Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

काँक्रेविहार र शिरमोरलेले गरे विजयी शुरुवात

वीरेन्द्रनगर,

सुर्खेत वैशाख १७ ।
सुर्खेतको वीरेन्द्रनगरमा जारी जिल्लास्तरीय एन्फा लिग पूmटबल प्रतियोगिताको दोश्रो दिन भएका दुई फरक खेलमा दुई नवप्रवेशी क्लवहरु काँक्रेविहार र शिरमोरले जीतसहित शुरुवात गरेका छन ।
दिउँसो भएको लिगको तेश्रो खेलमा नयाँ टोली काँक्रेविहारले बाबियाचौरलाई शून्यकाविरुद्ध २ गोलले पराजित गर्दा अर्को नवप्रवेशी शिरमोरले पुरानो टोली बुद्धपथलाई १ काविरुद्ध ३ गोलले हराउँदै जीतसहित शुरुवात गरेका हुन ।
दर्शकलाई प्रभावित पार्ने गरी खेल पस्किएको काँक्रेविहारले दुबै गोल पहिलो हाफमै गरेको हो ।
काँक्रेविहारका गिर्वाणविक्रम मल्ल १८ औं मिनेटमा दिलाएको अग्रता दोब्बर बनाउँदै लक्ष्मणविक्रम शाही ४९ औं मिनेटमा गोल थपेर जीत निश्चित बनाए ।
त्यसअघि आजै विहान भएको लिगको दोश्रो खेलमा पुरानो क्लव बुद्धपथलाई १ का विरुद्ध ३ गोलले हराउँदै चनौटेको टोलीले जीतसहित लिग यात्रा शुरु गरेको हो ।
पहिलो हाफको ११ औं मिनेटमा संगम शाहीले गरेको आकर्षक गोलबाट अग्रता लिएको शिरमोरका लागि दोश्रो हाफको ५५ औं मिनेटमा पुनः शाहीले दोश्रो गोल थपे ।
यसबीच गोल गर्ने उत्कृष्ट अवसर सिर्जना गरेपनि शिरमोरका लागि कहिले बुद्धपथका गोलरक्षक त कहिले क्रसबार वाधकका रुपमा देखिए ।
खेलको ६९ औं मिनेटमा बुद्धपथका लास्ट डिफेन्स दुर्गा सापकोटाले क्लियर गरेको बल शिरमोरका दिपेश थापासंग ठोक्किएर रिप्mलेक्ट भएर गोल पोष्टतिर हुत्तिएपछि दुर्भाग्यपूर्ण तेश्रो गोल खानपुग्यो ।
७० औं मिनेटमा भने बुद्धपथका हिक्मत के.सीले बुद्धपथका तर्फबाट सान्त्वना गोल फर्काए ।
लिगको दोश्रो दिन हुने तेश्रो खेलमा आज दिउँसो नवप्रवेशी काँक्रेविहार क्लव र बाबियाचौर युवा क्लवबीच खेल हुने आयोजक सुर्खेत जिल्ला पूmटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए ।