Loading... आजः ७ माघ २०८१, सोमबार । Monday 20th January 2025

कर्णालीमै पहिलो कोल्ड स्टोर सञ्चालन

र्खेत ।
कर्णाली प्रदेशकै पहिलो कोल्ड स्टोर संचालनमा आएको छ । कर्णाली प्रदेशको प्रवेशद्वारमा भेरीगंगा नगरपालिका १० झिलमिले छिन्चुमा दुई सय मेट्रीकटन क्षमता भएको कोल्ड स्टोर संचालन आएको हो । कोल्ड स्टोर साना किषान कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध नारी जागरण बहुउदेश्यीय कृषि समुहले निर्माण गरेर सञ्चालनमा ल्याएको हो । कोल्ड स्टोर निर्माण गरिएपछि आलु, तरकारी, फलफूल, विउ कोहलपुर पु¥याउनु पर्ने बाध्यता अन्त्य भएको छ ।


एक औपचारिक कार्यक्रमका बीच भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले स्टोरको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री केसिीले गरिबीको पहिचान बदल्न सहकारीको महत्वपुर्ण भूमिका रहेको बताउनु भयो । त्यस्तै अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी मुलुक समृद्धिको बलियो आधार भएको उहाँको भनाई थियो ।

कर्णाली प्रदेश कृषिमा प्रशस्त सम्भावनाको प्रदेश भएको र भेरीगंगा नगरपालिका यो प्रदेशको प्रदेशद्धारको रुपमा रहेको र किसानहरुको उत्पादनलाई सुरक्षित रुपमा भण्डारण गरी राख्न यो प्रदेशमा शितगृह नभएको हुँदा कर्णाली प्रदेशमै पहिलो शित गृह निर्माण गरिएको हो ।

मौसमी रुपमा प्रशस्त मात्रामा उत्पादन भएका कृषिजन्य उत्पादनलाई शितगृहमा भण्डारण गरी बजारमा माग भएको समयमा अथवा बेमौसमी बजारमा उक्त उत्पादनलाई बेच्न सकियो भने किसानहरुले आफनो बस्तुको राम्रो मुल्य पाउन र किसानहरुको जीवनस्तर माथी उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा साना किसान कृषि सहकारीका अध्यक्ष ज्ञानु भुषाल, प्रदेश सभा सदस्य अमृता शाही, पदमा खडका, सिता नेपाली, भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र बहादुर चन्द, उपप्रमुख रेणु आचार्य, गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना बि. क., कृषि विकास निर्देशनलय सुर्खेतका निर्देशक चित्र बहादुर रोकाय, उद्योग बाणिज्य संघ भेरीका अध्यक्ष सोमराज ढकाल, कृषि अधिकृत याम बहादुर राना लगायतको उपस्थिती रहेको थियो ।