आज अन्तर्राष्ट्रिय सहकारी दिवस

सुर्खेत | आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइदै छ । सन १८९५ मा अन्तर्राष्ट्रिय सहकारी महासंघ गठन भएको थियो । युनाइटेड मिसनले पनि अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन थालेपछि विश्वभर महत्वका साथ जुलाई पहिलो शनिबार विशेष कार्यक्रम गरी मनाइने गरिन्छ । नेपालमा सहकारी स्थापना नेपालमा अनौपचिारिक रुपमा प्राचीनकालदेखि नै नेपालमा गुठी, धर्मभकारी, मङकाखलः, पर्म आदि नामबाट सहकार्यको […]

Continue Reading

कोरोना संक्रमणबाट थप एकको मृत्यु

 गोरखा । कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट गोरखामा एक पुरुषको मृत्यु भएको छ । पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय पुरुषको आज बिहान ५ः०५ बजे निधन भएको गोरखा अस्पतालका डा। मविन थापाले जानकारी दिए । उनी हिजो राति ९ः५५ बजे अस्पताल भर्ना भएका थिए । उनी डायविटिज रोगी रहेको समेत अस्पतालले जनाएको छ । […]

Continue Reading

बाबुले नै शिशु अर्कैलाई दिएपछि…

जनकराज सापकोटा काठमाडौँ राजधानीमा कारोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला असार ८ गते भृकुटीमण्डपबाट एउटा सरकारी गाडी निस्कियो । उक्त गाडीमा सवार प्रहरी जवान शर्मिला दाहालले झन्डै साढे चारमहिने शिशुलाई जतनले काखमा लिएकी थिइन् । असई नारायण केसी पनि त्यही गाडीमा थिए । बालबालिका खोजतलास समन्वय केन्द्रमा कार्यरत यी दुई प्रहरी शिशुलाई बोकेर झापाको दमक जाँदै […]

Continue Reading

ओस्टेओेमाईटिस पीडित राजीलाई समाजसेवी मुकुन्दको सहयोग

सुर्खेत । पञ्चपुरी नगरपालिकाका १५ वर्षीय बालक चन्द्र राजी ओस्टेओेमाईटिस रोगले पीडित हुनुहुन्छ । आर्थिक अभावका कारण खुट्टाको उपचारमा समस्या भएको छ । पीडित राजीलाई समाजसेवी मुकुन्दश्याम गिरीले रु १० हजार सहयोग गर्नुभएको छ । वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर समेत रहनुभएका गिरी सालिन र भद्र एवम् समाजसेवी व्यक्तित्वका रुपमा चिनिनु हुन्छ । उहाँले नगद सहयोग […]

Continue Reading

देशभर कोरोना संक्रमितको सं‌ख्या १५ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका हुन् । यससँगै देशभर संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । थप एकको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको […]

Continue Reading

भीरबाट खसेर एक युवकको ज्यान गयाे

टेकराज भण्डारी, असार १९, अछाम । अछामको रामारोशन गाउँपालिकामा भीरबाट खसेर एक युवकको ज्यान गएको छ । वडा नम्बर ५ का ३६ बर्षीय लोकेन्द्र रोकायाको शुक्रबार पडिपाखा भीरबाट खसेर ज्यान गएको हो । बिहान घाँस काट्न गएको बेला उनको घाँस काट्दै गर्दा चिप्लो भीरबाट खसेर घटनास्थलमै ज्यान गएको रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो […]

Continue Reading

नारायण न. पा. का जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि

दैलेख ।  दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएपछि कार्यालय नै सिल गरिएको छ । दैलेखमा सवै भन्दा वढि कोरोना संक्रमण देखिएको नारायण नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि कार्यालयबाट प्रवाह हुनै कामकाज नै ठप्प भएका छन् । कार्यालयमा अन्य […]

Continue Reading

कर्णालीमा नौजनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार दैलेख अस्पतालबाट शुक्रवार ९ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमित हुनेहरु नारायण नगरपालिकाका ८ जना र डुंगेश्वर गाउँपालिका दैलेखका १ जना रहेका छन् । पछिल्लो समय निकै तिब्रगतिमा फैलिएको कोरोना कर्णालीमा विस्तारै कम हुँदै गएको छ भने कोरोना संक्रमितको संख्या […]

Continue Reading

खुकुरी प्रहारबाट एक महिला घाइते

दाने बोहरा / हुम्ला हुम्ला जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा खानेपानीको विषयलाई लिएर एक जना महिला माथि खुकुरी प्रहार भएको छ । वडा चार सायाँ गाउँका ४५ वर्षिय हजारी थापामाथी खानेपानीको विषयलाई लिएर छिमेकीले खुकुरी प्रहार गर्दा गम्बिर घाइते भएका छन् । खानेपानीको विषयलाई लिएर छिमेकी संगको विवादले ठुलो रुप लिदा पिडित थापाको टाउकोमा […]

Continue Reading

नेकपाका दुबै अध्यक्ष आ-आफ्नै अडानमा

काठमाडौँ | उच्च स्रोतका अनुसार शुक्रबार दुई अध्यक्षवीच भएको लामो छलफलमा दुबै अध्यक्षले आ-आफ्ना अडानहरु राखेका थिए । प्रधानमन्त्री ओलीले मंसिर ४ को सहमतिअनुसार अघि बढौं भन्ने प्रस्ताव गरेका थिए । मंसिर ४ को सहमति भनेको प्रधानमन्त्री केपी ओलीले चलाउने र पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डले चलाउने भन्ने हो । तर, अर्का अध्यक्ष प्रचण्डले परिस्थिति धेरै अगाडि बढिसकेकाले […]

Continue Reading