Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

मैले मात्रै देउवालाई पराजित गर्न सक्छु : महामन्त्री कोइराला

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताउनभुएको छ । १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उहाँले बताउनुभयो । पार्टी सभापतिका लागि अरु नेताहरूको दाबी रहे पनि सभापति देउवालाई पराजित गर्ने ग्यारेन्टीका साथ आफ्नो दाबी सभापतिमा रहने उहाँको भनाइ छ । न्यूज एजेन्सीसँग कुरा गर्दै महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दाबी गर्नुभयो ।

मैले मात्रै देउवालाई पराजित गर्न सक्छु : महामन्त्री कोइराला

महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठनलगायतका काम विधानविपरीत गरिरहेको भन्दै उहाँले असन्तुष्टिसमेत जनाउनुभयो । सभापति देउवाले पार्टीका विभागहरू गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको उहाँको भनाइ छ । पार्टीभित्र जतिसुकै विरोध गर्दा पनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्र्दै उहाँले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने उहाँले बताउनुभयो ।

 महाधिवेशनका लागि पार्टीमा गुट÷उपगुट हुनु स्वाभाविक भए पनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको उहाँको भनाइ छ । आफू सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडि बढाउने दाबी कोइरालाले गर्नुभयो । तोकिएकै मिति फाुगन ७ गते महाधिवेशन सम्पन्न भएमात्रै आगमी निर्वाचनमा पार्टीलाई सही स्थानामा ल्याउन सकिने उहाँले बताउनुभयो । कुनै अप्रिय घटना नघटे महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने उल्लेख गर्दै उहाँले स्थानीय चुनावको तयारीका लागि समेत समय राखेर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

अहिलेको सरकारबाट लोकतन्त्र खतरामा रहेको कोइरालाले बताउनुभयो । सरकारले पटक–पटक संविधान र ऐन कानुनविपरीत काम गरिरहेको उहाँको आरोप छ । देश संघीय संरचनामा गएपछि कम्युनिष्ट सरकारले संघीयतालाई खतरामा पार्ने गरी काम गरिरहेको उहाँले आरोप लगाउनुभयो । लोकतन्त्रलाई जोगाउन भए पनि अहिले डेमोक्र्याटिक अलाइन्सका आवश्यकता रहेको पनि कोइरालाले बताउनुभयो ।