Loading... आजः ४ भाद्र २०८३, बिहीबार । Thursday 20th August 2026

बिजया दशमी तथा दीपावलिको अवसरमा ‘भायानेट होलसेल बजार’ सुर्खेतमा सुरु

सुर्खेत,

नेपालभरका उपभोक्तालाई २५ वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेट कम्युनिकेशन लिमिटेडले बिगत केही वर्षदेखि सुर्खेतमा पनि आफ्नो सेवा विस्तार गर्दै आएको छ । यही अवसरमा, बिजया दशमी तथा शुभ दीपावलिको हार्दिक उपलक्ष्यमा भायानेट कम्युनिकेशन लिमिटेडले ‘होलसेल बजार’ कार्यक्रम सुर्खेतमा आयोजना गरेको छ।

मंगलगडीचोक, बिरेन्द्रनगरमा सञ्चालन भइरहेको यो कार्यक्रम २०८२ साल असोज २८ गतेदेखि कात्तिक १० गतेसम्म चल्नेछ। उक्त होलसेल बजार स्थानीय व्यापारीहरूको सहकार्यमा आयोजना गरिएको हो।

कार्यक्रमको उद्देश्य स्थानीय कृषक र व्यवसायीहरूलाई बजारमा सहज पहुँच दिलाउने र बिरेन्द्रनगरवासीहरूलाई न्यायोचित मूल्यमा दैनिक उपभोग्य वस्तु तथा स्थानीय कृषि उत्पादन खरिद–बिक्री गर्ने अवसर प्रदान गर्नु रहेको आयोजक भायानेट कम्युनिकेशनले जनाएको छ।

यस बजारमा सहभागी हुनका लागि सर्वसाधारणका लागि प्रवेश निशुल्क रहेको छ। भायानेटले यस कार्यक्रममार्फत समुदायसँगको सम्बन्ध सुदृढ पार्दै स्थानीय अर्थतन्त्र सशक्त बनाउने अभियानलाई थप गतिशील बनाउने लक्ष्य लिएको छ ।