Loading... आजः १५ बैशाख २०८३, मंगलवार । Tuesday 28th April 2026
ताजा खबर
  

बाढीपहिरोले हुम्लाका ३ गाँउमा आवतजावत गर्न समस्या

हुम्ला |

बाढिपहिरोले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका लिमिका ३ गाउँमा बाढीपहिरोले बाटो अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आएको बाढीले लिमीका तिल,जाङ, हल्जी गाउँ आवतजावत गर्ने बाटो अवरुद्ध भएको हो ।

न्यालुदेखि टुम्लिङसम्म आवतजावत गर्ने बाटो बाढीपहिरोले अवरुद्ध बनाएपछि समस्या भएको नाम्खा गाउँपालिका–६ हल्जीका स्थानीय कन्जोक फुरुबु तामाङले जानकारी दिए ।

खोलाको बहाव बढेपछि आफूहरूलाई गाउँपालिका कार्यालय र सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या भएको तामाङले बताए ।
बाढी र पहिरोले बाटो बन्द गरेपछि आफूहरू हिल्सा हुँदै आउन बाध्य भएको नाम्खा ६ तिल गाउँका अर्का स्थानीय ठिले लामाले गुनासो गरे ।

न्यालु हुँदै आवतजावत गर्ने बाटो बाढीपहिरोले बन्द गरेपछि पालिकाको गाउँसभाका लागि याल्वाङ कार्यालयसम्म पुग्न समस्या भएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

बाढीपहिरोले खोला तर्न समस्या भएपछि हिल्सा हुँदै नारा लेख काटेर गाउँपालिका कार्यालय पुगेको वडाध्यक्ष तामाङको भनाइ छ ।