी उद्योग गरी १७ वटा शाखाहरु संचालन गर्दै आएको आएको छ ।
ती १७ वटा शाखाहरुमा करिब १ हजार जना कर्मचारीहरुलाई रोजगारीको अबसर समेत प्रदान गर्दै आएको छ । । सिद्धार्थ गु्रपले निकट भबिश्यमै पुर्बी नेपाल लगायत देशका अन्य स्थानहरुमा नया शाखा स्थापनाका लागि अध्ययन गरी रहेको छ ।