Loading... आजः ४ मंसिर २०८१, मंगलवार । Tuesday 19th November 2024

राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘कर्णालीका मुद्दालाई भोटसंगमात्र जोडियो’

सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजनितीक दलहरुले कर्णालीका मुद्दालाई भोटसंगमात्र जोडेको आरोप लगाए । सुर्खेत विमानस्थलमा शुक्रबार पत्रकारहरुसंग कुरा गर्दै उनले कर्णाली सम्भावनालाई चुनावी एजेण्डा मात्र बनाएको बताएका हुन् ।


उनले राष्ट्रिय प्रजातन्त्र पाटीले अवसर पाएको खण्डमा कर्णालीका अनेकौ सम्भावनाको ढोका खोल्ने पनि उल्लेख गरे । उनले आफ्नो पार्टीले सत्ता केन्द्रित राजनीति नगर्ने पनि बताए । पछिल्लो समय विभिन्न संचार माध्यममा राप्रपाले कोशी सरकारमा सहभागी हुन केन्द्रमा पनि केही मन्त्रालयको माग गरेको भन्ने समाचारमा सत्यता नरहेको बताउँदै उनले राप्रपा सरकारमा जान आतुर नभएको र राप्रपाले सत्ता केन्द्रित राजनिती नगर्ने बताए ।

पछिल्लो समय सरकारले भ्रष्टाचारका फाइल खोलेको भएपनि अनुसन्धानले तिब्रता नपाएको बताउँदै उनले भने, सरकारले भ्रष्टाचारका फाइल खोल्दा र अनुसन्धान गर्दा हाम्रो पार्टीको १४ सांसदको साथ चाहिएको खण्डमा हामी साथ दिन तयार छौ । उनले अब नविन राप्रपा भन्ने कार्ययोजना अनुसार सुर्खेतमा हुने कार्यक्रर्ता प्रशिक्षणका लागि सुर्खेत आएको बताए ।