Loading... आजः १३ माघ २०७७, मंगलवार । Tuesday 26th January 2021

सम्झौता – कथा

विष्णु प्रसाद आफ्नो परिवार सँग एकदमै खुसी सँग बसिरहेको हुन्छन् । तिनको घरमा तीन जनाको परिवार थियो जसमा विष्णु प्रसाद उनको श्रीमती बिमला र छोरी सुनिता थिए । छोरी ठुलो भइसकेकी थिइन् । उनको विवाह गर्ने समय भइसकेको थियो । विष्णु प्रसाद को परिवार सामान्य वर्गको थियो उनीहरु गाउँमा बस्दथे । घरमा छोरी ठूली भएकाले विष्णु प्रसादलाई चिन्ता भइरहन्थ्योे । छोरीलाई कसरी विवाह गर्ने होला अलिक राम्रो केटा पाएको भए त छोरीको विवाह गरेपछि मरेपनि चिन्ता हुने थिएन । यहि कुरा सोचेर टोलाएर बसिरहन्थे उनी ।

पूजा सापकोटा

एकदिनको कुरा हो । शहरबाट केटी हेर्न भनेर विष्णु प्रसादको घरमा पाण्डे परिवार आउँछन् । शहरबाट आएका हुनाले विष्णु प्रसादले अलिक राम्रो सेवा सत्कार गर्छन् र छोरीलाई चिया लिएर बोलाउछन् । कृष्णलाई सुनिता राम्रो लाग्छ । कृष्णको परिवार सबैलाई सुनिता मन पर्छिन् र कुरा अगाडि बढाउँछन् । विष्णुप्रसादले सुनिताको सासुलाई भन्छन् हेर्नुस् मेरोपनि एउटा छोरी मात्र हो अरु सन्तान छैनन् । हजुरलाई जतिपनि दाइजो चाहिन्छ दिन्छु तर मेरो छोरीलाई दुःख नदिनु होला भनेर आफ्नो पिर पोखिदिन्छन् । उता सुनिता र कृष्णलाई पनि कुरा गर्न लगाउछन् । सुनिताले कृष्णसँग भन्छिन् हेनुर््स् मलाई शहरको केहि कुरापनि थाहा छैन । काँटा चम्चाले खाना कसरी खान्छन् केहिपनि थाहा छैन भनेर सबै भनेपछि कृष्णले मलाई तिमी जस्तो गाउँकी केटी मनपर्छ भन्यो र उनीहरुले हामीलाई यति राम्री बुहारी पाएपछि दाइजो चाहिदैन भनेर भन्छन् विष्णु प्रसाद छोरीको विवाह सजिलै हुने भयो भनेर खुसि हुन्छन् ।

कृष्ण र सुनिता भेटघाट गर्न थाले । सँगै कपडा किन्न हिड्न थाले विचरा सुनितालाई कृष्णले यति धेरै माया दियो कि उनलाई एकदमै विश्वास लागेर आउन थाल्यो । उनलाई लाग्छ मलाई एकदमै माया गर्छ सुनितालाई सुनको आंैठी पनि किनिदिन्छ र जे भन्यो त्यहि गर्छ घुम्नपनि लैजान्छ । धेरै माया गरे जस्तो गर्छ । विचरा गाउँकी सोझी सुनिता उसको झुटो मायामा फस्छिन् र तिनीहरुको विवाह हुन्छ ।

विवाह भएको एक दुई साता सम्मत राम्रै हुन्छ । नौलौ गाईलाई नौकुला घाँस भनेजस्तो भयो । पाठपूजामा व्यस्त हुने सुनिता पाण्डे परिवारमा आएर पनि त्यस्तै गर्न थालिन । गाँउबाट विवाह गरेर शहरमा आएकी सुनिताले एकदमै धेरै सपनाहरु सजाएकी थिइन । हेर्दापनि खुसी देखिन्थिन् घरमा सासुले पनि राम्रो गरेको जस्तो गर्थिन् । जेठाजु जेठानी सबैले माया गर्थे । सुनिताले संसारकै भाग्यमानि आफुलाई ठानेकी हुन्छिन् ।

समय बित्दै जान्छ पहिले झंै त्यो घरमा पाटी सुरु हुन थाल्छ । कृष्णले सुनितालााई फोन गरेर भन्छ घरमा पाटी छ त्यहि अनुसारको खाना र अरु व्यवस्था गर्नु भनेपछि सुनिता एकदमै खुसी भएर जेठानीलाई भन्छिन् दिदी खाना के बनाउने भनेपछि राधालाई त सबै कुरा थाहा छ । तिमी आफू राम्रोसँग तयार भएर बस । काम त सबै नोकरहरुले गर्छन् भनेपछि सुनिता एकदमै खुसि भएर तयार भएर पाटीमा आउँछिन् । त्यहाँ सबै हेरिरहन्छन् किनकि सुनिता एकदमै राम्री थिइन् । कृष्णले सबैलाई सुनितालाई चिनाउछन् र आफूसँग ड्रिंक गर्न भन्छ । उनी कहिल्यै गरेको छैन भन्छिन् तर वाध्य बनाएपछि श्रीमानको खुसीको लागि मुख बिगारेर भएपनि पिउँछिन् । त्यसमा बिहोसको औषधी मिसाएको थियो । उनलाई विहोसिको सिकार बनाइयो । अर्को दिनपनि लगातार चार दिनसम्म सुनिताले आफूलाई थाहा नभएरै गरिरहिन । पाँच दिनको दिन उनलाई ड्रिंक गर्दा एकदमै टाउको भारी भयो । दिनदिनै पाटी नगरे हुन्न र ? अब त अति भयो म सक्दिन भन्दा त तिन चार जना सँग रमाइलो गरेपछि पनि सति सावित्रि हुन नखोज भनेपछि सुनिता छागाबाट खसेजस्तो भइन र उनलाई जे कुराको शंका लागेको थियो त्यहि भयो । उनी आफ्नो अगाडि सब पहेलो देख्न थालिन् र बिहोस् भइन ।

त्यो दिन उनी नगए पछि बिचरा राधालाई जान प¥र्यो सुनिता आएदेखि राधालाई जान परेको थिएन । राधा को १० बर्षको छोरी पनि थिइन् पाटी घरमै हुने गथ्र्यो । राधा व्यापारीलाई लिएर कोठामा गएपछि मम्मि भन्दै छोरी कोठामा खोज्न लागिन् । यो सुनिताले देखिन् र छोरीलाई समातेर ल्याइन् र सुताइन् । यो कुरा थाहा पाएपछि राधाले सुनितालाई एकदमै धन्यवाद दिन्छिन् । मलाई छोरीको नजरबाट अपमानित हुनबाट बचायौ भनेर तर सुनितालाई भने त्यहि कुराले मनमा जलिरहेको थियो । राधा सोझी भएर यो सब सहिरहेकी हुन्छिन् तर सुनितालाई यो सब असह्य भयो र यो कुरालाई सबैको अगाडि ल्याउनुपर्छ भनेर सोच्न लागिन् । त्यतिकैमा उनलाई हातखुट्टा बाँधेर जबरजस्ती गरिन्छ । लाचार सुनिता केहि गर्न सक्दिनन् र उनी घर छाडेर माईतमा जान्छिन् र आमाबाबुलाई भन्छिन् म हजुहरुसँग बस्छु त्यो घरमा जाँदिन भन्दा विष्णु प्रसादले यति सिधा ज्वाइ हुनुहुन्छ यति राम्रो परिवार छ नाटक सुरु गरिस् भनेर कृष्णलाई फोन गर्छन् र आफ्नै छोरीलाई गल्ति तिम्रो छ भनेर गालिगर्छन् । हामीले गरेको पुण्यले गर्दा कृष्ण जस्तो राम्रो ज्वाइ पाएका छौ भनेर छोरीलाई नराम्रोसँग भन्छन् । सुनिताको कुरा सुन्न खोज्दैनन् उनले आमासँग भन्छिन् तर उनको कुराको सुनुवाई हुँदैन । एक दुई दिन बस्न छ त बस नत्र आफ्नो घर जानुपर्छ भनेपछि रुँदै सुनिता आफ्नो श्रीमानको परिवारलाई मुद्दा दिनको लागी पुलिसको मद्दत माग्न गइन् र सबै बताइन् ।

सुनिताको वयान अनुसार पुलिसले सबैलाई सोधपुछ गरे तर सबैले भने सुनिताले झुटो आरोप लगाएको भनेर उनीहरुले डाक्टरलाई पनि घुस खुवाएर दिमागी हालत ठिक नभएको बताए । मेरो विश्वास लाग्दैन त मेरो जेठानीसँग सोध्नुस् उहाँलाई पनि यो सब गर्न लगाउछन् । राधाले डरले अश्विकार गरिन् । पुलिसले पनि विना प्रमाण केहि गर्न नसक्नेकुरा वताएपछि सुनिता निराश भएर रुँदै हिड्दै गर्दा उनलाई वान्ता भयो त्यसपछि उनी हस्पिटलमा गएर चेक गराउँदा उनी गर्भवति भएको देखिन्छ । पहिले त खुशी हुन्छिन् तर आफु धेरै जनाको सिकार भएकाले यो बच्चा कस्को हो यादै भएन । उनीसँग यहि एउटा प्रमाण हुन्छ कि भनेर पुलिससँग डि एन ए टेस्ट गर्न आग्रह गरिन् । उनीसँग आफूलाई निर्दोष साबित गरि बचाउने एउटा मात्र विकल्प थियो । कृष्णलाई सुनिता गर्भवति भएको पहिले नै थाहा थियो तर अन्जान बनेर बसेको थियो ।

यता सुनिताको बुबा विष्णु प्रसादले छोरीलाई गालि गर्दै भन्छन् त जसरी नि घर जानु पर्छ । मैले एक मौका मागेको छु भनेपछि सुनितालाई दिएको मुद्दापनि विष्णु प्रसादले फिर्ता लिनको लागि भन्छन् र लाचार सुनिता निरास भएर आमा बुबाले जे भन्छन् त्यहि मानेर फेरी घरमा जान्छिन् र आमाबुबाले भन्छन् माफ गरिदिनुहोस् ज्वाइ । अव यस्तो हँुदैन सक्नुहुन्छ त यसलाई माफ गरिदिनुस् । पुलिसमा दिएको मुद्दा फिर्ता लिइसकेका छौ । कृष्णले संस्कारी हुँदै भन्छ । हजुर हात नजोड्नुस् जे भयो भयो यो भन्दा खुशी अरु के हुन्छ र । म र सुनितासँगै भएका छौ । मेरो बच्चा पनिसँगै छ । सुनितालाई माया गरे जस्तो गर्छ । उनको सासुले पनि माया गरे जस्तो गरेर दुध खान दिन्छिन् यस्तो हालतमा उभिन हँुदैन । आराम गर्नुपर्छ भनेर सम्झाउछे र कृष्णले पनि तिमी घर आयौ म बहुत खुसी छु यो भन्दा अरु खुसी के हुन्छ र मेरो लागि भनेर माया गरे जस्तो गर्छ । म तिमीलाई धेरै सम्झिरहेको थिएँ । पाटी त हाम्रो घरमा सामान्य कुरा हो । आज राती पनि पाटी छ भन्छ सुनिता तयार हुन्छिन् तर झुट बोलेको रहेछ । अर्को दिन घरमा पाटी हुन्छ सुनिताले यो सब कुरालाई सबैको अगाडि ल्याउन खोजिरहेकि हुन्छिन् । क्यामरामा कैद गरेर यो कुरा राधालाई थाहा हुन्छ र डराउछे घरमा कसैलाई थाहा भएपछि त ज्यूदै मारिदिन्छन् भनेपछि अर्को उपाय छैन भनेर सुनिताले आफ्नो पर्समा क्यामरा राखेर पाटीमा जान्छिन् । सधैको जस्तो पाटी चलिरहेको थियो । सुनिताले गर्ने ड्रिंकमा औषधि मिसाइएको थियो । उनले सबै रेर्कड गरिरहेकी थिइन् तर बिहोस भएर लडिन् । लड्दा हातबाट पर्स बाहिर निस्कियो । यो कृष्णको परिवारले देख्छन् कुल्चेर फुटाएर सुनितालाई एकदमै नराम्रोसँग कुटपिट गरेर पागल साबित गर्न खोज्छन् र पागल खानामा पठाउछन् ।

दुई तीन दिन भइसकेको थियो । छोरीसँग कुरा नभएको । त्यहि भएर विष्णु प्रसाद घरमा भेट्न आउँछन् । त्यहाँ आउँदा सबै परिवार डराए जस्तो गर्छन् र सुनिता बिरामी भएको र डाक्टरले कसैसँग भेट्न नदिएको कुरा गर्छन् । तिनीहरु घरबाट निस्किन्छन् । तर सुनिताको परिवार डराउछन् र कसैलाई पनि भेट्न नदिन भन्छन् । विष्णु प्रसाद घर पुग्दा ढोकामा एउटा कागज भेटिन्छ र सुनिता पागल छैन उसलाई फसाउन खोजिएको छ भनेर देख्दा उनीहरु आतिन्छन् र डराउछन् । अर्को तिर सुनितालाई पागल खानामा देखेर कृष्ण एकदमै खुसी हुन्छ र भन्छ मलाई गलत सम्झेकी थिई अब यसलाई सहिसावित गर्न पूरा जिन्दगी लाग्छ ।

सुनितालाई यो हालतमा देख्दा एकदमै नराम्रो लाग्छ । कस्तो सपना देखेर पाण्डे परिवारमा आएकी सुनितालाई कस्तो हालतमा पु¥याए । पापीहरुले मर्नु र बाच्नुमा कुनै अन्तर छैन । सुनिता प्रमाण जुटाएर यो जन्जिरबाट बाहिर निस्किन खोज्दा आफै पागल साबित हुन पुगिन् । कृष्णको खिलाफ सबुत खोज्दा आफै यो हालतमा पु¥यायो । पापीले पागल खानामा सुनितालाई आफूले देखेको सपना आँखा अगाडि घुमिरहन्थ्यो सम्झेर आँसु झार्न बाहेक अरु विकल्प थिएन । त्यहाँ हस्पिटलमा औषधी दिनेवाला त्यस हस्पिटलको स्टाफले नि महिलाहरु माथि यौन शोषण गथ्र्याे । औषधी भनेर बेहोस पार्ने गोली दिएर यौन शोषण गथ्र्याे । त्यो सुनितालाई नि भोग्नुप¥यो । त्यो व्यक्तिले औषधी दिने बेलामा जसको शोषण गर्नुछ त्यसलाई पहेलो कलरको औषधी दिने गरेको सुनितालाई भनेपछि उनले सबै औषधी फाल्दिन्छिन् । यो सब कुरा सुनितालाई असह्य भएर भाग्न खोजिन् तर के सक्थिन् झन् छोपेर करेन्ट लगाएर झन् एकदमै दुख दिन्छन् र पिट्छन् । शारीरिक शोषण गर्छन् । सुनितालाई भेट्न राधा आउछे तर यस्तो हालतमा देख्दा रुन्छन् म यो सब हेर्दा पनि केहि गर्न सक्दिन लाचार छु । मेरो छोरीलाई मार्दिन्छन् म केहि गरे भने भन्छिन् तर सुनिताले दिदी मलाई बचाउनुस् भन्छिन् । राधा घर गएर त्यो सब रेकर्ड गर्न खोज्छिन् तर त्यो भिडियो उनको श्रीमानले भेटाएर अब राधालाई पनि कुटपिट गर्छन् अब राधा पनि डराउछिन् ।

सुनिताको पेटमा भएको बच्चालाई फाली सकेका हुन्छन् त्यो बच्चा सम्झेर एकदमै रोइराखेकी हुन्छिन् । पापीहरु मिलेर सुनितालाई नराम्रो यातना दिई राखेका हुन्छन् । सुनिता त्यस पागल खानामा मर्नु र बाच्नुको दोसाँधमा थिइन् । मर्नपनि सक्दिन थिइन् र बाच्न पनि घृणा लाग्थ्यो । उनको सारा हिम्मत टुटिसकेको थियो । बाहिर निस्कने कुनै आश र उपाय थिएन । त्यतिकैमा सुनिताको आमाबुबा सुनितालाई भेट्न पागल खानामा आउछन् । छोरीको त्यस्तो हालत देखेर एकदमै चिन्ता हुन्छ । उनले भन्छिन् म हजुरहरुले जे भन्नुहुन्छ त्यहि मान्छु मलाई यहाँबाट निकाल्नुस् । यो सब कुरा हस्पिटलको नर्सले देखेर सुनितालाई नआत्तिन भन्छिन् । त्यसपछि उनलाई अलिक आश लाग्छ । ति नर्सले यो सब देख्दा असह्य भएर पुलिसलाई फोन गरेर सबै कुरा बताएपछि हस्पिटलमा सुनितालाई जाँच गर्ने डाक्टर बदली हुन्छन् । पुरानो डाक्टरको त्यति राम्रो विश्वास नलागे र अर्को डाक्टर आएपछि कृष्णको परिवारलाई चिन्ता भएको थियो । अर्को तिर राधाले पुलिससँग मिलेर तिनीहरुलाई समात्ने सबै व्यवस्था भइसकेको थियो ।

सुनिता मेन्टल हस्पिटलमा भएकोले घरको सबै काम राधालाई गर्नुपथ्र्यो । घरमा आएका व्यापारी जोसँग कृष्णको परिवार डिल हुन्थ्यो तिनीहरुलाई खुसि बनाउनु पथ्र्यो राधाको श्रीमाानले पनि छोरीको अगाडी श्रीमतीलाई हात छाड्ने गथ्र्यो त्यहि भएर जे भन्यो त्यहि मान्नु पर्ने हुन्थ्यो । कृष्ण एकदिन हस्पिटलमा गएर नयाँ डाक्टरलाई घुस खुवाउन खोज्छ तर डाक्टरले नमाने पछि तनाव भएर घर फर्कन्छ । अब विदेश जानु पर्छ यहाँ बसेपछि फसिन्छ भनेर विदेशी व्यापारीलाई घरमा बोलाउछन् र त्यो पाटीलाई एकदमै सानदार बनाउने कुरा घरमा हुन्छ उता राधा र पुलिसको सल्लाह भएको हुन्छ घरमा पाटी सुरु भयो । एकदमै राम्रो भइरहेको हुन्छ । राधाले त्यो व्यापारीलाई लिएर कोठामा जान्छिन् अनि वाथरुम गएर आउँछु भनेर फोान गर्छिन् पुलिसलाई । पुलिस आउँछन् र सबैलाई समातेर लैजान्छन् ।

अन्तिममा राधाले सुनितालाई पुलिसको सहायताबाट बचाउछिन् । कृष्णको पुरै परिवार मेन्टल हस्पिटलको पुरानो डक्टर र त्यो औषधी दिने व्यापारीहरु सबै जेल जान्छन् । सुनिता पनि सबै चेक जाँच भएर ठिक भइसकेकी हुन्छिन् र आमाबुबासँग भेट्छिन् । ति आमाबुबालाई एकदमै पछुतो हुन्छ छोरीको कुरा समयमा सुनेको भए आज यो दिन आउने थिएन र यस्तो ठुलो घटना हुने थिएन । सुनिता आफ्नो घर फर्र्कििन्छन र तीन जना खुसिमय बस्छन् ।