Loading... आजः ८ असार २०८३, सोमबार । Monday 22nd June 2026
ताजा खबर
  

सुर्खेतमा गुरुकूलको औपचारिक शुभारम्भ

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा औपचारिक रुपमा गुरुकूलको शुभारम्भ भएको छ । नेपाल ज्योतिष परिषद् सुर्खेत शाखा र ब्राह्मण समाज नेपाल सुर्खेत शाखाको संयुक्र प्रयासमा गुरुकूल संचालनका लागि गठित समितिले औपचारिक गुरुकूलको शुभारम्भ गरेको हो ।
चैत्र शुक्ल प्रतिपदाको अवसर पारेर वीरेन्द्रनगरको वडा नं. ११ गाग्रेतालमा गुरुकूलको शुभारम्भ गरिएको ब्राह्मण समाज नेपाल सुर्खेतका अध्यक्ष एवम् गुरुकूल संचालन समितिका अध्यक्ष तिलकराम चालिसेले बताए ।
औपचारिक रुपमा सरस्वतीको पूजा गरेर गुरुकूलको शुभारम्भ गरिएको छ । संस्कृत भाषाको संरक्षण सम्वद्र्धनसँगै विकास विस्तारले मात्र संस्कृतिको जगेर्ना गर्ने भएकाले गुरुकूलको आवश्यकता वान्छनीय भएकाले सबैको साथ र सहयोगबाट गु्रुकूल संचालन गर्न सकिने अध्यक्ष चालिसेले बताए ।
कार्यक्रममा ब्राह्मण समाजका केन्द्रीय सचिव तुलसी पाण्डेय, सदस्य दुर्गा अधिकारी र धर्मराज आचार्य, प्रदेश समितिका अध्यक्ष हरिप्रसाद सापकोटा तथा नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपाध्यक्ष विकास पौडेल, प्रदेश अध्यक्ष डा. गौरीशंकर शर्मा, जिल्ला समितिका पदाधिकारी एवम् सदस्यहरु, मणिराम सुवेदीको समेत उपस्थिति रहेको गुरुकूल संचालक समितिका सहसचिव उमाकान्त सापकोटाले जानकारी दिए ।