Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

चौध जिल्लामा अझैँ हुन सकेन पत्रकार महासंघको निर्वाचन

निराजन शर्मा
जाजरकोट  ।

नेपाल पत्रकार महासंघको ४३ वटा जिल्ला शाखाहरुको चुनावी परिणाम आएको छ । सुदुरपश्चिमका केही जिल्लामा सोमबार निर्वाचन हुँदैछ । काठमाडौ, भक्तपुर, ललितपुर, प्रतिष्ठान र एशोसिएटको चुनाव हुन बाँकी छ । करिब १४ जिल्लामा सदस्यता विवादका कारण निर्वाचन हुन बाँकी छ ।
सोमबार बिहानसम्मको परिणामअनुसार एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी अगाडि देखिएको छ । चौतारीले २४ जिल्लामा अध्यक्ष जितेको छ । नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था प्रेस युनियनले १३ जिल्लामा जिल्ला अध्यक्ष जितेको छ ।
त्यस्तै माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरले ४ वटा जिल्लामा अध्यक्ष जितेको छ । डा.बाबुराम भट्टराईनिकट प्रेस सोसाइटीले एउटा जिल्लामा अध्यक्ष जितेको छ । रुकुममा गणेश चिन्तनले नयाँ शक्तिबाट महासंघको अध्यक्ष हात पारेका छन् ।
त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय प्रेस फोरमले ओखलढुंगामा शाखा अध्यक्ष जितेको छ । त्यहाँ दीपेन्द्र रुम्दाली अध्यक्ष बनेका छन् । महोत्तरीमा मधेसी गठबन्धनबाट कमलेश मण्डल निर्वा्चित भएका छन् ।
सदस्यता विवादका कारण १४ जिल्लामा निर्वाचन स्थगित भएको छ । मनाङ र मुस्ताङमा मौसमका कारण निर्वाचन हुन सकेको छैन । बाजुरा, बझाङ, बैतडी डडेलधुरा र कञ्चनपुर लगायतका जिल्लाको नतिजा आउनेक्रममा छ । सोमबार यी जिल्लामा अधिवेशन भइराखेको छ ।
प्रेस चौतारीले पर्सा, मकवानपुर, ताप्लेजुङ, धादिङ, दोलखा, दाङ, रसुवा, उदयपुर, बाँके, इलाम, मोरङ, कास्की, अर्घाखाँची, खोटाङ्ग, म्याग्दी, गुल्मी, लम्जुङ, बागलुङ, हिमालयन टिभी, नेपाल एफएम, दार्चुलामा विजयी प्राप्त गरेको छ भने प्रेस युनियनले सिन्धुली, सुनसरी, गोरखा, पर्वत, धनकुटा, सिन्धुपाल्चोक, नवलपरासी, रामेछाप, संखुवासभा, तेह्रथुम, कैलाली, डोटी र अनलाइन पत्रकार संघमा विजयी प्राप्त गरेको छ ।
त्यसैगरी प्रेस सेन्टरले धनुषा, कपिलवस्तु, सल्यान, रुपन्देही, प्युठान, झापामा जीत हात पारेको छ ।
विभिन्न विवादका कारण पाल्पा, स्याङ्जा, तनहु, पाँचथर, चितवन, नुवाकोट, रोल्पा, सुर्खेत, काभ्र, दैलेख, जाजरकोट, बारा, सिराहा र सप्तरी जिल्लामा अहिलेसम्म निर्वाचन हुन सकेको
छैन ।