Loading... आजः ५ बैशाख २०८१, बुधबार । Wednesday 17th April 2024

किन ब्राह्मणको रिस गर्नु ?

आजकल समाजमा रिस गर्नेहरुको चर्चा बढि हुन थाल्यो । एक जातीले अर्को जातीलाई रिस किन गर्न पर्यो ? हामीले छोएकोले ब्राह्मणले खाएनन् रे …यस्तै यस्तै । किन ब्राह्मणको रिस गर्नु ?
नखाउन् न त ।
के ब्राह्मणलाई खुवाउने तपार्इलार्इ ठेक्का परेको छ र ?
तपाईं पनि नखानु । किन भाउ दिनु पर्यो ?
खाउ खाउ भनेर ।
तिमी आफुलाइ उच्च जात किन सम्झिन्छौ ?
तिमीले छोएको पानी तिम्रै जातमा पनि त चल्दैन नि हैन ?
बिहे नगरेकी छोरीले पकाएको भोजन त तिमिलाइ पनि चल्दैन नि ।
अवैष्णवबाहुनले छोएको तिम्रैजातका ब्राह्मण वैष्णवले खादैनन् त ।
गलामा कण्ठी नलाएले छोएको कृष्ण प्रणामिका कट्टर बाहुनले खादैनन् त !

कुमाइ बाहुनले छोएको पुर्विया बाहुनले पनि खादैनन् नि , हैन ? अनि के को हामी मात्र अछुत ?
तिमीहरु पनि त छुवाछुतको मारमा परेका रेछौ त ।
हामीलार्इ मन्दिरमा जान दिएनन् रे …..

लौ बाहुन बाजे …. तपाइनै जानुस । हामी हाम्रो भगवानलाई हाम्रै घरमा पूजा गर्छु । बरु तपाइले घरमा भगवानलाई बोलाउन सक्नु भएनछ । हामीले बोलायौं ।

सिद्धपीठ्को दर्शन गर्न जादा कुनै पनि स्थानमा तेरो के जात हो भनेर सोध्दैनन् । तपाइले बनाएको मन्दिरमा तपाइनै जानू ।

हाम्रो कर्मकाण्डमा ब्राह्मणले आएर पूजा गरेनन् रे …
नआउ न त , भगवान ब्राह्मणले पढेको मन्त्रलेमात्र खुसी हुन्छु भनेको त छैन । भगवान त भाव र श्रद्धा भएमा जसले दिएको पनि खानु हुन्छ । जस्तै शबरीको जुठो बयर , मुस्लिम भक्त रसखानले दिएको भोजन, जुलाहा सन्त कबीर , रविदास चमार आदि ।

हामी पनि भाव र श्रद्धाले आराधना गर्छौ । जसरी अरुले ईस्वरको अनुभूति गरे त्यसरी नै हामीले अनुभूति गर्छौ ।
मन्त्रै पढ्नु परे पनि हामिलार्इ पनि दुई चार अक्षर पढ्न आउँछ ।

पुस्तक बजारमा पाइन्छ । के को टिन्टिन ! हामी आफै पढ्छौं । आफ्नैलार्इ दान गरौंला । झन्झटै साफ । तिमी मेरो घरमा आएर पूजा गर्दा दान सामग्री तिमीलाइ नै दिन्थ्यौ । न आए नआउ । बरु गरीब लाई दिउला ।

तिमी जत्तिसुकै फुर्ती लगाउ , जहाँ मित्रता र सद्भाव हुन्छ त्यहा कसैले तिमी यो जात र त्यो जात भन्दैनन् । मिलेरै खान्छन् । नमिल्ने भए मुस्लिमको देशमा गएर किन खान्थे उनिहरुले छोएको ?

जहाँ मित्रता र सद्भाव छैन त्यहा आफन्तकोमा गएर पनि कोहि खान चाहदैनन् । किन मैले चिन्ता लिनु ?
यदि तिमीलाई हामीले दिएको खाँदैनौं भने हामी पनि तिमीले दिएको कुनै कुरा खादैँनौं ।

तिमी र हामीमा फरक यत्ती हो कि तिमी पनि आफ्नै जातको छुवाछूतको मारमा छौं र हामी पनि । तर तिमी चै कहिले पनि आफ्नै मान्छेसङ्ग हामिलार्इ किन छुवाछूत गर्यौ भनेर विवाद गर्दैनौ तर हामीचै मैले छोएको किन खाइनस् भनेर विवाद गरेर नै समय बिताउछौं ।

अब हामीले राम्रोसङ्ग बुझिसक्यौ कि सद्गुण, बिद्या र धन यत्ती तीन चीज भए पछि जसले पनि सम्मान गर्दोरहेछ ।

यदि तिमीसङ्ग यी तीन चीज छैन भने तिमिलाइ आफ्नै गाउको कुकुरले पनि पुस्दैन । हामी त यहि तीन चीज जोडेर सबैभन्दा सबैकुराको धनी हुनेछौं ।

तिमी चै म ठूलो बनेर बस । कुनै दिन आउनु पर्ला हाम्रो घरमा यी कुरा सिक्न । बल्ल थाहा हुन्छ तिमिलार्इ वास्तविक चुरो कुरो कि कसो ?

जत्तिसुकै छोएको नखाए पनि , मेरो घरमा कोहि सिकिस्त बिमारी भएर मैले तिमिलार्इ गुहारे या तिमिले मलार्इ गुहारे भने हामी दुबैले एक अर्कालाइ सहयोग गरेकै छौं । अनि किन झगडा ?
भाइ फुटे गवार लुटे देखाउनलाई हो र ?

हामीपनी शुद्ध आचरण , आहार, बिहार र ज्ञान आर्जन गरेर ब्राह्मण बनेर देखाइ दिन्छौ ।
लुज्जा त ।