Loading... आजः ४ जेष्ठ २०८३, सोमबार । Monday 18th May 2026
ताजा खबर
  

ज्योतिष रत्न सम्मान २०८० अधिकारीलाई

कर्णालीमै पहिलो पटक शंखध्वनि प्रतियोगीताः पुस्कर भट्टराई प्रथम

सुर्खेत ।
नेपाल ज्योतिष परिषद् सुर्खेतले २६ औ स्थापना दिवस एवम् रजत जन्यन्तीका अवसरमा ज्यो.प. ढाकाराम शर्मा अधिकारीलाई सुर्खेत ज्योतिष रत्न सम्मान २०८० ले सम्मान गरिएको छ । नेपाल ज्योतिष परिषद सुर्खेतले आयोजना गरेको शंखध्वनि प्रतियोगीता तथा रजत जयन्तीको अवसरमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।


प्रतियोगीताको प्रमुख अतिथिको आशनबाट बोल्दै प. तिलकप्रसाद रिजालले भने, वेदको आँखाको रुपमा रहेको ज्योतिष विना संसार अन्धकार हुन्छ । हरेक साइतहरु, मुहूर्तहरु ज्योतिषले नै निर्धारण गर्ने भएकाले ज्योतिष विधा विज्ञान सम्मत विधा पनि हो । अहिले हामी विज्ञानका कुरा गर्दछौ तर दशौं हजार वष अगाडि वेदको सहायताबाट कश्यप ऋषिहरु सहितका ऋषिहरुले समय गणना गरेर निकालेका विषयवस्तुहरु अहिले पनि प्रमाणित रुपमा रहेका छन् ।
कार्यक्रममा नेपाल ब्राह्मण समाजका केन्द्रिय उपाध्यक्ष हरिप्रसाद खनाल, केन्द्रिय सदस्य दुर्गा अधिकारी, धर्मराज आचार्य, वैदिक सनातन धर्म समिति सुर्खेतका अध्यक्ष दुर्गाप्रसाद गौली, महासचिव ललित भट्टराई, श्री १०८ मोहनानन्द महाराज, प. टेकराज तिमिल्सेना, नेपाल ब्राह्मण समाज सुर्खेतका अध्यक्ष तिलकप्रसाद चालिसे, ब्रह्मकुमारी इश्वरी विश्वविद्यालयका सरिता आचार्य, लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
नेपाल ज्योतिष परिषद सुर्खेतका अध्यक्ष यामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव खगेन्द्र प्रसाद अधिकारीले गरेका थिए ।

No description available.

कर्णालीमै पहिलो पटक शंखध्वनि प्रतियोगीताः पुस्कर भट्टराई प्रथम

नेपाल ज्योतिष परिषद् सुर्खेतले २६ औ स्थापना दिवस एवम् रजत जन्यन्तीका अवसरमा आयोजना गरेको शंखध्वनि प्रतियोगीतामा पुस्कर भट्टराइ प्रथम भएका छन् । प्रतियोगीतामा मणिराम गौतम द्वितीय, इन्द्रलाल उपाध्याय तृतीय एवम् हरिप्रसाद आचार्य उपाध्यायले सान्त्वना स्थान हासिल गरेका छन् । उनीहरुलाई प्रमाण पत्रसहित क्रमशः २ हजार १ सय, १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार प्रदान गरिएको थियो ।


प्रतियोगीताको निर्णायक समितिको संयोजकमा ज्यो. प. विकास पौडेल र सदस्यहरुमा लालमणी खनाल तथा शोभाखर अधिकारी रहेका थिए । २८ जना प्रतियोगीहरुले उक्त प्रतियोगीतामा भाग लिएका थिए ।

No description available.
शंख फुक्नु भनेको धार्मिक क्षेत्रका लागि मात्र नभएर मानिसको स्वास्थ्यलाई समेत फाइदा हुने भएकाले शंखध्वनि प्रतियोगीताको आयोजना गरिएको नेपाल ज्योतिष परिषद सुर्खेतका अध्यक्ष यामप्रसाद अधिकारीले बताए । शंख बजाउँदा फोक्सोका लागि फाइदा पुग्छ भने स्वास सम्बन्धी रोग छ भने नियमित रुपमा शंख बजाउँदा यो रोगबाट मुक्त हुने पुराणमा उल्लेख भएको बताउँदै अधिकारीले भने प्रत्येक दिन शंक फुक्दा घाँटी र फोक्सोको रोग लाग्न दिँदैन । शंखले मुखको सबै रोग नष्ट हुन्छ । शंख बजाउँदा अनुहार, श्वास प्रणाली, फोक्सोको व्यायाम हुन्छ । शंख बजाउँदा स्मरण शक्ति पनि बढ्छ । यति मात्र होइन शंखबाट छाला रोगीहरुका लागि पनि निकै फाइदाजनक छ ।

No description available.

 

No description available.

No description available.