Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

नेपालमा फेला प¥यो सुनौलो कछुवा

काठमाडौँ  |

नेपालमा सुनौलो कछुवा फेला परेको छ । प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा सुनौलो कछुवा दुुई वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका छन् । सन् २०१८ को अप्रिल १४ का दिन पहिलो पल्ट यो देखिएको थियो ।

नेपालमा फेला प¥यो सुनौलो कछुवा

यस कछुवाको वैज्ञानिक नाम लिसाइमा पौङ्टाटा एन्डरसोनी हो । यस प्रजातिको कछुवाको प्रायजसो रङ हरियोमा केही पहेँला धब्बा भएका हुन्छन् । नयाँ फेला परेको कछुवा पूरै सुनौलो रङको छ । त्यसैले यसको नेपाली नाम नै सुनौलो कछुवा भनेर राखिएको छ ।

सर्प प्रजातिको अध्ययन गर्ने क्रममा अध्येता कमल देवकोटा, देवनारायण मण्डल सहितका टोलीले कछुवा फेला पारेको हो । उहाँहरूले विश्वभर पाइने प्रजातिको अध्ययनपछि यो नयाँ कछुवा भएको ठम्याउँँदै अध्ययन पत्र तयार गर्नुभयो । नेपालमा सुनौलो रङ भएको कछुवा पहिलोपल्ट अभिलेख भएको पुष्टि गर्दै हर्पेटो नोट्समा यही ६ अगस्ट २०२० मा अध्ययन प्रतिवेदनका रूपमा छापिएको छ । नयाँ कछुवाका बारेमा देवकोटा र मण्डलसहित हेनरिच कैसरले संयुक्त रूपमा अध्ययन प्रतिवेदन तयार पार्नुभएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।