Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

चीनबाट फैलिएको ‘कोरोना’ र नेपालबाट फैलिएको ‘नमस्कार’

मानव जीवनलाई प्रभावित पार्ने विभिन्न रोगहरु प्रायः जसो जनावरबाट फैलिने गर्दछन् । जनावरसँगको सामिप्यताका कारण आँखाले देख्न नसकिने विभिन्न भाइरसहरु मानव जीवनमा सर्ने गर्दछन् र मानव–मानव बीचबाट एक अर्कामा सरेर आतंक मच्चाउने गर्दछन् । यस्ता भाइरसहरुले मानव जीवनमा ठूलो हलचल मच्चाउने गर्दछन् । यस्तै एउटा भाइरसका कारण अहिले विश्व मानव समुदाय नै आतंकित भइरहेको छ । चीनबाट फैलिएको कोरोना भाइरसले मानव जीवनलाई तहसनहस पारिरहेको छ । धेरैले ज्यान नै गुमाइसकेका छन् भने धेरै संख्यामा विरामी परिरहेका छन् । अहिलेको विश्व कोरोनाबाट आक्रान्त बनेको छ । यसको रोकथाम तथा नियन्त्रणका उपायहरु पनि भइरहेका छन् ।

लक्ष्मी खनाल

कोरोना जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिनु आवश्यक छ । कोरोनाको उद्गमस्थल उत्तरी छिमेकी चीन र नेपालसँग खुला नाका रहेको दक्षिणको छिमेकी भारतबाट मात्र होइन तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्नेहरुबाट पनि कोरोना नेपाल आउन सक्ने भएकोले स्वयम् नागरिक तथा राज्यका विभिन्न संयन्त्रहरुले पनि यस बारेमा सर्तकता अपनाउन जरुरी छ ।

कोरोनाको कारण सर्वसाधारणमा फैलिएको त्रासको फाइदा उठाउँदै कालो बजारी गर्नेहरुलाई हदैसम्मको कारवाही गर्नु आवश्यक छ । विपदको समयमा सरकार संयन्त्रदेखि आम सर्वसाधारणहरुलाई सहयोग गर्नुको साटो कालोबजारी गरेर लुट्ने चेष्टा गर्नेहरुलाई कुनैपनि हालतमा सरकारीले माफी दिनु हुँदैन । नेपालको समग्र स्वास्थ्य प्रणाली पनि अपेक्षित मात्रामा सबल नहुँदा आम मानिसमा यस भाइरसलाई लिएर त्रास फैलिएको देखिन्छ । आवश्यक सूचना र सचेतनाको अभावमा मानिसहरुमा यो रोगसँग सम्बन्धित थुप्रै भ्रमपनि व्याप्त छन् । यस्ता भ्रम छर्नेहरुको कारणले पनि आवश्यक भन्दा बढि सामग्रीहरुको जोहो गरेर राख्ने भएकोले बजारमा उपभोग्य वस्तुहरुको अभाव हुन जाने भएकोले त्यसतर्फ सर्वसाधारणहरु पनि सचेत हुनु जरुरी छ ।

चिकित्सकहरुका अनुसार सामान्यतया संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा निस्कने खकार जन्य पदार्थहरु नजिकै रहेको व्याक्तिले स्वाश्प्रश्वाश मार्फत ग्रहण गर्दा यो भाइरस सर्ने गर्दछ । त्यसगरी संक्रमित व्यक्तिको शरीरबाट निस्केको विभिन्न खाले तरल पदार्थ रहेको रुमाल कपडा लगायतका समानबाट पनि सर्ने खतरा रहन्छ । संक्रमित व्यक्ति वा उसको शरीरबाट निस्केको तरल पदार्थ नाङ्गो हातले छोई, हात सफा नगरी नाक, कान, आँखा वा मुखमा हात लैजादा पनि यो भाइरस सर्ने गर्दछ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्याक्ति अलिक छिट्टै संक्रिमत हुने खतरा पनि रहन्छ । त्यसैले खानपिनमा समेत विशेष ध्यान दिनु जरुरी छ ।

बेलैमा सावधानी अपनाउन सके यसको संक्रमणबाट जोगिन सकिने भएकोले पनि त्यता तर्फ ध्यान दिन जरुरी छ । चिकित्सकहरूले संक्रमणबाट बच्नका लागि घरबाट बाहिर सार्वजनिक यातायात एवम् भीडभाड एवम् कार्यस्थलमा जाँदा पञ्जा, मास्क आदिको प्रयोग गर्न सुझाव दिइसकेका छन् । त्यस्तै नियमित स्वस्थ, स्वच्छ शरीरका साथै घरायसी प्रयोगका सामानको नियमित सरसफाइ गर्नु आवश्यक छ ।

हिन्दु वैदिक समाजका साथसाथै बौद्ध, किरात, जैन र बोन सबै ओमकार धर्मालम्वीहरुको साझा संस्कार हो नमस्कार । हाम्रा मौलिक धर्म र समाजहरुलाई जोढने एक प्रमुख संस्कार समेत हो ‘नमस्कार’ । वैदिक परम्परामा भगवानको स्तुति गर्नमा होस वा सामाजिक चालचलनमा यसको विशिष्ट पहिचान छ । जुनसुकै हिन्दु धार्मिक अनुष्ठानहरु पनि नमस्कार बाट नै सुरुवात हुने गर्दछ । किटानीका साथ भन्न सकिन्छ कि भगवानको स्तुति नमस्कार विना असम्भव नै छ । आज विश्वमा नै नमस्कार अर्थात नमस्ते गर्ने चलन विश्वव्यापी बन्दै गएको छ । यसको वैज्ञानिक तथा आधात्मिक महत्वका कारण दिन प्रतीदिन यसको महत्व झन झन बढदै गएको छ । नमस्कार गर्दा जो कोहि पनि प्रशन्न भई गर्दछन जुन सामाजिक मयार्दा, र सम्मानको प्रयाय हो ।

नमस्ते तथा नमस्कार विचको भिन्नता – नमस्ते र नमस्कार एक आपसमा पर्यावाची शब्द हुन तथापी यसमा केहि शाब्दिक भिन्नता रहेको छ । व्याकरणको दृष्टिकोणमा नमस्ते एकवचन हो भने नमस्कार बहुवचन हो । नमस्ते सामान्यतया आफु समानको व्यक्तिलाई गरिन्छ भने नमस्कार आफुभन्दा ठुला भगवान, गुरुजन र अभिभावक तथा सम्मानित व्यक्तिलाई गरिन्छ । नमस्कारको सांस्कृतिक अर्थ – नमस्ते र नमस्कार दुबै शब्द नम शब्दबाट आएको हो जसको अर्थ हुन्छ नमन गर्नु अर्थात झुक्नु वा सम्मान गर्नु ।

हिन्दु सनातनी परम्परा अनुसार प्रत्येक व्यक्तिको हृदयमा ईश्वरको वास हुन्छ । तसर्थ एक व्यक्तिले अर्को व्यक्ति संग भेटदा नमस्कार गर्नुको अर्थ तपाई भित्रको ईश्वरलाई नमन गर्दछु भन्ने अर्थ लाग्दछ । अर्थात नमस्ते वा नमस्कार गर्दा हामी यो विचार राख्दछौँ कि तपाई म भन्दा सर्वश्रेष्ठ हुनुहुन्छ, म हजुरको सम्मान गर्दछु भन्ने जस्तो अर्थ लाग्दछ । नमस्कार शब्दको यस्तो गहिरो सामाजिक तथा संस्कृतिक रहस्य भएर नै होला जब हामी कसैसंग नमस्कार गरेर बोल्न थाल्दछौ तव हामीभित्रको क्रोधपना त्यत्तिकै हरायर जान्छ र हामी मित्रवत व्यवहार गर्न पुग्दछौ । यस्तो महान भावले युक्त नमस्कार पद्धतीकै कारण हाम्रो व्यवहारमा दया, क्षमा र विनय गुण व्याप्त रहेको छ । आधात्मिक महत्व – आधात्मिक दृष्टिकोणक अनुसार दायाँ हात आचार र बायाँ हात बिचार अर्थात दर्शनको प्रतिकको रुपमा मानिन्छ । नमस्कार गर्ने क्रममा दुबै हात एक आपसमा जोडिन्छ । मानव शरिरमा नकारात्मक र सकारात्मक दुबै तत्व हुन्छ । जब हामि मुस्कुराएर नमस्कार गर्दछौ तव हाम्रो शरिरमा सकारात्मक उर्जाको संचार हुन्छ । नमस्कार गर्दाको समयमा हामिले आशिर्वाद पनि ग्रहण गरिरहेका हुन्छौ जसले आधात्मिक विकासमा सहयोग गर्दछ । नमस्कारको वैज्ञानिक महत्व – आधात्मिक तथा सांस्कृतिक महत्व जस्तै यसको वैज्ञानिक महत्व पनि त्यत्तिकै रहेको छ ।

जब हामी मुस्कुराएर नमस्ते अर्थात नमस्कार गर्छौ तव हाम्रो शरिरमा सकारात्मक उर्जा प्रवाह त हुने नै भयो यसका साथसाथै यसले मस्तिष्क तथा हृदयमा समेत अत्यन्त सकारात्मक संचार गर्दछ । नमस्कार गर्दाको समयमा हाम्रो दुबै हातको औलाहरुमा भएको हृदय चक्र र आज्ञा चक्र एक आपसमा मिल्दछन, जुन सिधै मस्तिष्क संग जोडिएको हुन्छ । नमस्कार गर्दाको समयमा दुबै हातका हृदय चक्र र आज्ञा चक्रहरु एक आपसमा मिलन भई मस्तिष्कको स्मरण शक्ति बढाउने हर्मोन हरु सक्रिय भई हाम्रो भेट लाई स्मरणीय बनाइदिन्छ, नबिर्सने बनाइदिन्छ ।

नमस्कारको प्रकार – सामान्यतया नमस्कार तिन प्रकारका रहेका छन । १. सामान्य नमस्कार : कुनै व्यक्ति लाई भेटदा सामान्य तवरले दुबै हात जोडि, हल्का शिर झुकाएर केहि सेकेण्ड समयको लागी आखाँ समेत बन्द गरि गरिने नमस्कार नै सामान्य नमस्कार हो । २. पद नमस्कार : परिवारका मान्यजन, गुरु वर्ग तथा आमा बुबा, गुरु आदिको पाउँसमेत छोई गरिने नमस्कार नै पद नमस्कार हो । ३. साष्टागं नमस्कार : यसलाई दण्डवत नमस्कार पनि भनिन्छ । यस्तो प्रकारको नमस्कार केवल भगवानको शरणमा मात्र गरिन्छ । अतः नमस्कार गर्ने परम्पराको सांस्कृतिक महत्व, मनोवैज्ञानिक महत्व तथा वैज्ञानिक महत्य अत्यन्त सुन्दर छ । नेपाली तथा हिन्दु संस्कारको गहनाको रुपमा रहेको नमस्कार परम्परा शदियाँै पहिलेदखी चलिआएको हाम्रो मौलिक पहिचान हो । यसको प्रयोग तथा जगेर्ना हाम्रो कतव्य हो ।

मिलाएर नमस्ते गर्दा दुवै हात अनाहत चक्रमा राखिन्छ, आँखा बन्द गरिन्छ अनि शिरलाई झुकाइन्छ । हातलाई हृदय चक्रमा ल्याएर दैवी प्रेमको बहाव ल्याउन सकिन्छ । नमस्कार गर्दा शिर झुकाउने र आँखा बन्द गर्ने भनेको हृदयमा विराजमान ईश्वरप्रति आफैंलाई सुम्पिने काम हो ।

Image result for namaskar

तपाईंलाई साह्रै रिस उठ्यो भने तत्कालै रिस उठेको मानिसलाई नमस्कार गरिदिनुस् । दुवै हात जोडिनेबित्तिकै रिस मरिहाल्छ । अनि अर्को मानिस पनि तपाईंको नमस्ते देखेर तपाईंमाथि रिस प्रकट गर्न सक्दैन । हात जोडेर नमस्ते गर्दा तपाईंका औंला थिचिन्छन् र तिनलाई जोडिराख्दा हृदयचक्र र आज्ञाचक्र सक्रिय हुन्छन् । यसले आत्मिक जागरण गराउँछ अनि तपाईंको मन शान्त हुन्छ र अनुहारमा मुस्कार छरिन्छ ।

नमस्कार धेरै प्रचलित अनि हरबखत प्रयोग हुने शब्द हो । कसैले नमस्कार भन्ने बित्तिकै नमस्कार थाप्ने व्यक्तिले स्वतः कुरा बुझ्छ । किन कर्ता, कर्म, क्रिया नलगाई नमस्कार गरिस् ? भनेर रिसाउँदनैन ।

नमस्कारको सामान्य शाब्दिक अर्थ अभिवादन हो र यसभन्दा बढी अरु पनि हो तर स्थान, समय, परिस्थिति अनुसार यसका विविध अर्थ हुन सक्छन् । यसका कायिक, वाचिक र मानसिक अर्थहरु सामयिक र पारिस्थितिक हुन्छन् । नमस्कारको एउटा ढिकुटी विद्यालय हो । अर्थगत रूपमा प्रथमिक तह र निम्न माध्यमिक तहका विद्यार्थीहरुको नमस्कार अभिधात्मक हुन्छ भने माध्यमिक तहभन्दा माथि यसको अर्थ अभिधात्मक र व्यञ्जनात्मक दुबै हुन्छ, तर तुलनात्मक रूपमा व्यञ्जनात्मक अर्थ बोकेको नमस्कारको प्रयोग अत्यधिक मात्रामा भएको पाइन्छ ।

पश्चिमा देशहरुबाट भित्रिएको हात मिलाउने चलन पनि कोरोना सर्ने माध्यम हो । त्यसैले अभिवादनको रुपमा प्रयोग गरिने हाम्रो संस्कृति ‘नमस्कार’ नै प्रयोग गर्नु आवश्यक छ । कोरोनाको संक्रमण फैलिएसँगै अधिकांश पश्चिमा देशहरुमा समेत नमस्कार मार्फत अभिवादन गर्न थालिएको छ । यसले के पनि पुष्टि हुन्छ भने हिन्दु समाजमा भएको नमस्कार वैज्ञानिक छ । हाम्रा पूर्खाहरुले बसालेका अधिकांश चालचलन र संस्कृतिहरु वैज्ञानिक छन् ।

केही समय अघि मात्र अमेरिका राष्ट्रपतिको भारत भ्रमणमा उनको स्वागतका लागि ‘नमस्ते ट्रम्प’ नामक कार्यक्रमको आयोजना गरियो । यसैगरि गण्डकी प्रदेश सरकारले गतवर्ष आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पर्यटक लक्षित नमस्ते अभियान घोषणा गरेको थियो । अहिले विश्वमा नै कोरोना भाइरस–कोभिड–१९० को संक्रमणबाट जोगिने सन्दर्भमा नमस्ते वा नमस्कार शब्दको चर्चा र यसको कार्यान्वयन हुने गरेको छ ।

विगतमा भेट्दा हात मिलाउने साथीभाइ पनि एकापसमा भेट्दा दुई हात जोडेर नमस्ते गर्ने गरेका छन् । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा सामाजिक सञ्जाल र विभिन्न चिकित्सकले अन्तर्वार्तामा भन्ने गरिएको संक्रमणबाट जोगिनका लागि कोही कसैसँग हात नमिलाएर नमस्ते गरौँ भन्ने सुझाव यतिखेर जनस्तरबाटै कार्यान्वयन हुन थाल्नु खुसीको कुरा हो ।

सामाजिक संघसंस्थाले पनि यतिखेर सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । व्यक्ति–व्यक्ति होस् वा समूह अहिले एकापसमा हात मिलाएर हैन नमस्ते गरौँ भन्ने भावना पनि जागृत हुँदै गएको छ । साथीभाइ भेटघाटमा हात मिलाउने, अङ्कमाल गर्ने जस्ता कुरालाई त्याग्दै नमस्कार गरेर अभिवादन बानी बसालौं । आजको सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित लेख ।