Loading... आजः २ माघ २०८१, बुधबार । Wednesday 15th January 2025

ज्योतिषीय खोज अनुसन्धान जरुरी छ : मन्त्री भण्डारी

सुर्खेत ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले ज्योतिषीय खोज अनुसन्धान जरुरी भएको बताएका छन् । नोपाल ज्योतिष परिषद्को २७ स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । प्रमुख अतिथिको आशनबाट बोल्दै मन्त्री भण्डारीले भने, हामीले हिजोका दिनमा धुल्यौटोबाट सुरुवात गरेको ज्योतिष विद्याले आजको विज्ञानलाई सहज बनाएकाले यसको अझै गहिरो खोज अनुसन्धान जरुरी छ ।

May be an image of 5 people, temple, dais and text
मन्त्री भण्डारीले भने, अब चाँडै तत्काल प्रज्ञा प्रतिष्ठान गठन हुनेछ । धार्मिक विद्यालयहरुको समस्या समाधानका लागि अध्ययन कार्यदलको गठन गरी काम भइरहेको छ । साथै सशस्त्र द्वन्द्वले परम्पराहरू बिस्तारै लोप हुँदै गएको दृष्टान्त प्रस्तुत गर्दै अब पुनरागमन हुनेछ ।

May be an image of 6 people, dais, temple and text
प्रविधिसँग खेलेर ज्योतिष विद्यालाई अझै गहिराई पुगेर खोज गर्न अब ढिला गर्न नहुने उनको भनाई थियो । कर्णालीको इतिहास र ज्योतिष अनि यहाँका धार्मिक पर्यटकीय स्थलहरुको समेत विकास जरुरी भएको बताउँदै मन्त्री भण्डारीले भने, गुरुकूलहरुको विकास जरुरी छ । धार्मिक रुपमा पढाइ हुने विद्यालयहरुको स्थापना, संरक्षण गरेको खण्डमा कर्णालीका धार्मिक क्षेत्रको मात्र नभई समग्र विज्ञानको क्षेत्रमा समेत फड्को मार्न सकिन्छ ।

May be an image of 3 people, dais and text
ज्योतिष परिषद् जिल्ला कार्यसमिति सुर्खेतले गत वर्षदेखि प्रदान गर्दै आएको सुर्खेत ज्योतिष रत्न सम्मान रु ५ हजार सहित यो वर्ष दैलेखका ज्यो. प. होमप्रसाद उपाध्यायलाई प्रदान गरेको छ । ज्योतिष विद्याको संरक्षण र सम्वद्र्धनका लागि योगदान पु¥याएको भन्दै उक्त सम्मान अर्पण गरिएको ज्योतिष परिषद् सुर्खेतका अध्यक्ष ज्यो.प. यामप्रसाद अधिकारीले बताए ।

May be an image of 4 people, dais and text
यसका साथै ज्योतिष विद्याको महत्व र युवा सहभागीता शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगीतामा अमर ज्योति नमुना माध्यमिक विद्यालयका दिया वि.क. प्रथम भएकी छन् भने सस्कृत साधारण माध्यामिक विद्यालयका इत्रामका पवन शर्मा द्वितीय भएका छन् । जन नमुना माध्यामिक विद्यालयका निराजन अधिकारी तृतीय भएका छन् भने नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका कपेन्द्र शाही सान्त्वना भएका छन् । उनीहरुले प्रमाण पत्र सहित रु ५ हजार एक सय, ३ हजार ५ सय, २ हजार ५ सय र १ हजार ५ सय नगद पुरस्कार प्राप्त गरेका छन् ।

May be an image of 4 people, dais and text
नोपाल ज्योतिष परिषद्ले स्थापना गर्न लागेको अक्षयकोषका लागि पण्डित टेकराज उपाध्यायले १ लाख, परिषद्का केन्द्रीय उपाध्यक्ष ज्यो.प. विकास पौडेलले ३५ हजार ५५५ प्रदान गर्ने घोषणा समेत गरेका छन् । प्रतियोगीतामा हृदयश गिरी, हरिप्रसाद सापकोटा र दामोदर तिमिल्सेनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपाध्यक्ष ज्यो.प. विकास पौडेल, केन्द्रीय सदस्य ज्यो.प. पूर्णप्रसाद अधिकारी, कर्णाली प्रदेश अध्यक्ष ज्यो. डा. गौरीशंकर शर्मा, महासचिव विष्णुप्रसाद अधिकारी, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला समितिका उपाध्यक्ष ज्यो.प. शोभाखर अधिकारी, सहसचिव ज्यो.प. आनन्दशरण खनाल, डा. नवराज केसी, पत्रकारमहासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्मा, ब्राह्मण समाज नेपालका केन्द्रीय उपाध्यक्ष हरिशचन्द्र उपाध्याय, सचिव तुलसी पाण्डेय, सदस्यहरु दुर्गा अधिकारी, सोमप्रसाद दाहाल, पण्डित तिलक प्रसाद रिजाल, पण्डित टेकराज उपाध्याय, साहित्यकार उमालाल आचार्य, कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका सचिव लालबहादुर कश्यप,लगायतले शुभकामना व्यक्त गरेको उक्त कार्यक्रम जिल्लाका अध्यक्ष ज्यो.प. यामप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो भने सहजिकरण ज्यो.प. खगेन्द्रप्रसाद अधिकारीले गरेका थिए ।

May be an image of 8 people, flute, temple, dais and text

May be an image of 4 people, flute and temple

May be an image of 4 people