Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कर्णालीमै पहिलो कोल्डसटोर सञ्चालन

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ९३६ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका संक्रमितसँगै देशभरमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।

नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ८८१ जना सक्रिय संक्रमित छन्।

आज १ हजार ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।