About us

नेपाली पत्रकारिताको इतिहास लामो भएपनि अनलाइन पत्रकारिताको इतिहास त्यति लामो छैन । पछिल्लो समयमा भएको प्रविधिको विकासक्रमसँगै अनलाइन पत्रकारिताको इतिहास जोडिन्छ । प्रविधिको विकासले गर्दा नै आज अनलाइन पत्रकारिता गर्नेहरुको पंक्ति लामै भएको छ । समाजमा भएका गतिविधिहरुलाई जस्ताको त्यस्तै बाहिर ल्याउनु र हामीले दिने सूचना, समाचार र सन्देशहरुले समाज परिवर्तन गर्नु हो भन्ने हामीले राम्ररी बुझेका छौ । त्यसैले यो अनलाइन २०७२ सालदेखि निरन्तर संचालन गर्न सफल भएका छौ ।

यो अनलाइनको संचालनका लागि मुना सिग्देल, शिवबहादुर थापा, माया श्रेष्ठ, संगीता निरौलालगायतले गर्नुभएको सहयोग अतुलनीय छ । डा. महेन्द्रकुमार मल्ल, कविराम पुरी, जनक सिंह ठकुरी, हस्तराज रेग्मी, पूर्णदेव अधिकारी, भवानी प्रसाद शर्मा, प्राविधिक सहयोगी मित्र सुरेश आचार्यका साथै पत्रकार, लेखक, साहित्यकार, हाम्रा कर्मचारी मित्रहरु एवम् शुभचिन्तकहरु प्रति आभारी छौं ।

यहाँहरुको रचनात्मक सहयोगको सदैब अपेक्षा गर्दै पत्रकारिता क्षेत्रमा कुनै पनि दबाब र प्रभावमा नपरी स्वच्छ, निष्पक्ष पत्रकारिता गर्ने बाचा गर्दछौं ।