संसारभर ७७ करोडबढि मानिस सामान्य लेखपढ गर्ने सिपबाट बञ्चीत
काठमडौं ।
आधूनिक विश्वमा शिक्षा अनि साक्षरतालाई आधारभूत मानव अधिकारसँग जोडेर हेर्ने गरिएपनि संसारभर करिब ७७ करोड बढि मान्छेहरु सामान्य लेखपढ गर्ने सिप नभएको अध्यनहरुले देखाएको छ । नेपालमा पनि हरेक उमेरसमुहका कोही न कोही असाक्षर सजिलै भेटिन्छन् ।
सामान्य अक्षर चिनेर लेखपढ गर्न र अङ्कहरु अनि सामान्य हिसाब बुझ्न पाउनु सबैको मौलिक अधिकार भएपनि कागजका पानाहरुबाट बाहिर आएर वास्तविक जीवनशैलीमा साकार भएर आउन आवश्यक छ ।
साक्षरताको ग्लोवल मनिटरिग रिपोर्टका अनुसार संसारका प्रत्येक ५ मध्ये एकजना पुरुष र दुई तिहाई महिलाहरु अझैपनि असाक्षर छन र अझ्झ धेरैको अत्यन्त न्यूनस्तरको साक्षरता सीपहरु छन् । धेरै जना बालबालिकाहरु अझैपनि विधालय जान पाउँदैनन र पाउनेहरु पनि दैनिक विधालय जान सक्दैनन, पश्चिमी र दक्षिणी एसीया लगायतका देशहरु साक्षरता दरमा अझै कमजोर देखिन्छन ।
कोरोना भाइरसको कारण यो वर्ष नेपाल समेत विश्वका धेरै राष्ट्रहरुमा विद्यालय खुल्न सकेका छैनन् । केहि विधालयले अनलाइन कक्षाको रुपमा विद्यार्थीहरुलाई पढाइरहेका छन् भने धेरैजसो विद्यालयमा पठनपाठन ठप्प छ । डिजिटल शिक्षामा त्यति धेरै अगाडी नहुँदा नेपालको धेरै विद्यार्थीहरुले यो महामारीको कारण शिक्षाबाट टाढा रहनु परेको छ । हाम्रो संसारबाट यो भाइरस चाडै हटेर जाओस्, विद्यालय फेरी संचालन हुन्, पठनपाठन छिट्टै शुरु होस्, हाम्रो कामना ।
सेप्टेम्बर ८, अर्थात विश्व साक्षरता दिवस । सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको हो। विश्वभरिका विधालय, समूदाय र संस्थाहरुले साक्षरताकालागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वस्फूर्त रुपमा मनाउने गर्दछन् । सबैजना साक्षर हुनु सबैजनाको दायित्व हो, नेपालको परिपेक्ष्यमा डिजीटल यूग अनि त्यसको उपयोगीताको प्रयोग गरेर डिजीटल शिक्षा अनि साक्षरताकालागि जनजागरण अझै अपुग्दग्दो छ ।
हातहातमा भएका मोबाईल अनि घरघरका ईन्टरनेटहरु शिक्षा र साक्षरता भन्दा पनि नचाहिंदा सञ्चार अनि समय व्यति तगर्ने फजुल माध्यम मात्र बन्न हुँदैन ।लेखिने अक्षरहरु र अकंहरुको महत्व एकदमै धेरै र अतुलनिय छ, विकसित समाजको परिकल्पना यी अक्षर र अङ्क हरुसँग सबैजना मानवको परिचय नगराइकन संभव पक्कै पनि छैन । साक्षरताले मानवको परिचय र उस्को संस्कारलाई अझै बृद्धी गर्दछ । अक्षर र अङ्कको महत्व अनि शिक्षाको उज्यालो मानवकालागि एकदमै जरुरी छ, आज यदि हामीमा अक्षरको ज्ञान नभएको भए लेख्नेले लेख्न र पढ्नले पढ्न नसक्ने भए यो साक्षरता दिवसको पृष्ठभूमी हाम्रो पात्रोमा न त लेखिने थियो न पढिने थियो, अक्षरले भावना र जानकारी दर्शाउँदछ र अङ्कले तथ्य अनि सम्बन्ध दर्शाउदछ ।
नेपालमा पौढ शिक्षालगायतका कार्यक्रमहरुलाई पनि निरन्तरता दिन जरुरी छ किनभने चाहे बालक होस या बृद्ध, शिक्षा सबैलाई जरुरी छ ।
खरिपाटी अनि धुलोपाटीमा अक्षर कोरेर अक्षर उक्काउन जानेका देखि कालो पाटी अनि स्लेटसम्म प्रयोग गरेका पुस्ताहरु, भित्तामा झुण्ड्याएका चार्टमा कबाट कछुवा पढेका देखि कमप्यूटरमा अक्षर चिनेका पुस्तासम्म नेपाली समाजले देखेको छ तर फेरि पढ्न नजानेका अनि विधालय जानसम्म धौ धौ पुस्ताहरु लगायत अक्षरनै नचिन्ने अनि औंठाछाप लगाउनपर्ने ब्यक्तिहरुपनि यहि समाजमा छौं ।
उनिहरुलाई हामीले आफ्नो तर्फबाट के गरि साक्षरसम्म बनाउन सक्दछौं चाहे अक्षरमालाका पुस्तकहरु पढाएर या निःशुल्क दैनिक पढाइदिएर वा पढ्ने वातावरण श्रृजना गरेर स्कूलसम्म उनिहरुलाई पु¥याइदिएर नै हुनसक्छ, सबैलाई साक्षर बनाउनु सबैको दायित्व हो । साक्षरता प्रति सबैको दायित्व बोध होस् । ‘शिक्षा धनं सर्वप्रधानम’ (स्रोत : हाम्रोपात्रो)






