Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

” नेपाली साहित्यमा अफ्रिकाः सिर्जना र अनुभव ” कार्यक्रम सम्पन्न

अफ्रिका ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टरले “नेपाली साहित्यमा अफ्रिकाः सिर्जना र अनुभव” विषयक आफ्नो प्रथम अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि इजिप्टका लागि नेपालका राजदुत झविन्द्र अर्यालले कार्यक्रमको शुभारम्भ गर्दै अफ्रिकामा अनेसासको स्थापना प्रती खुशी ब्यक्त गर्दै नेपाली साहित्यको यसले अफ्रिकामा प्रबर्द्धन गर्नेमा आफू बिश्वस्त रहेको बताउनु भयो ।

नेपाली साहित्यमा अफ्रिका कमै आएकोले यस्ता कार्यक्रमले नेपाली साहित्यलाई बिश्वब्यापी गर्न मद्दत पुग्ने बताउनु भयो ।

कार्यक्रममा अफ्रिकासम्बन्धी आख्यान, नियात्रा र गैरआख्यान लेख्नुहुने श्रष्टात्रय, महेशविक्रम शाह, जीवा लामिछाने र रश्मिशेखर सुवेदीले आफ्ना रचनाहरुमा रहेका अफ्रिका अनुभवका बारेमा बताएका थिए।

आफ्ना विचार र अनुभव व्यक्त गर्ने क्रममा महेशविक्रम शाहले वि.सं. २०५० मा संयुक्त राष्ट्रसंघको पर्यवेक्षकको रूपमा प्रथम पटक अफ्रिका महादेश भ्रमण गर्नुभएको जानकारी गराउनु भयो ।

मोजाम्बिकबाट शुरू भएको अफ्रिका भ्रमणमा उहाँले विभिन्न देश भ्रमण गरेर त्यहाँ उपनिवेशीयताले छाडेका कुरीतिहरू, चरम गरिबीहरुलाई कथाको विषय बनाएर लेखिएको बताउनु भयो । अफ्रिकाका दुःख, संघर्षले आफुलाई अफ्रिका लेख्न प्रेरित गरेको पनि उहाँ ले जनाउनुभयो ।

आफना प्रकाशित सातवटा कथा सङ्ग्रहमा अफ्रिकासम्बन्धी कथाहरू रहेको जानकारी गराउनु भयो । केही संस्मरण लेख्ने क्रममा रहेको र छिट्टै सुडान (डार्फर) सम्बन्धी उपन्यास लेख्ने क्रममा रहेको पनि जानकारी गराउनु भयो ।

अफ्रिकाको कुनै देशको विकास यूरोप र अमेरिकासँग दाँज्नेसम्मको रहेको छ भने कुनै देश चरम गरिबीमा छन् । यो विशाल अन्तरलाई नेपाली साहित्यमा लेखिनु पर्दछ भन्ने धारणा व्यक्त गर्नुभयो ।

स्कूलमा पढ्दा अँध्यारो महादेश भनेर पढेता पनि अहिले अफ्रिका उज्यालोतिर उन्मुख महादेश हो । र यो अँध्यारोदेखि उज्यालोतिरको यात्रा पनि नेपाली साहित्यमा आउनुपर्छ भन्ने धारणा उहाले व्यक्त गर्नुभयो ।

अफ्रिकामा यति धेरै सशस्त्र द्वन्द्व भएका छन्, राजनीति कारणले, जातिय कारणले त्यो अरु कुनै महादेशमा छैन । त्यो साहित्यमा लेखिनुपर्छ ।

सबै नेपाली अफ्रिका जान सक्दैनौं तर गएकाले अफ्रिकाको जनजीवन, संस्कृति, कला लेखिदियौं भने नेपाली पाठकले नेपालमै बसेर हामी अफ्रिका देख्न सक्छौं भन्ने धारणा उहाँको थियो ।

कार्यक्रमका अर्का बक्ता जीवा लामिछानेले आफुलाई सानो छँदा अफ्रिका सम्बन्धी सिमित जानकारी मात्र रहेको जसमा अफ्रिका महादेश डेभिड लिभिंस्टोनले पत्ता लगाएको र अँध्यारो महादेश भन्दै पढेको अवगत गराउनु भयो ।त्यसैले अफ्रिकासम्बन्धी सँधै नै जिज्ञासा रहेको जानकारी गराउनु भयो ।

No description available.सन् १९८६ मा अध्ययनको क्रममा रसिया पुगेपछि त्यहाँ अफ्रिकी नागरिकलाई हेर्ने दृष्टिकोण फरक रहेको अनुभव गर्नु भयो । रसियामा अफ्रिकी नागरिकहरुप्रति सहानुभुती रहेको पाउनु भयो ।

सन् २००४ को डिसेम्बर महिनामा प्रथम पटक इजिप्ट भ्रमण गरेपछि उहाँ अफ्रिका प्रवेश गरेको स्मरण गर्नुभयो । त्यपछि विभिन्न अफ्रिकी राष्ट्रहरू घुमेर नियात्राहरु लेखेको छु ।

प्रकाशित पुस्तक सरसर्ती संसारमा चार अफ्रिकी मुलुक घुमेको नियात्रा संग्रहित छन् भने नयाँ प्रकाशित पुस्तक देशदेशावरमा रूवाण्डा, तान्जानिया जस्ता मुलुकहरू घुमेको अनुभव संकलित छन ।

अफ्रिका सम्बन्धी वास्तवमै कम लेखिएको छ नेपाली साहित्यमा । आफनो नियात्रामा घुमेको ठाउँको भूगोल, त्यहाँको राजनीति, आम मान्छेको रहनसहन लेख्न बढी रूचाउने लामिछाने, घुम्दाखेरि आफुले गरेको केही अनुभूतिहरु पनि नियात्रामा समेट्ने गरेको अनुभव सुनाउनु भयो ।

अफ्रिका अब अन्धकारको महादेशभन्दा पनि उज्यालोतर्फ उन्मुख महादेश बनेको छ ।

No description available.त्यस्तै अर्का वक्ता रश्मिशेखरले आफनो प्रकाशित पुस्तकसम्बन्धी धारणा व्यक्त गर्नुभयो । सन् १९९५ मा लेखिएको भएता पनि २००५ मा मात्र प्रकाशित जोहिना यात्रा–उपन्यासको रचना गर्भ बारे बोल्नु भयो ।

दक्षिण अफ्रिका पुगेपछि त्यहाँको काला र गोरा जातिबिचको भेदभावको इतिहास, नेल्सन मण्डेलाको त्याग र संघर्ष र गरिबी देखेपछि आफुलाई जोहिना लेख्न मन लागेको कुरा व्यक्त गर्नुभयो ।

जोहिना पछि आफुलाई त्यसरी कुनै पनि विषयवस्तुले पुस्तक लेख्न नघच्घच्याएको कुरा पनि व्यक्त गर्नुभयो ।

No description available.“हामीले कहिल्यै दासत्व भोगेनौ । हामी जन्मदै स्वतन्त्र जन्म्यौ । अहिले पनि स्वतन्त्र छौं । तर मैले मान्छेले भोग्ने दासत्व त्यहाँ गएर अनुभव गरें । त्यहाँ मान्छेको भूमिलाई उपनिवेश गरियो, धर्मलाई उपनिवेश गरियो, विचारलाई उपनिवेश गरियो ।

मैले मिथकका रुपमा पढेको व्यक्ति नेल्सन मन्डेलाको कार्यालयअघि पुगेपछि मलाई भित्रैबाट कृति लेख्ने इच्छा जागेर आयो । र मैले कृति लेखें ।”

“हाम्रो भूगोल कसैले उपनिवेश नगरेको होला, तर हामीमाथि वैचारिक उपनिवेश गरिराखेको अवस्था छ । हाम्रो धर्मसंस्कृतिमाथि पनि उपनिवेश हुँदै आइरहेको छ । जानी नजानी बुझेर नबुझेर हामी बीचमा पनि जातियताका बीजहरू पनि रोपिएको अवस्था देख्छौं । भोलि हुतु–तुत्सीजस्तो झोला बोकेर भिरैभिर, खोलानाला हुँदै अर्काको देशतिर शरणार्थी हुनुपर्ने अवस्था यही जातीय दंगाले ल्याउन सक्ने हुनसक्छ ।”

नेपाललाई तुलना गरेर अफ्रिकाको समाजलाई नेपाली साहित्यमा लेखिनुपर्छ ।

No description available.कार्यक्रममा नेपाली डायस्पोरा अध्येता रामजी तिमल्सिनाको प्रश्नमा महेशविक्रम शाहले उहाँको आगामी आउने कृतिमा अफ्रिकाको नेपाली डायस्पोरा पनि समेटिने जानकारी गराउनु भयो । कार्यक्रममा वरिष्ठ लेखक कृष्ण धरावासीले नेपाली साहित्यमा अब बर्तमानको अफ्रिका लेखिनै पर्ने बताउनु भयो ।

No description available.त्यसै गरि कवि तथा प्राध्यापक केशव सिग्देलले अफ्रिकन लेखक संघसङ्ग मिलेर नाइजेरियाका केही कविहरुको कविता नेपालीमा अनुबाद आफुले गरि प्रकाशित गर्ने क्रममा रहेको जानकारी गराउनु भयो । कार्यक्रममा बिशिस्ट अतिथी अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष प्रकाश पौडेलले अनेसास अफ्रिका च्यापटरको स्थापनाले अब यस क्षेत्रमा नेपाली साहित्यका गतिविधिहरु बढने र नेपाली साहित्यमा अफ्रिका थप समेटिने बिश्वास ब्यक्त गर्नु भयो ।

No description available.कार्यक्रममा स्वागत गर्दै च्यापटरका सल्लाहकार एबम गैरआवाशिय नेपाली संघका भाषा , साहित्य , संस्कृति तथा सम्पदा पर्बर्द्दन समितिका अध्यक्ष हिक्मत थापाले कार्यक्रमको उद्देश्य अफ्रिका माथी नेपाली साहित्यमा कलम चलाई सकेका श्रस्टाको अनुभवबाट अफ्रिकामा रहेका र यहाँ भबिस्यमा आउने नेपाली लेखकहरुलाई अफ्रिकाका बिषयबस्तु माथी थप लेख्न प्रेरणा दिने रहेको बताउनु भयो ।

अनेसास अफ्रिकाका महासचिव दुर्गा बिनयले संचालन गरेको कार्यक्रमको सभापतित्व अध्यक्ष गणेश खडकाले गर्नु भएको थियो ।

खडकाले अबका दिनहरुमा च्यापटर अफ्रिका माथि लेखी सकेका अन्य साहित्यकारहरु सङ्ग पनि अन्तर्कृया गर्दै अफ्रिकामा रहने नेपालीहरु बिच साहित्यक क्रियाकलाप बढाउदै नेपाली साहित्यमा अफ्रिकाका सामाग्री अझै बढी थप्नेमा च्यापटर क्रियाशिल रहने जानकारी गराउनु भयो ।