शहिदको सम्झनामा दिपप्रज्वलन
सुर्खेत
माघ १६ अर्थात् शहीद दिवसको अवसरमा जेसिज र प्रतिष्ठानको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको छ । यूवाहरुको व्याक्तित्व र नेतृत्व विकासमा काम गदै आएको वीरेन्द्रनगर जेसिज वर्ष २०१८, सुर्खेत महिला जेसिज वर्ष २०१८, वीरेन्द्रनगर जुनियर जेसिज वर्ष २०१८ र शहिद याम बिसी स्मिृती प्रतिष्ठानले संयूक्तरुपमा सहिदको सम्झनामा दिप प्रज्वलन गरेका हुन । कार्यक्रममा शहीद पिता एवम् शहीद याम विबसी स्मृति प्रतिष्ठानका अध्यक्ष शेरबहादुर बुढा सचिव भगवती विसी र कोषाध्यक्ष एवम् शदीद माता बाली बुढाको समेत उपस्थिति रहेको थियो ।

देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रतिको सम्झना र सम्मान प्रकट गर्दै यो दिवस दिप प्रज्वलन गरिएको वीरेन्द्रनगर जेसिज वर्ष २०१८ का अध्यक्ष बितिहोत्र बशिष्ठले बताए । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा कार्यक्रम आयोजना गरिएको वशिष्ठले बताए ।

उक्त कार्यक्रममा बीरेन्द्रनगर जेसिका संस्थापक अध्यक्ष सम्भु पन्त, वीरेन्द्रनगर जेसिजका पुर्व अध्यक्षहरु, सुर्खेत महिला जेसिजका वर्ष २०१८ का अध्यक्ष कृतिगुबाजु शाक्य, महासचिव सिया कार्की प्रधान, वीरेन्द्रनगर जुनियर जेसिज वर्ष २०१८ का अध्यक्ष यज्ञ खत्री, सुर्खेत स्थित विभिन्न राजनितीक दलका प्रतिनिधीहरु लगाएतको उपस्थिती रहेको थियो । वीरेन्द्रनगर जेसिज वर्ष २०१७ का महासचिव श्याम श्रेष्ठले कार्यक्रमको सहजिकरण गरेका थिए ।

साथै शहीद दिवसको अवसरमा वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सुर्खेत महिला जेसिज वर्ष २०१८ र एम्नेष्टिक इन्टरनेश्नल नेपाल लयर्स समुह ७९ को संयुक्त आयोजनमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा सुर्खेत महिला जेसिज वर्ष २०१८ का अध्यक्ष कृति शाक्य गुबाजुले महिलाहरुले पनि रक्तदान गर्न सक्छन् भन्ने सन्देशका लागि कार्यक्रम आयोजना गरिएको बताइन् ।
नेपाली सेनाका तर्फबाट सुर्खेतमा रहेका विभिन्न गणहरुबाट सेनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम मार्फत कुल ३१ पिन्ट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय अस्पताल शाखा ब्लडबैङ्कका कर्मचारी बिकास गिरीले बताए । नेपाली सेनाका तर्फबाट २९ सेनाले रक्तदान गरेका थिए ।






