Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

हराउँदै लाखे नाच

सुर्खेत ।
विशेषगरि नेवार समुदायको धार्मिक तथा सास्ंकृतिक गौरवको पर्याय मानिंदै आएको लाखे नाच प्रति युवापुस्ताको आकर्षण कम हुंदै गएको छ । विशेषगरि लाखे नाचको सुरुवात कहिलेदेखि भयो र यसको ऐतीहासिक तथा धार्मिक महत्व के छ भन्ने बिषयमा पर्याप्त अध्यन समेत हुन सकेको छैन । तर पनि धर्म, परम्परा र संस्कृतिका हिसावले धनि मानिने नेवार समुदायको परम्परा अध्ययन गर्नेहरु लाखेनाच मानव सभ्यताको विकाससंगै परापुर्वबाटै सुरु भएको ठान्छन् ।


त्यसो त संस्कृति तथा सामाजीक अध्ययताहरुका अनुसार जुन समयमा मानव समुदायमा मनोरञ्जनका विकल्पहरु सिमित थिए, त्यसवेला देवी देवताको आकृति कुंदीएका मुखुण्डो लगाउने र चोक चोकमा नाच देखाउने परम्परा चलाइएको थियो । त्यही परम्पराको निरन्तरता अहिले पनि खेती किसानीबाट फुर्सद मिल्ने मौषममा काठमाडौ उपत्यका सहित अधिकांश नेवार बस्तिमा लाखे नाच देखाईंदै आएको छ । सुरुमा मनोरञ्जन प्रदान गर्ने, देवी देवताको आकृति पुजा गरेर मानव वस्तिलाई भुत प्रेतको दोशबाट टाढै राख्ने जस्ता सामाजीक मनोविज्ञानसंग जोडीएको लाखे नाच प्रारम्भिक शाहकालमा नेपालमण्डलमा निकै लोकप्रिय थियो ।

संस्कृतिविदहरुका अनुसार लाखेनाचले नेपाल मण्डलबाट तत्कालीन समयमा निकाला गरिएका नेवारहरुको इतिहासको समेत प्रतिनिधित्व गर्छ र त्यही कारण यो अहिले पनि नेवार समुदायको रैथाने बस्तिमा लोकप्रिय छ । तर पनि आधुनिक प्रविधि र मनोरञ्जनका बिकल्पहरु बढ्दा परम्परागत लाखे नाच लोप हुँदै गएको छ ।

इतिहांसकारहरुको दावी छ, रणबहादुर शाहको पालामा बिफर फैलिएको र सिकिस्त विरामी परेकाहरु नेपाल मण्डलाबाट निकाला गरिएकाले देश निकालामा परेका नेवारहरुले कथा व्यथालाई नाचको माध्यमबाट व्यक्त गर्ने परम्परा बसालेका हुन् ।प्राय जसो नेवारहरुको बस्ती जिल्लाका सदरमुकामहरुमा हुने भएकाले पनि जिल्ला सदरमुकामहरुमा लाखे नाचको फरक रौनकता थियो । कर्णाली प्रदेशको सुर्खेत, दैलेख, जुम्ला, कालिकोट लगायतका जिल्लाहरुमा लाखे नाच नाचिने गरेको भएपनि दैलेखमा निकै भव्यताका साथ नाचिने लाखे नाच पछिल्लो समयमा कम हुँदै गएको छ ।

वर्षे जात्राका रुपमा रोपाई जात्रा, बाघ जात्रा, गाईजात्रा तथा लाखे नाच निकै चर्चित छन् । युवापुस्ताले यसको महत्व बुझ्न नसकेका कारण पनि यसको रौनकतामा कमी आउन थालेको कृष्णप्रसाद श्रेष्ठको भनाई छ । विभिन्न जिल्लामा सम्पूर्ण समुदायमा सदभावको प्रतिक बनिरहेको यो नाच अहिले आन्तरिक तथा बाह्य पर्यटक तान्ने सांस्कृतिक उत्सव समेत बन्न थालेको छ । टाउकोमा राक्षसको प्रतिक लगाएर देवी देवताका पहिरनमा परम्परागत् बाजागाजा सहित नाच्दै टोल टोलमा परिक्रमा गर्नु यो नाचको विशेषता हो ।