गजल

जीवनको यात्रामा सधैं चोटमात्र खाइएला, जस्तो छ।
हृदय सुरक्षित राख्न मुस्किलले पाइएला,जस्तो छ।
टुटेका सपना बटुलेर समाल्न नसकेपछी ।
स्वप्निल स्वाद चाख्ने मौका फेरि गुमाइएला, जस्तो छ ।
शरिरले बोकेका यी पसिना आँसुसित पिउँदा पिउँदा ।
अब त एकनएक दिन अवश्य अघाइएला, जस्तो छ ।
आफ्ना सम्पूर्ण खुसीहरु बाँड्दाबाँड्दा सिद्धिए पछी ।
आँसु जति आफ्नो लागि भनी बचाइएला, जस्तो छ ।
टिप्छौ भने फूल नै टिप “कोपिला“ भने नटिप बिन्ती !
खडेरी पर्दा फेरि फुल्नलाई चाहिएला, जस्तो छ ।
आदर्शमार्ग, नेपालगंज ।






