Loading... आजः १६ चैत्र २०८०, शुक्रबार । Friday 29th March 2024

दंग परेको म

अचानक भएको भेटले तर्सायो । विहानै आफ्नो कर्मतिर लागिरहेको बेला तालुमा रौँ नभएका मान्छे पत्रिका पढ्ने योजनाका साथ मेरो कर्मस्थल आउनुभयो । टिभी र अनलाइनहरुमा धेरै पटक देखेको, उहाँका बहुरुपी प्रस्तुतीहरुबाट प्रभावित भएको मान्छे म । उनीसँग प्रत्यक्ष भेट्ने र अलिकति भलाकुसारी गर्ने मन थियो । तर त्यत्तिसम्मको पहुँचमा पुग्न यो पंक्तिकारको क्षमता थिएन । अजिंगरको आहारा दैबले पु¥याउँछ मान्छेले त्यत्तिकै भनेका होइनन् । कहिले राजाको रुपमा, कहिले नेताको रुपमा, कहिले धनि र कहिले गरिबको रुपमा अभिनय गर्ने नेपालीहरु पुगेका देशमा पुगेर आफ्नो कला र गला प्रस्तुत गरिसक्नु भएका नेपाली कलाका नक्षत्र, हास्यव्यङ्यका रत्न मनोज गजुरेल ।

हास्यकलाकारको पंक्तिमा मह जोडि र गजुरेललाई भेट्ने योजना रक्तिमले आयोजना गरेको कार्यक्रमको लागि सुर्खेत आइपुगेको बेलामा न मैले उहाँलाई भेट्न खोजे न उहाँले पंक्तिकारसँग भेट्न खोज्नु भो तर पृथ्वी गोलो छ भेट अवश्य हुन्छ भने झैँ आज गोलो पृथ्वीले यो पंक्तिकार मनोज गजुरेललाई एकै स्थानमा पु¥यायो ।

हो, कलाकार र साहित्यकारहरु अरुको भन्दा पनि आफ्नो पहिचान दर्शाउन लोभी हुन्छन् । मनोजको आगमन त्यो पनि मेरो कर्मस्थलमा । उहाँलाई समय कति छ । मलाई थाह छैन । उहाँ एकछिन पनि बसिदिनु भएन भने म आत्तिन्छु । आफू बसेको स्थानबाट जुरुक्क उठेर उहाँलाई नमन गर्दै आदर गर्ने अवसर भने मैले गुमाइन । बस्नुस् बस्नुस् उहाँले माया गर्दै भन्नु भयो । म आफ्नो पुरा परिचय दिने पक्षमा थिएँ उहाँलाई । तर सुटुक्क हिडिदिएको खण्डमा उहाँलाई रोक्न सक्ने क्षमता थिएन मसँग ।

हत्तपत्त मेरो दिमागमा मेरो चौथो कृति सम्झिएँ । सबैलाई व्यङ्ग्य गर्ने र हसाउने मनोजलाई मैले शोक संग्रहको एउटा दुःखले बेरिएको पोको सन्तापका आँसु उहाँको हातमा थमाइदिए । मैले सोचेका भन्दा फरक रुपमा प्रस्तुत हुनुभयो उहाँ । त्यसपछि सरसर्ति पढ्न थाल्नु भयो । म सुनेको सुन्यै मात्र भए । एकोहोरो पढ्दै गर्दा जीवन शाही र मदन जोशीको आगमनले उहाँको पढाइ र मेरो मौनता फरकतामा बदलियो ।

जीवन र मदनसँग मनोजले मलाई देखाउँदै भन्नुभयो – यत्तिसम्म पढ्ने बेलामा सात ठाउँमा भक्कानीय म । उहाँको सिर्जनाले मेरो पिताको याद दिलायो । यति सुनेपछि मैले आफैले सिर्जना गरेका शोक गजलहरुको आफै मूल्याङ्कन गरे । त्यसपछि करिब ७ पेज जत्ति बढ्न बाँकी भएको किताबलाई हातमा लिँदै भन्नुभयो – यसरी आफ्नो बेदनाको पोको सिर्जनाको माध्यमबाट पोखिसकेपछि कत्तिको हलुका भएको छ तपाइँलाई । मैले आफ्नो पीडा हल्का भएको बताए पछि फेरी एकपटक मायाको हात मिलाउन पाएपछि आनन्दको अनुभूति भयो । समीक्षा नभई आफूलाई लागेको कुरा हो भन्दै दुईवटा सल्लाह दिँदै मौका मिले फेरी भेटौला यही शब्दसँगै छुट्टियौ हामी । उहाँलाई आफ्नै कर्मस्थलमा पाउँदा खुसीले दंग परे म ।