Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

जेसिसको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण

सुर्खेत, माघ ८ ।
वीरेन्द्रनगर जेसिसको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । वीरेन्द्रनगर जेसिस वर्ष २०१७ ले वीरेन्द्रनगर जेशिस २०१८ लाई सोमवार एक कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण गरेको हो ।

कार्यक्रममाम २०१७ का अध्यक्ष हरेन्द्र केसीले नवनिर्वा्चित २०१८ का अध्यक्ष बिटिहोत्र बशिष्टलाई सपथ ग्रहण गराउनु भएको थियो । नयाँ कार्यसमितिको कार्यकारी उपाध्यक्षमा कमल लामिछाने र राजेश ज्ञवलि एवं उपाध्यक्षमा सन्तोष बस्नेत, टीकाराम साप्कोटा, सोम थापा र डिल्लु ढुंगाना चयन हुनुभएको छ । नवनिर्वा्चित अध्यक्ष बसिष्टले कानुनी सल्लाहकारमा कटक थापा, महासचिवमा श्याम श्रेष्ठ, कोाषाध्यक्षमा शिवराज घिमिरे लगाएत लाई मनोनित गर्नु भएको छ ।

सफथ ग्रहन पछि कार्यक्रमलाई सम्वोदन गदै वीरेन्द्रनगर जेसिज वर्ष २०१८ का अध्यक्ष बिटिहोत्र बसिष्टले आफनो कार्यकालमा यूवा लक्षित र बालबाललिका लक्षित कार्यक्रमहरु सञ्चालन गरि यूवाहरुलाई समाजिक क्षेत्रमा संलग्न गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले जेसिजले आगामी दिनहरुमा ग्रामिन स्तरमा पनि विषेश कार्यक्रमहरु सञ्चालन गर्ने बताउनु भयो ।

कार्यक्रममा वीरेन्द्रनगर जेसिसका संस्थापक महासचिव शम्भु पन्त, वीरेन्द्रनगर जेसिसका पुर्वअध्यक्षहरु बिमल नेपाली, हरिहर बस्नेत,सरस्वति बस्नेत, भद्र भण्डारी, उपेन्द्र सुबेदी, भिम खत्री , सुर्खेत महिला जेसिज वर्ष २०१८ का अध्यक्ष कृतिशाक्य गुबाजु, महासचिव सिया कार्की प्रधान, वीरेन्द्रनगर जुनियर जेसिज वर्ष २०१८ का अध्यक्ष यज्ञ खत्रीे लगायतको सहभागिता रहेको थियो ।