Loading... आजः १७ मंसिर २०७८, शुक्रबार । Friday 3rd December 2021

कविता – शिक्षक

शिक्षक भएर सरकारसङग निहु खाेज्न हुन्छ? ,
निजामती झै सेवा सुबिधा राेज्न कहि हुन्छ?
पर्यटन काज तहगत बढुवा श्रेणी किन चाहियाे,

मीनराज पन्त
चित्त बुझाउ अहिलेसम्म जे जे पाईयाे पाईयाे ।
अन्याय र दुख जति तिमीले मात्रै सहन सक्छौ ,
न्याय भए सुख पाए पचाउन के गरेर सक्छौ ।
रिसाउन्नाै तिमी थाहछ फकाउन जाने कै छाै,
कसरी बसमा पार्नु पर्छ सुत्र बनाई राखेका छाै।
कनिकाछर्छाै लाेभ देखाउछाै फाईदा लिईहाल्छाे,
चुनाबअाउदा तिमीलाई पछिलाग्ने बनाईफाल्छाै।
जस्ताे देश उस्तै भेष लगाउन जान्ने हामी ,
देशका सबै सयन्त्रलाई सधैं चलाउने हामी ।
एकताका पुजारी तिमी कहिल्यै मिल्न सक्छौ ?
फुटालेर राज गर्न हामीलाई जित्न सक्छाै?
अठ्ठार थरी बनाएका छाै झनै बढाउ छाैं ,
हेर्दै जाउ सहदै जाउ झनै तड्पाउ छाैं ।
अाम्दानीकाे डाडु पन्यू सधै हाम्रा हातमा,
एेन नियम तिम्रा सुकिरहुन कर्कलाकाे पातमा ।
कुर्सीमा जाे बसे पनि हाम्रै हातमा कलम ,
सदा तिमीहरू ठाेकिरहने हामीलाई सलाम।
चाहिदाकाे भाडै हाे नचाहिदाकाे ठाँडाे शिक्षक,
बेकामे हुन्जेल अाउछ पढाउछ जान्छ शिक्षक।
हेडसरले सरलाई पनि हेप्दा अति मजा अाउने,
सर पनि अलमल गर्दै अाफ्ना दलैतिर धाउने।
बिब्यसले पनि उस्तै सधैं ढलिमलि राेज्ने,
निमुखा शिक्षक कर्मचारीकाे मर्का कस्ले बुझ्ने।
अनेकथरी शिक्षक सस्था एउटा महासङघ ,
अान्दाेलन शम्झाैता राेकिदैन चलिरहन्छ स्वाङ।
कक्षाकाेठा शिक्षण सिकाई यीनमा ध्यान छैन,
सङघ सस्था सङगठन व्यापार नगरी त भैन ।
पद पावरकाे रवाफ देखाई धाक धक्कु लाउने,
शिक्षालाई जग भन्ने सधै कमजाेर बनाउने।
कहिलेसम्म अपमानकाे याे बीस पिउनु पर्ने,
निगाह र राहत मै कति जीवन जिउन पर्ने।
अयोग्य लडाकु झै बिल्ला भिर्ने कहिलेसम्म,
पढ्ने याेग्य पढाउने अयाेग्य चिर्ने कहिलेसम्म ।
बजेट बढाउ ऐन बनाउ देखाउ बुध्दि मत्ता,
सम्बैधानिक अायाेगमा हाल टिक्छ तिम्रो सत्ता।
सुध्रिन्न है शिक्षा कतै शिक्षकलाई तर्साएर,
धेरै गर्न सकिन्छ है प्रेरणा खुशि बर्साएर।
शिक्षामा बनाउँ साझानीति ब्यबहारमा एकरुपता,
शिक्षण पेशा सम्मानित भए छाउने छ ब्यापकता।
सन्दर्भ विश्व शिक्षक दिवस !