Loading... आजः २ कार्तिक २०७८, मंगलवार । Tuesday 19th October 2021

दिवसै दिवसको दिन असोज एक

आज असोज महिनाको १ गते । आजको दिनमा धेरै दिवसहरु पर्ने गर्दछन् । त्यसैले असोज १ गतेलाई दिवसै दिवसको दिनको रुपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्विहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्दछन् । असोज सक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन र अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ ।

Rastrabani.com | » अाज विश्वकर्मा पूजा अर्थात् वास्तु दिवस: विश्वकर्मा  बाबाको पूजा गरि मनाईदै
विश्वकर्मा बाबा देवताहरुकालागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन, यिनका ५ छोराहरु र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसंग भएको थियो ।

विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन । आजको आधूनिक यूगमा पनि उनले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातूका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरु एकदमै सजिसजाउ अनि झकिझकाउ हुने गर्दछन ।

विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरुको विशेष पुजा गरिन्छ तसर्थ आजको दिन सार्वजनिक यातायातका साधनहरु सहज उपलब्ध नहुन सक्दछन ।

यसैगरी विश्वकर्मा पुजाकै दिन हरेक वर्ष असोज महिनाको १ गते, कन्या संक्रान्ति पारेर वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माणका संरचनाहरुको ढाँचा तयार गर्दा वास्तुलाई प्रार्थमिक्तामा राखिन्छ, आजभोली यो चलन पूर्विय सभ्यतामा मात्र नभई पश्चिमाहरुमा पनि निकै प्रचलित छ । वास्तुविधा पनि एउटा प्राचिनतम बिज्ञान, वेद र खोजको धार हो, विश्वकर्मा बाबा निर्माणका पर्याय हुन र यिनी वास्तुविधाका पनि जानकार थिए, यसै कुरालाई मध्यनजर राख्दै एकैदिन विश्वकर्मा पूजा र वास्तु दिवस मनाइन्छ ।

दिशा र कोणहरु निर्धारण गरेर, पञ्चतत्वको अवस्थिती अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तुसीप अनुरुपको ढाँचा बनाइएमा उक्त संरचनामा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको वास रहन्छ भन्ने विश्वास पाइन्छ । वास्तुशास्त्र अनुसार विश्वमा बनाइएको एकमात्र शहर भनें सिगांपुर रहेको बताइन्छ, प्राचिनतम वास्तुशास्त्रको आधूनिक अवलम्वन अनुरुप सिंगापुरको वास्तु आत्मसाथ आजको विश्वका लागि ज्वलन्त उदहारण हो ।

यसैगरी विश्वकर्मा पुजाकै दिन हरेक वर्ष असोज महिनाको १ गते, कन्या संक्रान्ति पारेर वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माणका संरचनाहरुको ढाँचा तयार गर्दा वास्तुलाई प्रार्थमिक्तामा राखिन्छ, आजभोली यो चलन पूर्विय सभ्यतामा मात्र नभई पश्चिमाहरुमा पनि निकै प्रचलित छ । वास्तुविधा पनि एउटा प्राचिनतम बिज्ञान, वेद र खोजको धार हो, विश्वकर्मा बाबा निर्माणका पर्याय हुन र यिनी वास्तुविधाका पनि जानकार थिए, यसै कुरालाई मध्यनजर राख्दै एकैदिन विश्वकर्मा पूजा र वास्तु दिवस मनाइन्छ । दिशा र कोणहरु निर्धारण गरेर, पञ्चतत्वको अवस्थिती अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तुसीप अनुरुपको ढाँचा बनाइएमा उक्त संरचनामा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको वास रहन्छ भन्ने विश्वास पाइन्छ । वास्तुशास्त्र अनुसार विश्वमा बनाइएको एकमात्र शहर भनें सिगांपुर रहेको बताइन्छ, प्राचिनतम वास्तुशास्त्रको आधूनिक अवलम्वन अनुरुप सिंगापुरको वास्तु आत्मसाथ आजको विश्वका लागि ज्वलन्त उदहारण हो ।

राष्ट्रिय चलचित्र दिवस
यसवर्षको चलचित्र दिवसको दलान अलिक फरक कठघरामा उभिएको छ, सिनेमाको मुख्य गन्तव्य चलचित्रघरहरु कोरोना संक्रमणका कारणले बन्द छन्, कहिले खुल्नेहुन थाहा छैन ? यतिमात्र हैन, कोरोना त्रासमा समयमा रिलीज हुन नपाएका अनेकन सिनेमाहरु, कामको कमी भएका सिने जनशक्तिहरु अनि आगामी वर्षहरुको अन्यौल पनि उस्तै छ । यसवर्ष विश्वभरिका सिनेजगतलाई धैर्य अनि प्रतिक्षाको खाँचो छ अनि खाँचो छ थोरै आशा र उर्जाको । शिघ्र सबैकुरा सामान्य होस्, क्यामराको लेन्स खुलोस्, लाइटका बत्तिहरु बलुन, एक्शन र कट सुनिन देसखन थालियोस् । हामीहरु सिनेमाघरमा फेरि जान हतारमा छौं, हामीलाई हसाँउने, रुवाउने र समाजको चित्र दुरुस्तै देखाउने सिनेमाको खाँचो छ ।

त्यसै गरि हरेक बर्ष असोज १ गते राष्ट्रिय चलचित्र दिवसका रुपमा पनि मनाइन्छ । चलचित्र बिकास बोर्डले सन् २०१२ मा हरेक बर्षो असोज १ गतेका दिन बिभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने क्रम चलाएको हो । शुरुवाती दिवसहरुमा एक सप्ताह नै यस चलचित्र सप्ताह अनि दिवसका रुपमा मनाउने अवधारणा रहे तापनि सुस्तरि असोज १ मा मात्र बिभिन्न कार्यक्रमहरु गरेर मनाउन थालियो । चलचित्र बिकास बोर्ड भने सन् २००० को ३० जूनमा स्थापीत संस्था हो जसको मुल उदेश्य चलचित्रको प्रर्वधन अनि चलचित्रकर्मीहरुको संस्थागत बिकास पनि रहेको छ ।

सन् १९५१ मा नेपाली भाषाको तर कोलकातामा उत्पादन गरिएको चलचित्र सत्य हरिशचन्द्र जसलाई डि बी पराजुली ले निर्माण गरेका हुन् । त्यपछि नेपालमै उत्पादित चलचित्र आमा सन् १९६४ अक्टोबर ७ मा प्रदर्शन गरिएको हो । सुस्तरि बिभिन्न आरोह अवरोह पार गर्दे अब नेपाली सिने जगत बिश्व मानचित्रमै आफ्नो छवी उभ्याउन सफल हुँदै गएको छ ।

बिसं २०२१ मा चलचित्र आमा मा तत्कालिन रेडियो गायक र संगीतकार शिब शंकर मानन्धर अनि रंगमञ्च अभिनेता सुश्रि भुवन चन्दले नायक नायिकाका रुपमा कार्य गरेका हुन् । त्यसपछि बिसं २०२३ मा अर्को बहुप्रतिक्षीत नेपाली चलचित्र माईतीघर प्रदर्शनमा आयो, अहिलेसम्म पनि काठमाडौको माईतीघर मण्डला उतिबेला त्यही चलचित्रको उत्पादन समुहको कार्यलय रहेका कारणले माईतीघर नामाकरण गरिएको छ । भारतीय अभिनेता माला सिन्हा र नेपाली सिपी लोहनी अभिनीत माईतीघरको जोडी पछि गएर बास्तविक जीवनका पनि जोडी बन्न गए ।

त्यसै गरि बिसं २०२४ मा हिजो आज र भोली अनि बिसं २०२८ मा परिवर्तन अनि मनको बाँध आदिजस्ता चलचित्रहरु आए । कहिले राते काँईला को त्रास अनि कहिले शंकर को साथ, कहिले ट्रक ड्राइभरको पिरती त कहिले बसन्तीको ईतिहास संगै नेपाली सिने जगतले रफ्तार लिँदै आयो । अहिले आएर कालो पोथी, निभ्न लागेको दियो, देश खोज्दै जाँदा आदिजस्ता बिश्वव्यापी जानसक्ने नेपाली चलचित्रहरु लाई कहिलेकाँही एरिक भ्यालीको क्याराभान अनि हनीहन्टर जस्ता छोटा तर मार्मिक भिडियोहरुले पनि धेरै सिकाएका हुन् ।

भारतीय दक्ष कलाकार अनि प्रविधी आयात गरेर बनाइने शुरुवाती नेपाली चलचित्रहरु अब ५० बर्ष पछिको अवस्थामा आफैंमा निर्भर र बिश्व गुणस्तरका हुन थालेका छन् । यसै क्षेत्रका अध्यन गरेर आएका अनि बुझेका नेपाली बिज्ञ अनि कर्मठ मष्तिष्क र हातहरुले क्यामरा अनि पर्दामा आफ्नो बाजी मारिरहेका छन् । केही तिता अनि केही मिठा अनुभव र उपलब्धीसंगै नेपाली चलचित्र आजको स्थानमा आइपुगेको हो ।
यस बर्ष पनि थाहा आन्दोलनका शुरुवाती रुप चन्द्र बिष्टको जीवनमा आधारित चलचित्र रुदाने लगायत अन्य केही चलचित्रहरु संग दर्शकको ठूलै आशा रहेको छ । दर्पण छाँयाका प्रतिबिम्ब नभुलेको नेपाली दर्शकको हृदय कहिले हाकु काले त कहिले थिन्ले लुण्डुपको मर्मस्पर्शी यर्थाथ अभिनय सँग लुटपुटिएको छ । अब त नेपाली चलचित्र ले पनि करौडौंको व्यापार गर्न थालेको छ भने बिदेशमा पनि नेपाली समुदायको मायाका कारणले बजार बिस्तार भएको छ ।

ग्लयामर र मारकाटबाट पर रहेर पनि चलचित्र उत्कृष्ट बन्न सक्छ भन्ने उदहारण प्रसस्त स्थापीत भएको छ । आरामदायी सिनेमा हल देखि सहज बजार व्यबस्थापन सम्म अब नेपाली चलचित्र पनि एउटा मापदण्ड र अनुभवको उपज भएको छ । असोज १ गतेको यो राष्ट्रिय चलचित्र दिवसलाई अझ भव्य रुपमा मनाउन सकियोस्, चलचित्र बनाउने र माया गरेर हेरिदिने सबैलाई शुभकामना ।

हामी छिटै सिनेमा हलमा गएर नेपाली चलचित्र हेर्न चाहन्छौं, संवाद र चरित्रसंगै हाँस्न, रुन अनि भूल्न चाहन्छौं, हामीलाई समाजको बास्तविक चित्रण देखाउने अनि भावनामा बगाउने चलचित्रहरुको खोजी छ , सबैकुरा शिघ्र सामान्य हुनेछ ।

राष्ट्रिय विज्ञान दिवस
विज्ञान सिद्धान्तसहितको यन्त्र हो । यसले मानिसको दैनिक जीवन सरल बनाइरहेको हुन्छ । तर संस्कृति जीवन हो । यसले मानिस र समाजलाई जीवन्त तुल्याइरहेको हुन्छ । यसकारण मुलुकको समृद्धिका लागि विज्ञान र संस्कृति साथ साथ लैजान जरुरी छ । पूर्खाले आज्र्याको धरोहर मात्रै होइन मौलिक विज्ञान, प्रविधि र संस्कृति बचाईराख्न आवश्यक छ ।

संस्कृति मानिसलाई अनुशासित र मर्यादित बनाउने जीवित कला हो । आधारभूत शिक्षाले दिन नसकेका कतिपय प्रकृतिप्रदत्त शिक्षण विधि संस्कृतिले सिकाइरहेको हुन्छ । संस्कृतिभित्रको विज्ञानको पाटो वा वैज्ञानिकता केलाउन नसक्नु अलग कुरा हो । आधुनिक विज्ञानले प्राविधिक पाटोलाई इंगित गराइरहेको हुन्छ । विज्ञानले मानिसलाई उपकरण वा यन्त्रजनित त बनाउला संस्कृतिले बराबर मूल्य र पहिचान दिन चाँहि सक्दैन । अतः हाम्रो संस्कृति सापेक्ष मूल्य र पहिचान खोज्न र त्यसका लागि भूमिका निर्वाह गर्नु यो अभियानको एउटा अंश हो ।

विस २०७० असोज १ देखि सरकारले राष्ट्रिय विज्ञान दिवस मनाउन थाल्यो । तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो । यसका केही उद्देश्य निर्दिष्ट छन् । जस्तै, देशका सबै वर्ग, समुदाय तथा पेशागत क्षेत्रका व्यक्ति तथा संस्थालाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने । यस्तै नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रकृयामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्ने र यसका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने । यही सन्दर्भमा ‘समृद्धिका लागि विज्ञान–संस्कृति’ कार्यक्रम परिकल्पना गरिएको हो । (हाम्रोपात्रो)