Loading... आजः ४ मंसिर २०८१, मंगलवार । Tuesday 19th November 2024

सांसद भण्डारीद्वारा लिखित: सिकाई, अनुभव र अनुभूति सार्वजनिक

सुर्खेत ।
प्रदेश सभा सांसद घनश्याम भण्डारीद्वारा लिखित पुस्तक प्रदेश सभाको एक वर्ष सिकाई, अनुभव र अनुभूति सार्वजनिक भएको छ । बुधवार दैलेखको दुल्लु नगरपालिकाको सभाहलमा एक कार्यक्रमबीच भण्डारीद्वारा लिखित पुस्तक प्रदेश सभाको एक वर्ष सिकाइ, अनुभव, र अनुभूति पुस्तक सार्वजनिक गरिएको हो ।

May be an image of 8 people and text
कर्णाली प्रदेश सभा सामाजिक विकास समिति सभापति समेत रहेका सांसद भण्डारीले प्रदेश सभाको एक वर्ष पुगेको अवसरमा एक वर्षका सिकाई, अनुभव र अनुभूति सहतिको पुस्तक प्रकाशन गरेका हुन् । सांसद भण्डारीले आफू प्रदेश सभामा निर्वाचित भएको एक वर्षलाई सम्पर्क, समन्वय र सहकार्यको वर्षको रुपमा व्याख्या गरेका छन् । कर्णाली प्रदेश सभाको दोस्रो चिर्वाचन पछिको पहिलो बैठक २०७९ पौष ११ गते बसेको थियो भने एक वर्षको अवधिमा २०८० साल पौष ११ गतेसम्म ५४ वटा बैठक बसेका छन् । यस अवधिमा आर्थिक वर्ष २०८०÷०८१ को बजेट नीति तथा कार्यक्रम समेत पारित भई कार्यान्वयन समेत भइरहेको छ । उक्त ५४ वटा बैठकहरुमा आफूले पठाएका सवालहरुको बारेमा समेत पुस्तकमा चर्चा गरिएको छ । उनले आफूले के गरे मात्र होइन के हुनुपथ्र्यो भन्ने समेत उल्लेख गरेका छन् । समस्या देखाउनु मात्र ठूलो कुरा नभई समस्याको समाधानको उपाय समेत देखाउनु ठूलो कुरा भएकाले त्यसतर्फ सचेत रहेका सांसद भण्डारीले उक्त विषयवस्तुलाई पुस्तकमा समेटेर आफूले गरेका कार्यहरुको बारेमा आफ्ना मतदातालाई छर्लङ्ग पारिदिएका छन् ।

May be an image of 3 people and people studying
भण्डारी अहिले प्रदेश सरकारको सामाजिक विकास समितिका सभापति समेत हुन् । सामाजिक विकास समितिको गतिविधि र उपलब्धीलाई समेत पुस्तकमा समेटेका छन् । सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, श्रम, सामाजिक न्याय र मानवअधिकार सम्बन्धि कार्यक्षेत्र रहेको समितिका २०८० पौष १० गतेसम्म ११ वटा बैठक बसेको पुस्तकमा उल्लेख गरिएको छ ।
कर्णाली प्रदेशमा बाल संरक्षण तथा बाल विवाह न्यूनिकरणका सवालमा गरेका कार्यहरुदेखि पशुपतिदेखि पञ्चकोशीसम्मको यात्राको तीर्थयात्राका बारेमा वर्णन गर्दै सिंगो कर्णालीको पर्यटन विकासको बारेमा के गर्न सकिन्छ भन्ने बारेमा स्पष्ट मार्गनिर्देश पुस्तकले गरेको छ । आफ्नो एक वर्षको अनुभवहरुको बारेमा उल्लेख गर्दै सांसद भण्डारीले विदेशी कार्यक्रमहरुबाट आफूले सिकेका तथ्यलाई समेत समावेश गरेर त्यसबाट सिक्नु पर्ने कुराहरुको यथार्थपरक वर्णन मात्र गरेका छैनन् आफ्नै देशका पूर्वि र पश्चिमी क्षेत्रबाट पनि कर्णालीले सिक्नुपर्ने र अनुशरण गर्नुपर्ने विषयहरुको समेत उठान गरेका छन् ।

May be a graphic of 1 person, map and text
सांसद भण्डारीले आफ्नो प्रदेश सभाको एक वर्ष सिकाइ, अनुभव र अनुभूतिमा सिंजा उपत्यका भ्रमण र भाषा संरक्षणको अभियानमा ‘सिंजा हाट, दुल्लु बिराट’ भन्ने उक्तिबाट नै यसको गहन अध्ययन, अनुसन्धान र मनन् गर्नु पर्ने उल्लेख गर्दै भाषाको महत्वका बारेमा ऐतिहासिक क्षेत्रको राजनीतिक विभाजनले इतिहास लोप हुने संरक्षण र सम्वद्र्धनका लागि जिम्मेवार को हुने भन्ने गम्भीर विषय बोलेका छन् । एक वर्षको अनुभव र अनुभूति उल्लेख गरिएको भएपनि पर्यटनका क्षेत्रमा होस् या इतिहासका क्षेत्रमा होस् या भाषाका क्षेत्रमा नै किन नहोस् एउटा दस्तावेज सांसद भण्डारीले तयार पारेका छन् । भोलिका दिनमा आफ्ना मतदाताले उनलाई तपाईले के गर्नुभयो ? भन्ने प्रश्नको उत्तरका रुपमा एक वर्षसम्म गरेका क्रियाकलापहरुको अभिलेखिकरण हो सिकाइ, अनुभव र अनुभूति ।
दैलेखको दुल्लु नगरपालिकाका पूर्व नगरप्रमुख भण्डारी २०७९ को प्रदेश सभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. २ (क) बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
२०८० पौष १३ गतेको सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित समाचार ।