Loading... आजः १६ चैत्र २०८०, शुक्रबार । Friday 29th March 2024

गजल- रुपक”जमरा”

कोसेलीमा तिमीले फुल बुट्टा, पठाएर ।

खाममा आफ्नै प्रेमिको व्यथा, पठाएर ।

दुनिया नदेख्नेलाइ सहयोग गरेको छु

यो मुटु, कलेजो, र यी आँखा, पठाएर ।

हजुरले साँच्चै गल्ती गर्नु भएछ

आमा हुर्केको जवान छोरो कोरिया,पठाएर ।

तिमिले विजय उत्सव तब मात्र मनाउ

सुर्यको त्यो समिपमा झण्डा, पठाएर ।

गजल रोप्दै गजलको जीवन खोज्दैछन

वैज्ञानिकले चन्द्रमामा “जमरा” पठाएर ।