सभामुखलाई थाहै नदिई संसद अधिवेशन अन्त्य, कांग्रेस पनि असन्तुष्ट

काठमाडौं । सरकारले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग छलफल नै नगरी स‌ंसदको चालु अधिवेशन अन्त्य गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कां‌ग्रेसले पनि आफूहरूसँग परामर्श नै नगरी अधिवेशन अन्त्य गरेकामा असन्तुष्टि जनाएको छ । मन्त्रिपरिषद‍्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको जानकारी स‌ंसद सचिवालयलाई गराएकी छन् ।संसद अधिवेशन […]

Continue Reading

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

१८ असार, काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद‍्को बिहीबार बसेको बैठकले साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीले कानुनमन्त्री डा.शिवमाया तुम्बाहम्फेतिर हेरेर कुनै विजनेश छन् ? भन्ने प्रश्न गरेका थिए । मन्त्री तुम्बाहाम्फेले नागरिकता लगायतका […]

Continue Reading

कर्मचारीतन्त्रमा भूइँचालो

राज्यको स्थायी सरकार कर्मचारीतन्त्रमा भूइँचालो आएको छ। संसद्मा पेस भएको डेढ वर्षपछि संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरिएपछि कर्मचारीतन्त्रमा खैलाबैला मच्चिएको हो। धेरैले कर्मचारी ‘कालो कानुन’ को रूपमा इंगित गरेका छन् भने पारित भएको दिनलाई ‘कालो दिन’ भन्दै विरोध गरेका छन्। कर्मचारीतन्त्रमा ठूलै हलचल उत्पन्न भएको हो। कर्मचारी यो विधेयक […]

Continue Reading

सुसंस्कृत व्यक्ति मदन भण्डारी सम्झँदा…

०३५ साउन १,२ गतेदेखि ०५० जेठ १ गतेसम्मको अन्तिम भेट हुँदासम्म पार्टी हेडक्वार्टर उपयुक्त ढंगले सञ्चालन गर्ने व्यक्तिको खोजीमा उहाँले मलाई देख्नुभयो। मदन भण्डारी पुष्पलालले नेतृत्व गरेको कम्युनिस्ट पार्टी सांस्कृतिक मोर्चाको केन्द्रीय सदस्य हुनुहुन्थ्यो। मुक्तिमोर्चा नामको एउटा मुखपत्र निकाल्थ्यो त्यो मोर्चाले। त्यो मुक्तिमोर्चाबाट विद्रोह गरेर झापा संघर्षपछि गठन भएको कोअडिनेसन केन्द्रसित सामेल हुने ऐतिहासिक घोषणा […]

Continue Reading

एकीकरणका अर्का नायक जंगबहादुर राणा

अरविन्द रिमाल इतिहास नेपालको स्वतन्त्रता बचाउने पृथ्वीनारायण शाहपछि जंगबहादुर नै हुन्। २००७ साल फागुन ७ गते, नेपालमा जहानियाँ राणा शासनको अन्त्य र राणा–कांग्रेस संयुक्त सरकारको घोषणा हुने खबर कलकत्तामा विद्युत् वेगसरह फैलियो। त्यति बेला यो लेखक त्यही सहरमा अध्ययन गर्दै भर्खर गठन भएको नेपाल कम्युनिस्ट पार्टीमा संलग्न थियो। भारत सरकारको मध्यस्थता र राजा त्रिभुवनको संलग्नतामा […]

Continue Reading

प्रधानमन्त्रीलाई १२ बुँदे ध्यानआर्कषण पत्र

सुर्खेत । नेपाली कांग्रेसले सुर्खेतले कोरोना भाइरसको माहामारीमा सरकारले प्रभाकारी कदम चाल्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। कांग्रेसले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलार्इ १२ बुँदे ध्यानआर्कषण पत्र बुझाएको हो। कांग्रेसले कोरोना महामारीमा सरकार चुकेको भन्दै परीक्षणको दायार बढाउन, क्वारेन्टाइनको व्यवस्थापन गर्न माग गरेको छ। जिल्ला सभापति कमलराज रेग्मीको नेतृत्वमा गएको […]

Continue Reading

नेपालको संविधान दोस्रो पटक संशोधन -संशोधनका पक्षमा २५८ मत विपक्षमा शुन्य

सुर्खेत । नेपालको संविधान २०७२ दोस्रो पटक संशोधन भएको छ । प्रतिनिधि सभाको बैठकले नेपालको संविधान दोस्रो संशोधन गरेको हो । नेपालको भूमि नक्सामा समेटिएपछि तयार भएको नेपालको नयाँ नक्सासहितको निशाना छाप तोकिएको अनुसूची ३ संशोधन गर्नु पर्ने भएकोले संविधान संशोधन भएको हो । संविधान संशोधनका पक्षमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरु एकतावद्ध भएका थिए […]

Continue Reading

राजसंस्थालाई धक्कु नलगाउन प्रचण्डलाई लिङ्गदेनको चुनौती

काठमाडौँ । राप्रपाका सांसद राजेन्द्र लिङ्गदेनले यो समयमा कसैलाई दोष लाउन नमिल्ने बताएका छन् । आज प्रतिनिधि सभामा बोल्दै उनले जुन संस्थाले एकीकृत नेपालको सिर्जना ग¥यो उही संस्थाले गुमाएको भूमि हामीले फिर्ता ल्यायौँ भनेर धक्कु लगाउन नमिल्ने बताएका छन् । नयाँ नक्सा अनुसार निशान छाप बनाउनका लागि संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमाथि बोल्ने क्रममा […]

Continue Reading

राप्रपा अछामद्वारा प्रजिअ मार्फत प्रमलाई ज्ञापनपत्र

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति अछामले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयलाइ ज्ञापन पत्र बुझाएको छ । राप्रपा जिल्ला कार्य समिति अछामका अध्यक्ष मिन बहादुर शाहीद्वारा आज सो ज्ञापनपत्र बुझाइएको हो । शाहीद्वारा हस्ताक्षेरित ज्ञापन पत्रमा भारत सरकारले नेपालको भूमि गर्दै मानसरोवर जाेड्ने सडक उद्घाटन गरेको घटनाप्रति राप्रपा अछाम प्रति गम्भिर ध्यानाकर्षण […]

Continue Reading

प्रधानमन्त्रीको भारतसँग प्रश्न- सत्यमेव जयते कि सिंहमेव जयते ?

जेठ ६, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतको राष्ट्रिय चिह्नको प्रसंग निकाल्दै भारतसँग सत्यमेव जयते कि सिंहमेव जयते भन्ने प्रश्न गरेका छन् । आफू सत्यको जितका पक्षमा रहेको स्पष्ट पार्दै ओलीले मंगलबार संसदमा भने, ‘भारतको राष्ट्रिय चिह्नमा चारतिर फर्केको सिंह छ । त्यसको मुनि सत्यमेव जयते लेखिएको छ ।’ प्रधानमन्त्री ओलीले सबै नेपालीले सत्यमेव […]

Continue Reading