

काठमाडौं । रसुवामा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ । भायानेटले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्दै विपद्बाट प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको हो । कम्पनीले विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध गराइएको सहयोगबाट रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले सञ्चालन गरिरहेका राहत, उद्धार तथा पुनःस्थापनाका काममा योगदान पुग्ने अपेक्षा गरिएको भायानेटले जनाएको छ । कम्पनीले बाढीपहिरोमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली […]
नेपालको कर्णाली प्रदेश सांस्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिले अत्यन्तै समृद्ध छ । हिमाल, पहाड, तालतलैया, नदीनाला तथा अनगिन्ती मठ–मन्दिरहरूले भरिपूर्ण यस प्रदेशमा कैयौँ यस्ता पावन स्थानहरू छन्, जसको ऐतिहासिक र धार्मिक महत्व अपार छ । तिनै पवित्र स्थलहरूमध्ये एक हो— चुलाकोट मालिका । कर्णाली प्रदेशका दुई ऐतिहासिक तथा सुन्दर जिल्लाहरू दैलेख र जाजरकोटको भौगोलिक संगमस्थलमा अवस्थित सुयाडा लेखको उच्च पहाडी टाकुरामा चुलाकोट मालिकाको पवित्र धाम रहेको छ । समुद्री सतहदेखि निकै उचाइमा रहेको सुयाडा लेख प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र हो । यहाँबाट चारैतिर देखिने हरियाली डाँडाकाँडा, कञ्चन हिमश्रृङखलाहरू, र चिसो स्वच्छ हावापानीले जोकोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ । विगतका दिनहरूमा विकट […]
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरेन्द्रनगरको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टिको तर्फबाट केन्द्रिय उपाध्यक्ष मुकुन्दश्याम गिरिले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमवार उम्मेदवारी दर्ता गरेका गिरिले बुधवार सुर्खेतको गणेश मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाएर आफ्नो चुनावी अभियान सुरु…
यतिबेला देश प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा होमिएको छ । केही दिन अगाडि दशैं अनि त्यसको १५ दिन पछि तिहारको रमझम सकिन साथ निर्वाचनको माहोल निकै तातिन थालेको छ ।…