कर्णाली साहित्य समाज

कर्णाली साहित्य समाज

वीरेन्द्रनगर, सुर्खेत
कार्यसमिति

कर्णाली साहित्य समाजको प्रस्तावना

 

नेपाली भाषा–साहित्य, कला, संस्कृतिको सिर्जना, विकास र जगेर्नाका लागि कला र साहित्यिकको क्षेत्रमा महŒवाकांक्षा राख्ने कविता, गीत, गजल, कथा, निबन्ध, संस्मरण, नियात्रा, हाइकु, ताङ्का, आख्यान र मुक्तकजस्ता विधाहरुको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले साहित्यिक गोष्ठीहरूमा भाग लिएर साहित्यिक ज्ञान आर्जन गर्न चाहाने आकांक्षाले बढी उत्प्रेरित भएको पाइन्छ । साहित्यिक चेतना खुलेको मानवको मस्तिष्कमा प्रतिक्षण नया“–नया“ परिकल्पनाको विकास र स्वच्छ साहित्य सिर्जना गर्दै समयसापेक्ष नेपाली वाङ्मयको विकासमा प्रगति र बौद्धिक क्षेत्रको उच्चतम्तालाई शिखरमा पु¥याउन साहित्यिक वातावरणको विकास नै सर्वश्रेष्ठ मानिएको छ । त्यसैले साहित्यिक विकास भन्नु नै आजको परिप्रेक्षमा बौद्धिक सोचाइबाट मानवजीवनमा साहित्यिक उन्नति हुनु हो । विभिन्न साहित्यिक विधाहरूलाई टेवा (प्रकाशन एवम् सहयोग) दि“दै फस्टाउनका निमित्त शास्वत चिन्तन गर्ने र निरन्तरता दि“दै नवसर्जक साहित्यकर्मीहरूलाई अग्रपङ्क्तिमा ल्याई नेपाली वाङ्मयको विकासमा योगदान पु¥याउनुका साथै स्थापित स्रष्टाहरूलाई उचित सम्मान, पुरस्कृत र अभिनन्दित गर्दै विभिन्न साहित्यिक गोष्ठीहरू गर्ने उद्देश्य अनुरूप संस्था दर्ता ऐन २०३४ बमोजिम यो “कर्णाली साहित्य समाज” नामक संस्था गठन गरी “कर्णाली साहित्य समाजको विधान–२०७५ तर्जुमा गरिएको छ ।
संस्थाले विधान अनुरुप कार्य गर्दा नेपालको राष्ट्रिय सुरक्षा, अखण्डता, सहिष्णुता, कला र संस्कृतिमा आँच पु¥याउने छैन ।