कर्णालीमा कोरोना संक्रमित बढ्दै
र्खेत ।
कर्णाली प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण भएको पुष्ठी भएको छ । मंगलबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना संक्रमित पुष्ठी भएको जनाइएको छ । सोमबारसम्म कर्णालीमा ६५७ जना पुगेको थियो । मंलबार २० जना नयाँ संक्रमित थपिएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या ६७१ पुगेको हो ।
कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँगै कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
मंलबार मात्र सल्यानका १३ जना, सुर्खेतका ५ जना, जुम्लाका २जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । १६ जनाको पीसीआर प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा, २ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा र २ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जम्लामा जाँच गरिएको हो ।







