Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

वा ! कर्णाली

बसन्त भण्डारी ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले फागुन २२ गतेदेखि २८ गतेसम्मको लागि तय गरेको ग्रामीण सिविर एकदमै सफल भयो । विश्वविद्यालयको सामाजिक कार्य विषयका विद्यार्थीको उक्त सिविरमा पत्रकारीता अध्यानरत भएपनि उक्त सिविरमा जाने अवसर मिल्यो । फागुनको महिना न धेरै चिसो न धेरै तातो रमाईलो वातावरण थियो । सबै साथिहरु तयारी भैसकेपछि भोली पल्ट बिहानै करिब सात बजे तिर हामी क्यामपसबाट यात्रामा अघि बढ्यौँ । वनजंगल, खोला नालाहरुको अनुभव सम्हाल्दै यात्रामा अघि बढ्यौँ । साथीहरु संग चाच्दै गाउँदै रमाउँदै सुर्खेतको पश्चिम क्षेत्र चौकुने गाउँपालिकाको लगामको बाटो लागियो । वरिपरि वन जंगलको सुन्दरता एकदमै हरियो गहूँले ढकमक्क परेको बारी, तोरी फुलेर पहेँलो भएको गाउँ बेसीको अनुभव समहाल्दै दुख सुख गरेर रातको समयमा लगाम पुगियो । बाटो त्यति धेरै लामो नभएपनि गाडिको समस्याको कारण साँझमात्र लगाम पुगियो । साँझपख भैसकेको थियो स्थानिय संगको सहकार्यमा जसोतसो खान बस्नको व्यवस्था मिल्यो दिनभरिको थकानले त्यो रात सजिलै निन्द्रा प¥यो ।

यात्राको दोस्रो दिन बिहानै सबेरै सबैजना उठेर हातमुख धोएर विहानको खाजा खाएर आ–आफ्नो काममा लाग्यौँ । गाउँलेरु आ–आफ्नै काममा व्यस्त थिए । व्यस्त गाउँलेहरुले व्यस्तताको बावजुतलाई ख्याल गर्दै साथिहरु घर सर्वेको लागि छलफलमा लागे सबै फरक फरक बाटो तिर लागे म पनि उनिहरुको कामलाई क्यामरामा कैद गर्दै गए । गाउँ घरको वातावरण त्यहाँको हावा पानी गाउँलेहरुको माया ममता संगै हामीले करिब ११ बजेतिर सर्वे सकेर बसेको ठाउँतिर लाग्यौँ । केहि साथिहरुले खाना पकाएर बसिरहेका थिए । सबै साथिहरु जम्मा भैसकेपछि हामिले खाना खाँयौँ । त्यसपछि सर र म्याडमको सल्लाह अनुसार नजीकैको श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यलयमा गयाँै र त्यो विद्यालयमा आफ्नो उद्देश्य अनुरुप विद्यालयमा बालविवाह, छाउपडि प्रथा, पाठेघर खस्ने लगायतका समस्याहरुको बारेमा सबै विद्यार्थीहरुलाई फरक फरक कक्षामा बसालेर साथीहरुले जनचेतना मुलक कक्षा दिए । मैले त्यो सबै दृष्यहरु क्यामरामा कैद गरे । साथीहरुले विद्यालयमा सडक नाटक पनि देखाए । विद्यालयको बारेमा विद्यार्थी र शिक्षकहरुसँग केही छलफल गरेर हामी त्यहाँबाट निष्कियौँ र बसेको ठाँउमा आएर चिया नास्ना खाएर हामीहरु चौकुने गाउँपालिकाकै अर्को क्षेत्र बोला जानको लागि तयारी भयौँ । सबैजना साथीहरु तयारी भयौँ । सबैजना साथीहरु तयारी भएर बोला तिर लाग्यौँ । दुर्गम गाउँ सडक सञ्जालमा जोडिएपनि उपयुक्त सडकको व्यवस्था थिएन । जंगलको बाटो खोला खोल्सा भिरपाखा गर्दै हामी करिव ३ घण्टाको हिनाईपछि हामी बोला भन्ने गाउँमा पुग्यौँ । र त्यहाँको एक स्वास्थ्य चौकीमा बास बस्ने व्यवस्था गरिएको थियो । सुन्दर जंगलको बाटो, खोला खोल्सामा बग्ने पानी अग्ला अग्ला छहराहरुको सुन्दरताले हिनाइको थकान थकान पनि बिर्साइदिएको थियो । हिनाईको थकानले मलिन अनुहार राम्रो राम्रो मनोरम दृष्य देख्नासाथ हुरुक्कै हुन्थ्यो । बोलाको स्वस्थ्य चौकिमा खानापानको बन्दो बस्त आफै गर्ने भएकाले कोही साथीहरु खाना पकाउन लागे कोही नजिकै रहेको कर्णाली नदीबाट पानी ल्याउन थाले भने कोही भने कोही गाँघरमा तरकारीको खोजीमा लागे । सबैले मिलेर खाना पकाएर खायौँ र सुत्यौँ ।


यात्राको तेस्रो दिन विहानै कर्णाली नदिको सिरसिरे हावा सँगै निन्द्राबाट बिउझियौँ सबैजना बस्नेगाउँमा पानीको अभाव भएकाले सबैजना बिहानै कर्णालीको तिरमा पुग्यौँ । समधुर कर्णाली नदि आफ्नै तालमा बगिरहेको थियो । एका विहानै कर्णालीको चिसो पानीले निन्द्रालाई बिउझाउयो । र योजना अनुसार कोही खाना पकाउन लागे । पानीको सुविधा हुने भएकाले अर्को दिनको खाना कर्णाली नदिकै छेउमानै पकाउने निर्णय ग¥यौँ । र सोहि अनुसार साथिहरु पकाउन लागे र म पनि घर सर्वेमा गएका साथिहरु सँगै गाउँमा पसे र गाउँले दाजुभाई आमा बुवाहरु सँग गफगाफ गर्दै । केहि साथिहरु सँगै कर्णालीको छेउमा पुगे । नजिकै एक ट्याक्टर वालुवा झिकालिरहेको थियो । नजिकैबाट गाउँलेहरु पानी भरिरहेका थिए । नजिकै स–साना केटाकेटिहरु नदिमा पौडी खेलिरहेका थिए । प्राकृतिक सुन्दरताले भरिपूर्ण कर्णाली नदि आफ्नै तालमा बगिरहेको थियो । कोहि साथिहरु वालुवामा आ–आफ्नो नाम लेख्दै खेलिरहेका थिए । नजिकै माझिले नाउ चलाइरहेको थियो । कोही माछा मार्दै थिए । त्यो सबै क्षणहरु मैले क्यामरामा कैद गर्ने प¥यास गरिरहए । साथिहरु सहित हामी गन्थन मन्थन गर्दै एक अर्काको फोटो खिच्दै सेल्फि हान्दै अघि बढ्यौँ । त्यसपछि साथिहरु विस्तारै छलफल गर्दै खाना खाने स्थानमा पुग्यौँ । कोही साथिहरुले कर्णालीको माछा सहितको खाना पकाएका थिए । खाना पाक्दै थियो । हामी शिक्षक शिक्षिकाको टोली कर्णाली सँगै रमाउन कर्णालीको छेउमा पुग्यौँ । सबैले आ–आफ्नो तरिकाले फोटो खिचे । फरक फरक तस्बिरको साथमा सबै रमाए । त्यहाँ हामीले सबै समूहमा तस्विर पनि खिच्यौँ । मसिनो वालुवा घाममा टल्किरहेको थियो । हामी रमाइरहेका थियौँ । सरसरी हावा चलिरहेको थियो । दिनको करिव १२ बजे तिर नजिकैको कर्णालीको समधुर आवाज संगै हामीले खाना खायौँ । खाना पछि हामीले भाँडा कुडाहरु सफा गरेर स्वास्थ्य चौकि तिर लाग्यौँ । दिनको कार्यक्रमको बारेमा गाउँलेहरुलाई पहिलेनै जानकारी दिएकाले सबै जना स्वास्थ्य चौकिमा जम्मा भैसकेका थिए । हामीले हतार हतार गर्दै तयारी भयौँ । आफ्नो कार्यमा लाग्यौँ । जनचेतनामुलक नाच, वालविवाह, छाउपडि प्रथा, गभ्रधारण, पाठेघर लगायतका कुराहरु समेटिएको चेतनामुलक नाटक प्रस्तुत ग¥यौँ । बोला गाउँको बारेमा स्थानियको साथ सहयोगमा गाउँको नक्सा तयार पारी गाउँको बारेमा अध्यान ग¥यौँ । आफ्नो कार्यतालिका अनुसार सबै साथिहरुले गाउँलेहरु सँग समूहमा बसेर त्यस ठाउँको छाउपडि, वालविवाह,महिलाको विभिन्न समस्याहरु जस्ता विषयहरुमा छलफल गरे । स्थानियले आफ्नो धारण राखे । मैलेपनी सोही अनुसार क्याराले सबै क्षणहरु कैद गरे । स्थानियका अनुसार अहिले उक्त क्षेत्रमा देखाउटि रुपमा ती समस्याहरु धेरै नभएपनि भित्री रुपमा तिनिहरु अहिले पनि गाउँमा जिवित नै छन् । स्थानियका अनुसार अहिले उक्त गाउँमा पानिको समस्या एकदमै भएको पाइएको छ । अहिले उनिहरु कर्णाली नदिको प्रदुषित पानि पिउद बाध्य छन् । सडकको नाममा केहि क्षेत्रमा सानो बाटो बनेपनि अहिले उनिहरु गाडि चढ्नको लागि २, ३ घण्टा हिनेर लगाम बजार मै पुग्नपर्ने दुखेसो सुनाए । स्थानिय सरकार बनेपनि आफुहरुले सरकारले केहि काम गरे जस्तो महशुस नभको स्थानियको भनाई थियो । साँझ परिसकेको थियो त्यो रात पनि बोलामानै बस्ने र अर्को दिन बिहानै उठेर बेतान जाने निर्णय ग¥यौँ । र सोहि अनुसार हामी अगाडि बढ्यौँ । सोहि रात नै हामीले सबै त्यहाँको काम सकाएर सत्यौँ ।


यात्रा चौथो दिन बिहानै उठेर कर्णालीको छेउमा गएर हातमुख धोएर बिहानको खाजा खाएर सबै सामान बोकेर बेतानको बाटो तिल लाग्यौँ । बिहानको ७ बजेको थियो हामी बोलाबाट बेतान तिर हिनेका थियौँ । गाउँलेहरुको माया ममताको कारणले हामी गाउलेहरु सँग नजिकिएका थियौँ । गाउँले दाजुभाई दिदी बहिनी सबैले हामीलाई बिदा गरे । हामी पनि कामको व्यवस्तता सँगै पाइला अघि बढायौँ । बेतान तिर हिनेका हामीलाइै केहि गाउँलेहरुले त आधा बाटो सम्म पु¥याएर गए भने कोही हामी सँगै बेतान सम्मनै आए । बाटोमा विभिन्न प्राकृतिक मनोरम दृष्यहरुको अवलोकन गर्दै बाटो बाटोमा थकान मार्दै खोला खोल्सामा रहेको मुहानको पानी खाँदै दिनको करिव ३, ४ बजे तिर हामी बेतान आइपु¥यौँ । त्यहाँ एउटा सानो होटलमा खानको लागि पहिलेनै अर्डर दिएकाले खाना पनि तयारी थियो । सबै जनाले खाना खायौँ । र एकछिन आराम गरेर पुन आफ्नो काममा लाग्यौँ । विस्तारै साँझ पर्दै गयो पहिलेको जस्तै साथिहरु सबै मिलेर खाना आफै पकाएर लाग्यौँ । नजिकैको एउटा सानो घरमा हामी बस्यौँ ।


यात्राको पाँचौ दिन बिहानै हामी घर सर्वेको लागि हिन्यौ केहि साथिहरु खाना पकाउन लागे । खाना पकाइसकेपछि नजिकैको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा वालविवाह, छाउपडि प्रथा, पाठेघरको समस्या लगायतका कुराहरुको बारेमा जानकारी मुलक कक्षा सञ्चालन ग¥यौँ । जनचेतना मुलक नाटक पनि ग¥यौँ । विद्यालयको बारेमा शिक्षक शिक्षिकाहरु सँगको छलफलपछि हामी बस्ने घर तिर आयौँ र कामको व्यस्तताको कारण त्यहाँबाट हामी बिजौराको बाटो तर्फ लाग्यौँ । सडक भएपनि गाडिको अभावको कारणले हामी हिनेरै भएपनि आउने तयारी ग¥यौँ र त्यहाँबाट हिन्यौँ । सडकको बाटो तेति धेरै गाह्रो थिएन । खोला खोल्सा थिएन्न । हामी बाटोमा हिन्दै गर्दा गाडी आएपछि त्यसैमा जाने निर्णय गरेर अघि बढेका थियौँ । नभन्दै एउटा बस ठूलो स्वरले ह्रर्न बजाउदै घुइकिदै आयो । हामी बाटोमा हिनिरहेका थियौँ । उक्त बसलाई सरले रोकाउनु भयो र हामी त्यसैमा बिजौरा आयौँ । बिजौरा आइसकेपछि हामी श्री जगन्नाथ माध्यामिक विद्यालयमा बस्ने व्यवस्था मिलायौँ । त्यो दिन त्यहि विद्यालयमा बित्यो ।


यात्राको छैटौँ दिन हामिले पहिलेको जस्तो उक्त विद्यालयमा जनचेतना मुलक कक्षाहरु, नाटन देखायौँ । र त्यहाँको विद्यालयको बारेमा बुझेर हामी करिव १ बजे तिर गुठुको बाटो तिर लाग्यौँ । हामिलाई लिनको लागि एउटा माइक्रोबस आएको थियो र हामी त्यसैमा गुठु तिर लाग्यौ । केहि समयमा हामी गुठु पुग्यौँ र वडा नम्बर ८ मा रहेका एउटा सार्वजनिक घरमा बस्ने व्यवस्था मिलायौँ । त्यो दिननै हामीले त्यहाँको घर सर्वे गयौँ र त्यहाँको स्थानिय मिलन चोकमा स्थानियलाई जम्मा पारेर जनचेतना मुलक सडक नाटक, वालविवाह, छाउपडि प्रथा, पाठेघरको बारेमा जानकारी दियौँ । साँझ परिसकेको थियो हामी कार्यक्रम सकाएर बस्ने घर तर्फ लाग्यौँ । सबै साथिहरु मिलेर खाना पकाउन लाग्यौँ । करिव १० बजे तिर हामिले खाना खायौँ । अर्को दिन शिविरको समापन गर्ने कार्यक्रम थियो त्यसैको तयारीमा लाग्यौँ । वीरेन्द्रनगरबाट क्याम्पस प्रमुख डिन सरहरु पनि आउने कुरा थियो । सबैजना एकठाउँमा जम्मा भएर कार्यक्रमको सिकाई उपब्धिको बारेमा छलफल ग¥यौँ । समापनको दिन खसी खाने भन्ने निर्णाय ग¥यौँ । रात निकै अघि बढिसकेको थियो हामि करिव १ बजे तिर सबै काम सकाएर सुत्यौँ ।
यात्राको सातौँ दिन बेलुकाको योजना अनुसार हामी बिहानै देखि आ–आफ्नो काममा लाग्यौँ । विभिन्न कारणले गर्दा क्याम्पस प्रमुख डिन सरहरुको टोली नआउने भएपछि हामिले आफ्नो कार्यक्रमलाई अझ छोट्यायौँ । हामी हाम्रो सात दिन सम्मको सम्पूर्ण डाटाहरु लिएर गाउँपालिकाको कार्यालय तिर लाग्यौँ । त्यहाँ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै हुनुहुन्थ्यौँ । हामिले एकै छिन समय मिलाएर हाम्रो सम्पूर्ण डाटाहरु त्यहाँ प्रस्तुत ग¥यौँ । उहाँहरुले पनि आफनो विचार धारण राख्नुभयो । हामीले पनि आफ्नो धारण राखौँ । मैले ति सबै कुराहरुलाई आफ्नो क्यामरामा कैद गरिरहए । सबै काम सकाइसकेपछि हामिले त्यहाँ प्रमुख उपप्रमुहरु सहितको एक सामुहिक तस्विर पनि खिच्यौँ । त्यसपछि हामी त्यहाँबाट बिदाइ भएर बस्ने ठाउँ तर्फ लाग्यौँ । केहि साथिहरुले खसिको मासुसहितको खाना पकाइरहेका थिए । सबै जना तल आयौँ र खाना खायौँ । खाना खाइसकेपछि हामीले सबै सामानहरु तयारी बनाउन तर्फ लाग्यौ । सबैले आ–आफ्नो सामान तयारी बनाए । खाना खाइसकेपछि केहिसाथीहरुले भाँडा कुडाहरु सफा गरे भेने केहि साथिहरुले बसेको ठाउँवरपर सफा गरे । हाम्रो लागि भनेर एउटा बस नजिकै आइसकेको थियो । साथिहरुले बसमा सामानहरु राखे त्यहाँको सबै काम सकाएर त्यहाँबाट हामी वीरेन्द्रनगर तर्फको बाटो तिर लाग्यौँ । मनमा कता कता नरमाइलो पनि लागिरहेको थियो । रमाइलो पनि लागिरहेको थियो । वेलालेलामा केहि साथिहरु त केहि दिन यतै बसै भनिरहेका थिए । तर हामिले जसरी भएपनि आउनुपर्ने थियो । हामी त्यहाँबाट दिउसोको करिव ४ बजेतिर त्यहाँबाट वीरेन्द्रनगर तर्फ लाग्यौ । सडकको घुम्ती घुम्ती पार गर्दै गाडि अघि बढिरहेको थियो । हामीपनी गाउँदै नाच्दै रमाउदै हामी उत्साहाका साथ अघि बढिरहेका थियो । जब हामी वीरेन्द्रनगरमा प्रवेश ग¥यौँ । कता कता नरमाइलो लाग्यो साँझपरेकाले साथिहरु बाटो बाटै आ–आफ्नो घर तर्फ लागे त्यसैक्रममा मेरो घर पनि बाटोमानै भएकाले म पनि बाटोमानै झरे केही साथिहरु सरहरुसँगै क्याम्पसमा नै पुगे । त्यहाँ भएको सामानहरु सबै क्याम्पसमा छोडेर आ–आफ्नो घर तर्फ लागे । यसरी साथिहरु सँग यसरी शिविरमा जानु मेरोलागि भने पहिलो पटक थियो । मनमा केहि अनुभव बटुलिएको छ । हरेक कुराहरुको अहिलेपनि उत्तिकै मात्रामा झ झल्को आइरहेको छ । यसरी तमाम रुपमा रहेका कर्णाली प्रदेशमा रहेका पर्यटनका सम्भावनाहरु बोकेका क्षेत्रहरुको सम्भावनाहरुलाई उजागर गर्न सकिन्छ भन्ने आसा पलाएको छ ।