Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

प्रहरी चाैकीमा ढुगांमुढा प्रहार

रुपन्देही / कृष्ण बहादुर सर्तुंगे

फागुन ८

सनिवार रुपन्देहीकाे वडवलिया सिके राउतका कार्यकर्ताले शनिबार मर्चवार माध्यमिक विद्यालयमा गर्न लागेको सभा विथोलिएपछि त्यसको विरोधमा आइतबार रुपन्देहीकाे वडवलिया प्रहरी चाैकीमा ढुगांमुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।

प्रहरीको गाडीमाथि आक्रमण भएपछि स्थिति तनावग्रस्त अझै बन्दै गएको थियो । झडपका क्रममा सिके राउतका कार्यकर्ताले प्रहरीको हतियार समेत खोसेका छन्। वडुवलिया प्रहरी चौकीमा कार्यकर्ताले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर गरेको थियो । रुपन्देही प्रहरी प्रवक्ता वेलवहादुर पाण्डेले पाँच राउण्ड अश्रु ग्याससमेत प्रहार गरेको जानकारी दिए।

कार्यकर्ताले प्रहरीको लङ ब्यारेल गन खोसेर लगेको प्रहरीले जनाएको छ। झडपमा ३ जना प्रहरी पनि घाइते भएका छन् । स्थानीयका अनुसार असुरैना ७ का कतारु नामक व्यक्ति समेत घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन डीएसपीको कमाण्ड थप टोली मर्चवार क्षेत्रमा पठाइएको छ ।