Loading... आजः १४ माघ २०७७, बुधबार । Wednesday 27th January 2021

कम्यूनिष्ट आन्दोलन र उखरमाउलो नेकपा

कुनै समयमा नेपाली काँग्रेसले एउटा नारा बनाएको थियो ‘एमालेका तीनटा काम, ढुङ्गामुढा चक्काजाम’ । नेपाली काँग्रेसले नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना पश्चात निकै लामो समयसम्म शासन ग¥यो । उसले नेपालमा शासन गर्ने क्रममा गरेका हर्कतका विरुद्धमा जबसम्म चक्काजाम भएन तबसम्म सुन्दै नसुन्ने प्रबृतिको विकास गरेकोले पनि तत्कालिन एमालेले ती तीनवटा कार्यहरु गरेको हुनुपर्छ ।
जब नेपालमा बहुदलीय व्यवस्थापनको पुर्नस्थापना भयो तब दक्षिणपन्थी र वामपन्थीहरु दुई कित्तामा उभिए । त्यसरी दुई कित्तामा उभिने क्रममा दक्षिणपन्थी अर्थात काँग्रेस एकातिर भयो भने वामपन्थी अर्थात कम्यूनिष्टहरु तितरबितर भए । जसको कारण कम्यूनिष्टको भन्दा पनि थोरै मत हुँदाहुँदै पनि काँग्रेसले सत्ता संचालन गर्ने मौका पायो । त्यस अवसरमा नेपाली काँग्रेसले जनताको मन जित्नु भन्दा पनि आफ्नै पार्टीका नेता कार्यकर्ताको मन जित्न सकेन । जनताले काँग्रेसलाई नपत्याएका होइनन् । तर आफ्नै पार्टी भित्रको आन्तरिक कलहको कारणले काँग्रेसले पटक – पटक धोका खाएको हो ।

खगेन्द्र अधिकारी ‘अमृत’

पछिल्लो समयमा नेपाली जनताले कम्यूनिष्ट माथि विश्वास गरे । आखिर को हुन् त कम्यूनिष्ट ? कम्यूनिष्ट आन्दोलनको कुरा गर्दा यसलाई एउटा सामान्य राजनीतिक घेरामा मात्र राखेर हेर्नु कदापी उचित हँुदैन । कम्यूनिष्ट आन्दोलन भनेको बुर्जुवा राजनीति जस्तो आवधिक निर्वाचनहरू गर्ने, सरकार गठन गर्ने र त्यही सिलसिलालाई दोह¥याइ राख्ने जस्तो मात्र पनि होइन । कम्यूनिष्ट आन्दोलन भनेको मानवद्वारा मानवमाथि हुने सबैखाले शोषण, दमन र उत्पीडनलाई अन्त्य गर्नका लागि आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको आन्दोलनलाई निरन्तर अगाडि बढाउने अभियान हो । त्यसैले कम्यूनिष्ट आन्दोलनको गर्भमा नै कम्यूनिष्ट पार्टीको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गर्दै, समाजवाद र साम्यवादसम्म मानव समाजलाई पु¥याउने निर्दिष्ट लक्ष्य रहेको हुन्छ । यसर्थ, कम्यूनिष्ट आन्दोलन समाज परिवर्तनका लागि गरिने एउटा लामो अभियान हो ।

यही आन्दोलनका क्रममा २०५२ सालदेखि माओवादी आन्दोलन भएको थियो भन्दा अक्तियुक्ती नहोला । किनकी नेपालका कम्यूनिष्टहरुलाई आजको अवस्था ल्याउनका लागि माओवादी आन्दोलन अपरिहार्य थियो । यदि माओवादी आन्दोलन नभएको हुँदो हो त आज फेरि २०१७ साल दोहोरिएको पनि हुन सक्थ्यो । जुन छनक राजा ज्ञानेन्द्रले नल्याएका पनि होइनन् । त्यसैले गहिरिएर अध्ययन गर्ने हो र कम्यूनिष्टको जगको इतिहासलाई कोट्याउने भने हो माओवादी आन्दोलन समय सापेक्ष थियो भन्नै पर्छ । हो आन्दोलनमा सोझा सिधा जनताले दुःख पाए । धेरैले ज्यान गुमाए । आन्दोलन भनेको मर्न र मार्नका लागि समेत हुने भएकोले त्यसो भएको हो । के नेपालमा भएका अन्य राजनीतिक आन्दोलनमा कुनै जन धनको क्षति भएको छैन त ?

तत्कालिन माओवादी सहित आठ पार्टीहरु मिलेर बनेको गठबन्धनका कारण आज देशमा गणतन्त्र छ । संघीयता छ र लोकतन्त्र छ । देशले आज जनताका प्रतिनिधिहरुबाट बनेको संविधान पाएको छ । यसैक्रममा देशमा भएको निर्वाचनबाट इतिहासमै पहिलो पटक झण्डै दुईतिहाइ नजिक पुग्ने गरि कम्यूनिष्टहरुले सरकार गठन गरेका छन् । त्यो पनि तत्कालिन एमाले र माओवादीको एकिकरणले सम्भव भएको हो । अब त देशमा स्थायी शान्ति आउँछ भन्नेमा जनतालाई विश्वास लागेको थियो भने ५ वर्षको पूर्ण कार्यकालका लागि सरकार बनेको आभाष भइरहेको थियो । यस्तो अवस्थामा पुनः पार्टी भित्रै वैचारिक विचलन आउनु पक्कै पनि राम्रो संकेत होइन । चाहे केन्द्रिय सरकार होस् चाहे प्रादेशिक । जसले कम्यूनिष्ट भित्र विचलन ल्याउने र फेरि जुट र गुटको रुपमा लैजाने भएकोले कम्यूनिष्ट आन्दोलनले न लक्ष्य भेटाउने सम्भावना छ न उद्देश्य नै प्राप्ति गर्ने । त्यसैले अहिले अवस्थामा वैचारिक रुपमा आन्तरिक कहल गर्ने समय होइन ।

हिजोका दिनमा भएको टुटफुटको कारण कम्यूनिष्ट आन्दोलन बीचमै तुहिएको कुरालाई मध्यनजर नगर्ने हो र इतिहासबाट पाठ नसिक्ने हो भने अहिले बजारमा आएको हल्ला जस्तै कम्यूनिष्टहरु फुट्ने निश्चित छ । जसले गर्दा देशले विकासको गतिको त के कुरा जनताले चाहेको स्थायी शान्तिमा समेत खलल हुनेछ । फेरिपनि गुणात्मक रुपमा र संख्यात्मक रुपमा कम्यूनिष्ट सानो आकारमा खुम्चिने छन् । जसको फाइदा उठाउन टाउको तन्काउँनेहरुको कमी छैन भन्ने कुरालाई कम्यूनिष्टको नेतृत्व तहले किन बुझ्न सकेको छैन ।

०६ सालमा गठन भएको कम्यूनिष्ट पार्टी तेस्रो महाधिवशन (२०१९) सम्म एकजुट भएर रहन सक्यो । तेस्रो महाधिवशनसँगै पार्टीमा टुटफुट र विभाजन हुने क्रम सुरु भयो र आजपरान्त जारी नै रहेको अवस्था छ । यहाँसम्म आइपुग्दा कम्यूनिष्ट पार्टी नामाकरण गरेका र पार्टीको नाम कम्यूनिष्ट पार्टी नराखे पनि कम्यूनिष्ट भन्न चाहने पार्टीको संख्या दुई दर्जन भन्दा बढि छ । विगतमा कम्यूनिष्ट आन्दोलन र पार्टीहरूलाई एकता र ध्रुवीकरणको सूत्रमा बाँध्ने प्रयत्न र कार्यहरू पनि भएको देखिन्छ । तर, त्यसबाट अपेक्षित सफलता र सकारात्मक परिणाम निस्कन नसकेको प्रष्ट छ । जसको कारण नातावाद, कृपावाद, सत्ता, शक्ति र स्वार्थ नै हो ।

कम्यूनिष्ट आन्दोलन र पार्टीले वर्गसंघर्षको सिद्धान्तलाई अंगीकार गरेर शोषित, उत्पीडित वर्गको हित र मुक्तिका पक्षमा नेतृत्वदायी भूमिका खेल्दै, आन्दोलन र संघर्षलाई अगाडि बढाउनु पर्दछ । तर, नेपालमा आपूmलाई कम्यूनिष्ट वा वामपन्थी पार्टी बताउने र दाबी गर्नेहरूले वर्गविरोध र वर्गसंघर्षको सिद्धान्त र नीतिलाई तिलाञ्जली दिँदै, वर्गसमन्वयको बाटो अपनाइरहेका छन् ।

विगतका दिनमा संसददेखि सडकसम्ममा हुने आरोप प्रत्यारोपलाई बिर्सने बाचा गरेकाहरु आज आ–आफ्ना हनुमानहरुमा लगाएर एक अर्काको विरोध गर्दैछन् किन ? उक पक्षले नेकपा ओली कमरेडको पेवा हो भनिरहँदा अर्को पक्षले प्रचण्डको पेवा हो र ? भन्ने प्रश्न तेस्र्याउनु कम्यूनिष्टको हितमा छैन भन्ने कुराको विश्लेषण गर्नु पर्छ कि पर्दैन ?

आज इतिहासको एउटा महत्वपूर्ण परिघटनाले नेपालका सच्चा कम्युनिस्टहरुलाई परिक्षणको कठघरामा उभ्याएको छ । तसर्थ अब सच्चा कम्यूनिष्ट पार्टीको विधि र विधान बमोजिम संचालन भएर अगाडि बढ्नुको विकल्प छैन भन्ने कुरालाई आत्मसात गर्न आवश्यक छ ।

नेपालमा सशक्त कम्यूनिष्ट पार्टीको निर्माण भइसकेको छ । यसलाई गन्तव्यमा पु¥याउनका लागि विगतमा भएका भन्दा उच्चढंगले, वैचारिक–राजनीतिक र संगठनात्मक पाटोमा समेत नयाँ किसिमबाट विश्लेषण गर्दै नेकपा अगाडि बढ्नु पर्छ । नीति एवं कार्यक्रमलाई आत्मसात र कार्यान्वयन गर्ने विषयलाई केन्द्रबिन्दुमा राखेर विभिन्न पार्टी तथा समूहहरूमा छरिएर रहेका सच्चा र इमानदार क्रान्तिकारी व्यक्ति एवं व्यक्तित्वहरूलाई समेत समेटेर लैजानु पर्दछ । संख्यात्मक रुपमा ठूलो पार्टी भएकोले अहिले यो उखरमाउलो नगर्दा राम्रो होला ।

नत्र भोली फेरि टाउकोमा हात राखेर पछुताउनु शिवाय केही हात लाग्ने छैन । भरखरै सम्पन्न भएको अमेरिकाको राष्ट्रपतिको निर्वाचनले समेत यही पाठ सिकाएको छ । देश यतिबेला कोरोना महामारीको कारण अप्ठ्यारो अवस्थामा छ । तर दुई तिहाईको सरकार संचालन गर्नेहरु सुरुदेखि अहिलेसम्म आन्तरिक विवादको भूमरीमा रुमलिएका छन् । नेकपाभित्रको लडाइ केवल कुर्सी र पदका लागि भइरहेको छ भन्ने कुरा जनता समक्ष घाम जत्तिकै छर्लङ्ग भइसकेको छ । यसको मार जनतालाई परिरहेको छ । यस्तो परिस्थितिमा जनताका पीर मर्का बुझ्नुको साटो गुटको राजनीतिमा अल्झेमा भोलि त्यसको जवाफ दिने अस्त्र जनतासँग पनि छ । बेलैमा सोचेर कदम चालेको राम्रो ।