Loading... आजः ४ मंसिर २०८१, मंगलवार । Tuesday 19th November 2024

जो जान्दैन उसलाई सिकाउन आवश्यक छ : प्रमुख प्रशिक्षक सापकोटा

दोस्रो पञ्चाङ्ग गणना प्रशिक्षण कार्यक्रमको उद्घाटन

सुर्खेत ।
विश्व पञ्चाङ्ग निर्णण संघका प्रमुख प्रशिक्षक गोविन्द सापकोटाले जो जान्दैन उसलाई सिकाउन आवश्यक भएको बताउनु भएको छ । विश्व पञ्चाङ्ग निर्णण संघको आयोजनामा हुन गईरहेको दोस्रो पञ्चाङ्ग गणना प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रशिक्षक सापकोटाले यस्तो बताउनु भएको हो ।

No description available.
यही फागुन १ गतेदेखि सुरु भएको ४५ दिने पञ्चाङ्ग गणना प्रशिक्षण उद्घाटनका क्रममा प्रमुख प्रशिक्षक सापकोटाले भन्नुभयो, ‘सूर्य सिद्धान्तलाई आधार मानेर पञ्चाङ्ग गणना गर्न सिकाइनेछ भने ग्रहण गणनाका लागि खगोलशास्त्रलाई आधार मानेर सिकाइनेछ ।’ सूर्य सिद्धान्त पूर्विय दर्शनको अद्वितिय ग्रन्थ भएको बताउँदै सबैभन्दा पूरानो सिद्धान्त भएको सापकोटाको भनाई थियो । प्रशिक्षार्थीहरुलाई अध्ययनको विषयवस्तु नबुझेर अगाडि नबढ्न अनुरोध गर्दै सुरुका दिनमा केही कठिन लागेपनि विस्तारै सहज लाग्नेछ तर प्रशिक्षार्थीले नबुझ्नु भनेको प्रशिक्षार्थीको कमजोरी नभई आफूले बुझाउन नसकेकाले आफ्नो कमजोरी हुने प्रमुख प्रशिक्षक सापकोटाले बताउनु भयो ।

No description available.
प्रशिक्षणमा ग्रहको उदय, अस्त, बक्री, मार्गी, तिथि, बार, नक्षत्र, करण, योग जस्ता पञ्चाङ्गका महत्वपूर्ण तत्वहरुको गणना गर्न सिकाइनेछ । आधुनिक गणितको सुरुवात भन्दा पहिले नै ज्योतिष गणितको सुरुवात भएको अबका ज्योतिषहरु केवल पञ्चाङ्गकार मात्र नभई खगोलशास्त्रको अनुसन्धानकर्ताको रुपमा लाग्न जरुरी भएको बताउँदै प्रमुख प्रशिक्षक सापकोटाले भन्नुभयो, ‘हामी अहिले नासाले जे भन्यो त्यही मान्नु पर्ने अवस्थामा छौं तर नासाको जन्म हुनुभन्दा पहिले ऋषिहरुले निर्माण गरेका सिद्धान्त कति महत्वपूर्ण थियो र छ भन्ने कुरा प्रमाणित छ ।’ अबको शिक्षा भनेको पूर्वीय दर्शनलाई अझै उचाँइमा पु¥याउनका लागि आवश्यक भएको बताउँदै प्रमुख प्रशिक्षक सापकोटाले शिक्षामा सबैको समान अधिकार हुने भएकाले आजका प्रशिक्षार्थीहरुले भोलीका दिनमा आफूले प्राप्त गरेको ज्ञानलाई पनि बाँड्न आग्रह गर्नुभयो ।

उद्घाटन कार्यक्रममा प्रशिक्षार्थी तारादेवी अमात्यले ज्योतिषिय ज्ञानलाई सही रुपमा भन्दा पनि केवल मागि खाने भाँडोको रुपमा प्रयोग गर्नेहरुलाई सिकाउनकै लागि भए यसको सूक्ष्म अध्ययनको खाँचो भएको बताउनु भयो । ज्यातिष विद्यामा अहिलेको पुस्ताले विश्वास नगर्ने अवस्थाको सिर्जना हुनु भनेको ज्योतिष विद्यालाई प्रयोग गर्नेहरुले नै त्यो अवस्थामा पु¥याएको उहाँको आरोप थियो । त्यसलाई चिर्नका लागि ज्ञानको आवश्यक भएको बताउँदै पञ्चाङ्ग निर्माण गरेर यथार्थताको प्रमाणित गर्दै धेरैलाई ज्योतिष विद्यामा विश्वास गर्न लायकको बनाउनु पर्नेमा जोड दिनुभयो ।

उद्घाटन कार्यक्रममा संस्थाका महासचिव ज्यो. हरिश्चन्द्र भण्डारीले पञ्चाङ्ग निर्माणमा अभ्यास गराउँदै पञ्चाङ्ग निर्माणमा प्रेरणा दिने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको बताउनु भयो । यसैगरी मुक्तिनाथ पञ्चाङ्गकर्ता उपाध्यक्ष ज्योतिषाचार्य पं. ज्ञानप्रसाद भण्डारीले प्रशिक्षणलाई फलदायी बनाउन हरसम्भव प्रयास गरिने बताउनु भयो । उहाँले मंगलाचरण वाचनसँगै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

प्रशिक्षणमा गोकूल सापकोटा रानीवन काठमाडौं, हरिकृष्ण श्रेष्ठ महालक्ष्मी नगरपालिका, वामदेव दीप अधिकारी अमेरिका, खगेन्द्र प्रसाद अधिकारी सुर्खेत, रामानन्द रिजाल म्यादी, गणेशप्रसाद अधिकारी, लोकेन्द्र प्रसाद जोशी कञ्चनपुर, प्रमोद चालिसे गल्कोट बाग्लुङ, योगेन्द्र रिजाल झापा , सौरभ पोखरेल धनकु्टा, राजेन्द्र मैनाली काभ्रे, तारादेवी अमात्य काठमाडौं, इश्वर न्यौपाने, बालकृष्ण दाहाल, तेजप्रसाद घिमिरे, विकास घिमिरे मणीपुर भारत हाल इटहरी, छविनारायण पुडासैनी बारा, माधव रिमाल झापा, राम लम्साल गैडाकोट चितवन, सुमन घिमिरे इलाम, कृष्णप्रसाद कोइराला, सागर चापागाँई, चक्रपाणी शर्मा इलाम, अमर बहादुर मगर लहानबाट प्रशिक्षार्थीको रुपमा रहनु भएको छ ।

यसैगरी प्रमुख प्रशिक्षकमा सूर्य सिद्धान्तीय महाकालेश्वर पञ्चाङ्ग सारिणीकर्ता ज्यो. गोविन्द सापकोटा, भिजिडिङ प्रशिक्षकमा नेपाल पञ्चाङ्गकर्ता एवम् संस्थाका अध्यक्ष ज्यो. नारायणप्रसाद नेपाल, मुक्तिनाथ पञ्चाङ्गकर्ता एवम् संस्थाका उपाध्यक्ष ज्योतिषाचार्य पं. ज्ञानप्रसाद भण्डारी, त्रि.वि. उपप्राध्यापक एवम् संस्थाका महासचिव ज्यो. हरिश्चन्द्र भण्डारी र ज्यो. हरेकृष्ण झा रहनु भएको छ । नेपालमै पहिलो पटक पञ्चाङ्ग निर्माण प्रशिक्षणको आयोजना गर्ने संस्था नै विश्व पञ्चाङ्ग निर्णय संघ हो भने यो प्रशिक्षण दोस्रो पटक हुन लागेको प्रशिक्षण हो ।