Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

माछाको मुल्य साढे ६ करोड

एउटा माछाको मूल्य कति होला ? साढे ६ करोड रुपैयाँ खर्च गर्ने हो भनी कति टन माछा आउलान् ?

तर जब एउटै माछाको मूल्य साढे ६ करोड पर्छ तब पत्याउन गाह्रो पर्नु स्वभाविकै हो । ज्ापानमा हालै एउटा माछा झण्डै साढे ६ करोड रुपैयाँ मूल्यमा बिक्रि भएको छ ।

टूना फिस प्रजातिको उक्त माछालाई टूना किंग नामले चर्चित क्योशी किमूराले खरीद गरेका हुन् ।

ज्ापानमा हरेक वर्षजस्तै यो पाला पनि माछाको लिलामी आयोजना भएको थियो । सोही लिलामी अन्तर्गत उक्त टूना माछा सबैभन्दा महंगो मूल्यमा लिलाम भएको हो । उक्त माछाको वजन २१० किलो छ ।

क्योशी किमोरा एक रेष्टुरेन्ट चेनका मालिक हुन् । उनले हरेक वर्ष टूना माछाको लिलामीमा भाग लिन्छन् । क्योशीका नाममा यस्ता कैयन् रेकर्ड दर्ज छन् र यो पटक साढे ६ करोड रुपैयाँ बराबरको मूल्यमा एउटा माछा किने । उनले सन् २०१३ मा झण्डै १५ करोड रुपैयाँमा यस्तै टूना माछा किनेको आफ्नै रेकर्ड भने तोडेनन् ।

टूना माछाको लिलामी हुने सुकिजी मार्केटमा महंगो बोली लगाउनु परम्परा नै बनेको छ । यसले क्रेतालाई पब्लिसिटी पनि प्राप्त हुन्छ । जापानमा टूना माछा निकै मन पराइन्छ र धेरै खपत हुन्छ ।

कतिपयले पनि यो सामुदि्रक माछाको सिकार धेरै भएको भन्दै यसको सिकारमा प्रतिबन्ध लगाउनुपर्ने समेत माग गर्न थालेका छन् ।

एजेन्सी