Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

अवैध चिरान काठसहित तीन जना पक्राउ

सुर्खेत ।

जिल्ला वन कार्यालय सुर्खेतले चिरान काठ लाेड गरिएकाे ट्याक्टरसहित तीन जनालार्इ पक्राउ गरेकाे छ । गुर्भाकाेट-१२ शुभाघाटबाट कार्यालयले भे १ त २३१७ नंवरकाे ट्रयाक्टरमा ल्याउँदै गरेकाे अवैध चिरान काठसहित तीन जनालार्इ पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा ट्याक्टर चालक भुपेन्द्र बुढा, सह-चालक सुनिलकुमार बुढा र सहयाेगी मानबहादुर कठायत पक्राउ परेकाे जिल्ला वन कार्यालयका वन अधिकृत हेमराज विष्टले जानकारी दिए । उनका अनुसार कार्यालयले १०७ थान अर्थात ५६.४० क्यूविक सालकाे चिरान काठ बरामद भएकाे छ ।

काठ ल्याउँदै गरेकाे सूचनाका अाधारमा उनीहरूलार्इ वन कार्यालयकाे टाेली पक्राउ गर्न सफल भएकाे विष्टले बताए । ट्याक्टरसहितकाे काठ र तीनै जना माथि थप छानविन शुरू गरेकाे विष्टले उल्लेख गरे ।