Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

सुर्खेतमा रेकर्डिङ्ग स्टूडियोको स्थापना

सुर्खेत
१५ फागुन २०७३
सुर्खेतको वीरेन्द्रनगरमा सेमभेक डिजिटल रेकर्डिङ्ग स्टूडियोको उद्घाटन भएको छ । आज भएको एक विशेष कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि चर्चित लोकगायक भीमबहादुर कार्की, विशेष अतिथि बुलु मुकारुङ र सुर्खेतका दृष्टिविहिन कलाकार मैतु नेपालीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।


स्टुडियोको उद्घाटन कार्यक्रममा बरिष्ठ कलाकार प्रेमदेव गिरी, बुलु मुकारुङ, दिनेश गौतम, गणेश गौतम, भक्त बहादुर थापा, नरेन्द्र राना, बिजयराज सेजुवाल, चन्द्रा राजी लगायतको उपस्थिति रहेको थियो । स्टूडियोका संचालक बिनोद खनालका अनुसार करिब ३७ लाखको लगानीमा सुर्खेतमा स्टूडियोको स्थापना गरिएको हो ।

संचालक खनालले भन्नुभयो – सुर्खेतमा एउटा रेकर्डिङ्ग स्टूडियोको आवश्यकतालाई मध्यनजर गर्दै यसको शुरुवात गरिएको हो । एउटा गीत रेकर्ड गर्नका लागि सुर्खेत मात्र नभएर कर्णाली, भेरी, सेती र महाकाली समेतका स्रष्टाहरु काठमाडौँसम्म पुग्नु पर्ने भएकोले अझ खर्चिलो र बोझिने हुने झण्झटबाट मुक्त गराउनका लागि स्टूडियोको स्थापना भएको बताउनु हुन्छ स्टूडियाका निर्देशक खगेन्द्र न्यौपाने ।

कार्यक्रममा विशेष अतिथिको आशनबाट बोल्दै दृष्टिविहिन कलाकार मैतु नेपालीले भन्नुभयो – सुर्खेतमा स्टूडियोको आवश्यकता थियो ढिलै भएपनि यसको संचालन हुनुले आफू लगायत यस क्षेत्र र भेकका स्रष्टाहरु खुसी हुने अवसर प्रदान गरेकोमा संचालकलाई धन्यवाद ।